Sunday, April 28
Shadow

प्रचण्डको धोकाधडीको राजनीति अब केपी कमरेडले अन्त्य गर्नुपर्छ – भिमसेनदास प्रधान


  • -इ
  • इ+

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली राजनीतिमा सबैभन्दा खराब पात्र र सबैभन्दा बढि गिरेको नेताको रुपमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल दर्ज भएको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता प्रधानले यस्तो बताएका हुन् । उनले प्रचण्डलाई अस्थिर नेतामात्रै नभएर धोकेबाज नेताको पनि संज्ञा दिए ।

प्रधानले आफ्नो सम्बोधनको सुरुवातमै अमेरिकी राष्ट्रपति अब्राहम लिन्कनको बहुचर्चित भनाई ‘यु क्यान फूल सम अफ द पिपुल अल द टाएम, एण्ड अल अफ द पिपुल सम अफ द टाईम, बट यु क्यानट फूल अल अफ द पिपुल अल अफ द टाईम’ सुनाए । उनले प्रचण्डले अब सबैलाई सधैं मुर्ख बनाउन नसक्ने दाबी गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै भने–‘प्रचण्डजीले हाम्रा नेताहरुलाई पटक पटक धोका दिनुभएको छ, पहिले सुरुमा उहाँले गिरिजाबाबुलई झुक्याउनुभयो, राष्ट्रपतिको निर्वाचनमा रामराजाप्रसाद सिंहलाई उठाउनुभयो । उहाँले गिरिजाबाबुलाई राष्ट्रपति बनाउँछु भन्नुभएको थियो, तर उहाँ त्यो सहमतिबाट ब्याक हुनुभयो ।  गिरिजाबाबुले पनि रामवरणलाई उठाएर जिताउनुभयो । हामीसँग सरकारमा भएकै बेलामा प्रचण्डले २०७४ मा एकाएक वाम गठबन्धन बनाएर हामीलाई झुक्याउनुभयो । फेरि २०७७ मा नेकपामा विवाद हुँदा पछि छोडेर हामीसँग जोडिन आउनुभयो । ०७९ को निर्वाचनमा हामीसँग गठबन्धन गर्नुभयो, अनि निर्वाचनपछि फेरि बालकोट भागेर जानुभयो, त्यताबाट पनि भागेर फेरि हामीसँग आउनुभयो । अब कतिपटक झुक्याउने ?’

उनले नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र आफ्नो सभापति शेरबहादुर देउवा महामुर्ख नरहेको भन्दै अब झुक्याउने खेला बन्द गरिदिने चेतावनी दिए । उनले भने,‘अब कतिपटक झुक्याउने ? केपी ओली महामर्खु छन् र ? शेरबहादुर देउवा महामुर्ख छन् र ? त्यसकारण उहाँको बारम्बार झुक्याउने प्रवृत्तिले सबैभन्दा बढि घाटा, बेइमान र गद्दार र धोकेबाज भनेर चिनिएको कोही छ भने प्रचण्ड नै हो । हाम्रो समाजमा एउटा लोग्ने मान्छे तीन वटा विवाह गर्ने चलन थियो, पछि बहुविवाह आयो । प्रचण्ड त कस्तो बन्नुभयो भने एउटै व्यक्तिको दुई वटा श्रीमान । पहिलो श्रीमान केपी शर्मा ओली र दोस्रो श्रीमान हाम्रो शेरबहादुर देउवाजी बन्नुभयो । अहिले उहाँको निर्णय अप्राकृतिक र असान्दर्भिक हो । अनैतिक किसिमको रह्यो । यसले प्रचण्डको ईमेज खराब भयो । यसबारेमा माओवादीका साथीहरु पनि खुशी छैनन् ।’

अहिले प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्ने कुरा आफूहरुको महासमिति बैठकको कुरा भएको भन्ने गरेपनि त्यसमा कुनै सत्यता नरहेको उनको जिकिर छ । उनले भने,‘यो त उहाँको बहानामात्रै हो । हिडेन एजेण्डा भनेको अबको ९ महिनापछि सत्ताको नेतृत्व माधव नेपालालई सत्ता हस्तान्तरण गर्नुपर्ने सहमति थियो, तर त्यो उहाँले नचाहेको प्रष्ट देखियो । उहाँले बास्तवमा माधव नेपाललाई शिकार गरेको हो । प्रचण्डको राजनीति भनेको सत्ताको होडबाजीमा चलखेल गर्ने देखियो । अहिले प्रचण्डले एउटै गोलीले दुई वटा शिकार गर्नुभयो–पहिलो माधव नेपाल, दोस्रो शेरबहदाुर देउवालाई ।’

उनले आम जनताको नजरमा सबैभन्दा गिरेको नेता नै अहिले प्रधानमन्त्री प्रचण्ड बनेको दाबी गरे । उनले भने,‘अहिलेको जनमत कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने हो । प्रधानमन्त्रीको रुपमा त अब पालो माधव नेपालको हो । हाम्रो दलको बैठक आजपनि बस्दैछ ।’

एमाले अध्यक्ष ओलीले प्रचण्डलाई धेरै पहिल्यै र धेरैपटक चिनेको भएपनि आफ्नो सभापति देउवाले भने यसपालि मात्रै चिनेको प्रधानले सुनाए । उनले भने,‘शेरबहादुर देउवाले प्रचण्डलाई यसपालि चिन्नुभयो । तर, प्रचण्डलाई सबैभन्दा बढि चिन्ने व्यक्ति केपी ओली हो । ओलीको अभिव्यक्तिबाट नै थाहा हुन्थ्यो । प्रचण्डको धोकाधडीको राजनीति अब केपी कमरेडले अन्त्य गर्नुपर्छ । जनतालाई धेरै कुरा थाहा छ । को गलत र को सही भनेर ?’

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन सक्नेमा पनि नेता प्रधानले आशंका व्यक्त गरे । उनले भने–‘मलाई के लाग्छ भने प्रधानमन्त्रीले जुन विश्वासको मत लिने कुरा छ । एमालेपनि मुख्य मन्त्रालय नलिईकन सरकारमा गएको छ, सरकारको फोर पिलर भनेर हामीले जुन रक्षा, गृह र अर्थ र परराष्ट्र मन्त्रालय भन्छौं । एमालेले रक्षाबाहेक पाएको छैन् । सायद विश्वासको मत लिने बेलामा केपी ओलीले आफ्नो डिमाण्ड राख्छन् ।’

नेता प्रधानले पटक पटक अब प्रधानमन्त्री बन्ने पालो माधव नेपालको भएको सुनाए । ‘अहिले प्राकृतिक रुपमा सरकारको नेतृत्वको पालो माधव नेपालको हो । आखिर हाम्रो यसअघिको गठबन्धनमा ९ महिनापछि माधव नेपाल नै प्रधानमन्त्री बन्ने पालो थियो, तर उहाँलाई हटाउनको लागि नै प्रचण्डले यो स्टेप चालेको हो ।’

यद्धपी उनले अहिले माधव नेपालको दलपनि सरकारमा गएको उल्लेख गर्दै यसरी सरकारमा गएका दलहरुको अहिले इमेज घटेको दाबी गरे । उनले भने,‘जुन–जुन दल माओवादीको सरकारमा सम्मिलित छन्, ती दलको इमेज घटेको छ । रास्वपाको एउटा इमेज थियो, त्यो इमेजमा दाग लगाउने काम रविले गरेको हो । आम जनता र मिडियाले देखेको र लेखेको कुरा अनि कान्तिपुरले छताछुल्ल पारेर लेखेको रवि लामिछानेलाई नै गृहमन्त्री बनाएपछि जनताले सुशासनको अनुभूति गर्ने कुरा भनेर अब पत्याउछन् त ? चाहे वर्षमान पुनको कुरा पनि किन नहोस ।’

उनले प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको साथ छोडेर एमालेसँगको सहकार्य रोजेकै दिन आफू बाँचुञ्जेल देशमा उथलपुथल भैरहने भनेर बोलेको कुरामा पनि उनले आपत्ति जनाए । उनले भने,‘कमरेड प्रचण्डले म बाँचुञ्चेलसम्म यो देशमा उथलपुथल गर्छु भनेर बोल्नुभयो कस्तो अपरिपक्व ? यो एउटा नेताले बोल्ने शब्द हो त ?

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares