Saturday, April 27
Shadow

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा रिहा !


  • -इ
  • इ+

काठमाडौं- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ।

जिल्ला अदालत काठमाडौंले पहिलो पटक दिएको ४ दिनको म्याद बिहीबार सकिएपछि अर्को म्याद नलिई उनलाई हाजिरी जमानीमा छाडिएको हो।

बिहीबार नै म्याद सकिए पनि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्युरो (सीआईबी)ले अदालत नलगी छाडेको हो। हाजिरी जमानीमा छाड्न उनको फाइल सरकारी वकिल कार्यालयमा पठाएपछि त्यहीँबाट रिहा भएका सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।

सरकारी वकिल कार्यालयको रायपछि महरालाई छोरा निर्मल महराको जिम्मा लगाएको छ। पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा सीआइबीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares