Saturday, April 27
Shadow

आखा चिम्लेर समर्थन पनि नगर्ने, आखा चिम्लेर विरोध पनि नगर्ने – माधवकुमार नेपाल


  • -इ
  • इ+

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीनिकट महिलाहरूको भेला तथा प्रशिक्षणलाई शुक्रबार सम्बोधन गर्दै आफ्नो पार्टी देशका सबै कम्युनिस्ट पार्टीहरूलाई मिलाउने मूल्यमा कुनै पनि पद नचाहिने बताएका छन् । एमाले अध्यक्ष केपी ओलीसँगको पछिल्लो संवाद र छलफललाई इंगित गर्दै नेपालले मिल्नुको मतलब दुई पार्टी मिल्ने अर्थमा नबुझ्न कार्यकर्ताहरूलाई आग्रह गर्व्का छन ।

मिल्नुको मतलब दुई पार्टी मिल्ने होइन, जानेहरू अहिले बेहाल भइरहेका छन् । मुकुन्द न्यौपाने , केदारजीको बिजोग छ । हामी सिँगै देशको कम्युनिस्टहरूलाई मिलाउने हो भने तयार छौँ । सबै कम्युनिस्टहरूलाई गोलबन्द गर्ने हो भने तयार छौँ देश बनाउनुछ हामीलाई,’ नेपालले भने, ‘हामीलाई कुनै पद ओगटेर बस्नुछैन । हामीलाई प्रधानमन्त्री पद, पार्टी अध्यक्ष पद पनि चाहिएको होइन, यो देशको प्रगति र परिवर्तन चाहिएको हो ।’

नयाँ सत्तासमीकरणसँगै समय फेरिएकाले बोली र व्यवहारमा रुपान्तरण ल्याउन उनले कार्यकर्तालाई उनले ध्यानाकर्षण पनि गराए । नेपालले नयाँ सत्तासमीकरणमा एकीकृत समाजवादीको पनि स्थान र भूमिकाबारे छलफल चल्दै जाने प्रस्ट्याए ।

‘सबै ठाउँमा कसरी अगाडि बढ्ने भन्ने छलफल चल्छ । सरकार चलाउने न्यूनतम कार्यक्रम मस्यौदा गरिरहेका छौँ । तीन दिनदेखि कमरेडहरू लागिरहनुभएको छ । विभिन्न प्रदेशमा मुख्यमन्त्री, मन्त्री परिवर्तन गर्ने छलफल चल्दै जानेछ,’ नेपालले भने, ‘त्यसैगरी, हामीले विभिन्न राजनीतिक नियुक्तिको कुरा हुनेछ । नियुक्ति, संवैधानिक नियुक्तिमा हाम्रो भूमिकाबारे पनि छलफल हुनेछ । अरू कुराको सन्दर्भमा पनि बिस्तारै हुनेछ । सबैमा कस्तो छलफल, व्यवहार हुने हो, छलफल गर्दै जानेछौँ ।’

नयाँ समीकरणमा आफ्नो दलसहित पाँच दलको सहमति भइसकेकाले सरकार र नयाँ समीकरणलाई शंकाको लाभ दिने पक्षमा पार्टी उभिनुपर्ने उनको भनाइ थियो । ‘हामीले आखा चिम्लेर समर्थन गर्ने पनि होइन, आखा चिम्लेर विरोध गर्ने पनि होइन बेनिफिट अफ डाउट दिएर अघि बढ्नुपर्छ,’ नेपालले भने । नयाँ समीकरण स्वीकार्य भए पनि जालझेल र षड्यन्त्र भने स्वीकार्य हुने छैन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares