माओबादी केन्द्र जनताको पक्षमा सधै रहने:- मौलाना मशहूद
- अजय मिश्र
कृष्णनगर, माघ २५
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नवौं बैठक सम्पन्न भएको छ।
नगर अध्यक्ष जाबेद आलम खां को अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा कपिलवस्तु क्षेत्र नं ३ का संयोजक राजेन्द्र आचार्य, बिशेष अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा कृष्णनगर इन्चार्ज मौलाना मशहूद खां नेपाली रहेका थिए।
बैठकमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि आचार्यले अहिले नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमंत्री भए पछि जनताको पक्षमा धेरै राम्रा काम हरू गरेको, भ्रष्टाचारि हरूलाई कार्वाहीको दायरामा लाएको, अहिले जनता माओबादी केन्द्र प्रति आकर्षित भएको र अब पार्टी देशव्यापी रूपमा सशक्त भएर जाने बताए।
कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले नेकपा माओबादी क...








