काठमाडौ – प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लाग्दा कांग्रेस सांसदहरूले उठेर बैठकमा विरोध जनाएका थिए ।
त्यसपछि सभामुखले कांग्रेस सांसद राजेन्द्रकुमार केसी र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीले सदनमा उपस्थित भएर जवाफ नदिएसम्म सदन अगाडि बढ्न नसक्ने भन्दै अवरोध गरिरहे ।