Tuesday, May 5
Shadow

आर्थिक

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ वर्षे नियुक्तिपत्र प्रदान

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ वर्षे नियुक्तिपत्र प्रदान

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, साउन २७ सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी ९सचिव० सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ । ​दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए । तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्...
प्राकृतिक दृष्टिकोणले भरिपूर्ण खोटाङ

प्राकृतिक दृष्टिकोणले भरिपूर्ण खोटाङ

आर्थिक, ब्यानर समाचार 2, समाज, सम्पादकीय
२१ साउन २०७८ खोटाङ केशब श्रेष्ठ नेपालको पूर्वि भागमा अवस्थित खोटाङ जिल्ला प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ । पहिले यस क्षेत्रमा खोटेहाङ नाम गरेको किरात सभ्यताका राजा थिए र उनैका नामबाट खोटाङ नाम रहन गएको भन्ने यहांको समुदायको मान्यता छ । पूर्बको पशुपतिनाथको नामले चिनिने हलेसि मन्दिर पनि खोटाङ जिल्लामै पर्दछ । हलेसि हिन्दु, किरात र बौद्ध धर्मावलम्बिको साझा तीर्थस्थल हो । यहाँ देश बिदेशका मानिसहरु धार्मिक आस्था बोकेर आउने गर्दछन् । हलेसि गुफाको प्राकृतिक भुवनोटको संरचना बिश्वमै अनौठो मानिन्छ । यहाँ मनोरम प्राकृतिक दृश्य एवमं बिभिन्न अनौठा र आकर्षक चट्टानले भरिपुर्ण मन लोभ्याउने दृश्य देख्न सकिन्छ । हलेसिलाई हिन्दु धर्मावलम्विले पुर्वको पशुपति, बौद्ध धर्मालम्विले दोस्रो लुम्विनी र किरात धर्मावलम्विले आदिम भुमि मान्दै आइरहेका छन् । हलेसी मह...
सानिमा लाइफले भोली देखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म दिने आवेदन ?

सानिमा लाइफले भोली देखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म दिने आवेदन ?

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, साउन १९ सानिमा लाइफ इन्स्योरेन्सले भोली देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्दै छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५४ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो। सो आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। हाल इन्स्योरेन...
एमसीसी राष्ट्रघाती भन्दै काठमाण्डौंमा विरोध जनाउँदै

एमसीसी राष्ट्रघाती भन्दै काठमाण्डौंमा विरोध जनाउँदै

आर्थिक, टिप्स, राजनिती, समाचार
साउन १७, काठमाडौं साउन १९ गते मगंलबार देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपाल ले माईतीघर मण्डलामा एमसिसि को बारेमा विरोध सभा कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम ठिक १२ बजे बाट सुचारु हुने आयोजकले जनाएको छ । एमसिसिले देशको स्वाधीनता माथी असर पुर्याएको र देशको हक हितका लागि नरहेको राजनितिज्ञहरुले बताउदै आएका छन्, भने कतिपएले दुई तीन ओटा बुदाँहरु सच्चाए मात्र एमसीसी पास गर्न हुने बताएका छन् । एमसिसिले देशको हक हितका लागि असर पुर्याउने र तत्काल खारेज गर्नेुपर्ने देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालका अध्यक्षले बताएका छन । राष्ट्रिय स्वाधीनताको रक्षा गर्नका लागि बिरोध सभामा उपस्थित हुन सम्पूर्ण देश प्रेमीहरुमा आग्रह गरेका छन् ।...
व्यवसायिक पशुपालनमा रमाउदै बेलकोटगढीका एक युवक

व्यवसायिक पशुपालनमा रमाउदै बेलकोटगढीका एक युवक

आर्थिक, कृर्षि, समाचार, समाज, स्थानिय तह
काठमाण्डौं, साउन १७ विगत १८ बर्षदेखी नुवाकोट बेलकोटगढी नगरपालिका १० का कृष्ण प्रसाद तिवारीले गाडी चलाउने पेशा छोडी केपी पशुपालन फर्म सन्चालन गर्दै आफ्नो घरपरिवार र अन्य दुई जनालाई रोजगारी दिदै आएका छन् । तिवारीले पशुपालन व्यवसाय गरेदेखि घर व्यवहार चलाउन सहज र राम्रो आम्दानी भएको बताउछन् । आफ्नो घर परिवारलाई समय दिदै मध्यम लगानीबाट धेरै आम्दानी हुने व्यवसाय पशुपालन पनि हो भनि उनले बताएका छन् । हाल ७० देखि ८० ओटा सम्म बाख्रा पालन गर्दै आएका उनि भन्छन, सबैले आ आफ्नो ठाउँबाट कृषि क्रान्ति गर्ने र बिदेशमा भएका नेपाली दाजु भाइले पनि नेपालमै आएर पशुपालन गर्ने हो भने कृषि पेशाबाट नेपाललाई चाडै नै आत्मनिर्भर बनाउन सकिन्छ । भने जस्तो काम र राम्रो दामको लागि धेरै युवा बिदेशीएका छन् तर मेहनत र लगनशिल भएर काम गर्ने हो भने बिदेशमा जतिको कमाई नेपालमा नै गर्न सकिन्छ भन्ने उदाहरण तिवारिले दिएका छन् ...
सिस्ने गाउँपालिकालाई मानव विकास केन्द्रको सहयोग

सिस्ने गाउँपालिकालाई मानव विकास केन्द्रको सहयोग

आर्थिक, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, साउन १७ मानव विकास केन्द्र नेपालले शुक्रबार गाउँपालिकालाई २ हजार अमेरिकी डलर अर्थात २ लाख ३० हजार नेपाली रुपैंया बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्राप्त भएका छन् । ह्युमन प्राक्टिस फाउण्डेसन डेनमार्कको आर्थिक सहयोगमा मानव विकास केन्द्र नेपालले गाउँपालिकालाई २ हजार अमेरिकी डलर अर्थात २ लाख ३० हजार नेपाली रुपैंया बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो । यि सामाग्री गाउँपालिकाका सबै ५ वटा स्वास्थ्य संस्था र शव व्यवस्थापनमा खटिरहेको नेपाली सेनाको नरसिंह दल गणलाई समान रुपमा सहयोग गरिएको मानव विकास केन्द्रका उपाध्यक्ष लोकमणि गिरीले जानकारी दिनुभयो । ग्लोब्स, अक्सीमिटर, पिपिई सेट, मास्क, थर्मोमिटर, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री आज गाउँपालिका अध्यक्ष कुमारी बराललाई हस्तान्तरण गरिएको छ । मानव विका...
सामाजिक सुरक्षा भत्ता चोरी भएपछि वडासचिव र प्राविधिक सहायक पक्राउ

सामाजिक सुरक्षा भत्ता चोरी भएपछि वडासचिव र प्राविधिक सहायक पक्राउ

अपराध, आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौँ, साउन २ सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम चोरी भएपछि बझाङमा वडासचिव र प्राविधिक सहायक पक्राउ परेका छन्। बुंगल नगरपालिका–११ का वडासचिव ओपेन्द्रकुमार महतोले पुतलीलेकको आफ्नो बस्ने कोठामा राखेको ३९ लाख रूपैयाँ गएको मंगलबार राती हराएको बताएका थिए। यसबारे अनुसन्धान गर्न प्रहरीले उनीसहित वडा कार्यालयका प्राविधिक सहायक खडकबहादुर सिंहलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले रकम चोरी भएको दिन सँगै रहेका दुबै जनालाई अनुसानधानका लागि नियन्त्रणमा लिइएको बताए। सचिव महतोले गत महिना बैंकबाट झिकेर २१ र २२ गते भत्ता बाँडेका थिए। बाँकी रहेको रकम उनले आफ्नो कोठामा राखेर ताला लगाई वडा कार्यालय गएका बेला २९ गतेको राति ९ बजेतिर चोरी भएको दाबी गरेका थिए।...
सर्वसाधारणका लागि आईपीओ जारी गर्दै नर्भिक अस्पताल

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै नर्भिक अस्पताल

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाणडौँ, असार २९ नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणा अन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको हो । योसँगै नर्भिक अस्पतालको नाम यसअघिको ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि’बाट रुपान्तरित भई ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड’ भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक निष्कासन(आईपीओ) समेत गर्नेछ । नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन...
यूनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

यूनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार २८ यूनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आवेदन दिने आज असार २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले बिहीबारदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई, ३ लाख २२ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वधारण लगानिकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आईपीओमा मागभन्दा बढिी आवेदन परेकाले आज असार २८ गते बैंकिङ समयपश्चात बन्द हुनेछ । यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा साढे १८ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्...
नेप्से परिसूचक ७३ अंकले बढ्याे, कारोबार रकममा पनि सुधार

नेप्से परिसूचक ७३ अंकले बढ्याे, कारोबार रकममा पनि सुधार

आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, असार २७ साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । असार लागेसँगै लगातार जसो घटिरहेको बजारमा आइतबार भने उछाल आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८९८ दशमलव ४३ अंकमा पुगेको छ । नेप्से परिसूचक २ दशमलव ६४ प्रतिशतले बढेको हो । उता ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ अंक भन्दा बढीले बढेको छ । कारोबार रकम पनि ८ अर्ब भन्दा धेरै भएको छ । अघिल्लो साता ४ देखि ५ अर्बको बीमा धेरै दिन कारोबार भएको थियो । नेप्सेमा कारोबार हुने सबै समूहगत सवइन्डेक्स बढेको छ । आइतबार धेरै कमाउनेमा गोर्खा फाइनान्स पहिलो नम्बरमा देखिएको छ भने दोस्रो नम्बरमा श्रीइन्भेष्टमेन्ट फाइनान्स र तेस्रो नम्बरमा आईसीएफसी फाइनान्स देखिएको छ । यी तीनै कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा धेरैले बढेको छ । धेरै गुमाउनेको शीर्ष स्थानमा भने कर्पोरेट डेभ...