Tuesday, May 5
Shadow

आर्थिक

मध्य भोटेकोशीको आईपीओ भोलिदेखि बिक्री खुला

मध्य भोटेकोशीको आईपीओ भोलिदेखि बिक्री खुला

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, असोज १९ मध्य भोटेकोशी जलविद्युत कम्पनीले भोलि (असोज २० गते, मंगलबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा कात्र्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । कमपनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन पाइनेछ ।...
विदुर ५ मा हेलिप्याड सहितको गंगटे पार्क उद्घाटन

विदुर ५ मा हेलिप्याड सहितको गंगटे पार्क उद्घाटन

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज १८ नुवाकोटको विदुर नगरपालिका वडा नं ५ मा रहेको जिल्ला कै पहिलो हेलिप्याड सहितको गंगटे पार्कको उद्घाटन गरिएको छ । आज बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले एक कार्यक्रमको बिच उद्घाटन गरेका हुन् । विदुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको सभापति नगरपालिकाका मेयर सन्जु पण्डित, प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे, विषेश अतिथि भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनाली त्यस्तै अतिथिहरु जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, नगरपालिकाको उपमेयर गिता कुमारी दाहाल लगाएत नगरवासिहरुको उल्लेख्य उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पाण्डेले प्रदेश सरकारमा विभिन्न किसिमका पार्क निर्माणका लागि भन्दै बजेट माग्न...
साहस उर्जाको आईपीओ नतिजा हेर्नुहोस

साहस उर्जाको आईपीओ नतिजा हेर्नुहोस

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, असोज १७ साहस उर्जा लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले ओदन दिएका थिए । जसमा २३ लाख ८३ हजार ४६० जनाको मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ६ लाख ४४ हजारले १० कित्ता सेयर पाएका छन् । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गर्दा ६ लाख ४४ हजार आवदेकले मात्रै आईपीओ पाएका हुन् । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भईसकेक...
वचन बचत तथा ऋण सहकारी संस्था लि को १२ औँ वार्षिक साधारण सभा सम्पन्न

वचन बचत तथा ऋण सहकारी संस्था लि को १२ औँ वार्षिक साधारण सभा सम्पन्न

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, असोज १६ डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि को १२ औँ साधारण सभा सम्पन्न भएको छ । आज बागबजार स्थीत होटल हार्दिकमा संस्थाका अध्यक्ष सुरज केसीको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी बिकास बोड को सह अध्यक्ष दक्ष पौडेल (सुवास), विशेष अतिथि काठमाण्डौँ महानगरपालिका वडा नं ३० का वडाध्यक्ष दलबहादुर कार्की त्यस्तै अतिथिहरुमा तारकेश्वर नगरपालिका वडा नं ३ का वडाध्यक्ष मनोहरि तिवारी, संस्थाका सचिव अर्जुन प्रसाद रिमाल, प्रबन्ध निर्देशक देश मर्दन बस्न्यात, प्रमुख सल्लाहाकार लक्ष्मण मोहन ध्वज जोशी, क्रोधरहित संसारका उपाध्यक्ष डा. लक्ष्मण शाक्य लगाएतको उपस्थीति रहेको थियो । १ हजार ९ सय सदस्य रहेको संस्थाको कुल पुँजि २६ करोड ७३ लाख ८७ हजार ७ सय ३० रुपैयाँ ८१ पैसा रहेको छ । भने संस्थाको मुनाफा १३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ८ प्रत...
न्यादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

न्यादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज १५ न्यादी हाइड्रोपावर लिमिटेडले आज (असोज १५ गते, शुक्रबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्य दरका २२ लाख ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा छिटोमा असोज १९ गतेसम्म र ढिलोमा असोज ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।...
कुमारी बैंकको १३ हजार ८७४ कित्ता संस्थापक शेयर विक्रीमा

कुमारी बैंकको १३ हजार ८७४ कित्ता संस्थापक शेयर विक्रीमा

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज ५ कुमारी बैंक लिमिटेडको १३ हजार ८७४ कित्ता संस्थापक शेयर आज (मंगलवार) देखि विक्रीमा आएको छ । कम्पनीको संस्थापक शेयरधनी अन्जन कुमार पौडेलको नाममा रहेको १० हजार ८५७ कित्ता र सुनिल कुमार रेग्मीको नाममा रहेको ३ हजार १७ कित्ता गरी कुल १३ हजार ८७४ कित्ता शेयर विक्री खुला गरिएको हो । उक्त शेयरको मूल्य भने तोकिएको छैन । कम्पनीले असोज ५ गते ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आइपुग्ने गरी निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त म्याद भित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति संस्थालाई विक्री गरिने समेत कम्पनीले जानकारी दिएको छ ।...
मेलम्ची पुनर्निर्माणका लागि थप एक अर्ब बजेट

मेलम्ची पुनर्निर्माणका लागि थप एक अर्ब बजेट

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाण्डौं, असोज ४ बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको पुनर्निर्माणलाई अगाडि बढाउन सरकारले समितिलाई तत्कालका लागि एक अर्ब रुपियाँ उपलब्ध गराएको जानकारी दिए । यसअघि मेलम्ची खानेपानी विकास समितिले चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने कार्य योजना सरकारलाई बुझाएको थियो । समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरणका लागि दुई अर्ब रुपियाँ मागसहितको कार्य योजना सरकार समक्ष पेस गरेको थियो ।...
भोलिदेखि नयाँ नोट साट्न पाइने

भोलिदेखि नयाँ नोट साट्न पाइने

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज ३ भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट नयाँ नोट साट्न पाउने छन् । सर्वसाधारणले ५, १०, २० र १०० रुपैयाँ साट्न पाउनेछन् । यसवर्ष दशैं तिहारका लागि करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने भएको छ ।...
नेप्से : सबै सूचक राताम्मे

नेप्से : सबै सूचक राताम्मे

आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, भाद्र ३१ साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक ७६.६५ अंकले गिरावट आएको छ। नेप्से ७६.६५ अंकले घटेर दुई हजार ८१२.३८ अंकमा झरेको छ । विहिबार शेयर बजार दिनभर उतारचढाव भएर परिसूचक दुई हजार ७९५ सम्म झरेको थियो। तर, कारोबारको अन्त्यमा आएर बजार सम्हालिदा नेप्से दुई हजार ८ सयको विन्दु माथि नै रहन पुग्यो। आज कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँ बराबरको कारोबार भएको छ । स्मरण रहोस्, बुधबार कारोबार रकममा गिरावट आएर ५ अर्ब ३५ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको थियो। पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव रहेको छ। तरलता अभावका कारण बैंकहरूले निक्षेप संकलन बढाउनको लागि असोज १ गतेदेखि लागु हुनेगरी निक्षेप तथा कर्जामा ब्याजदर बढाएका छन्। बैंकहरूले निक्षेप तथा कर्जाको ब्याज दर बढाएकाले...
एमसीसी विरुद्ध भर्खरै उर्लिए युवाहरु

एमसीसी विरुद्ध भर्खरै उर्लिए युवाहरु

Uncategorized, अन्तर्राष्ट्रिय, आर्थिक, भिडियाे, मुख्य समाचार, राजनिती
    ३०भाद्र,काठमाडौ लक्ष्मण श्रेष्ठ काठमाडौको नयाँ बसपार्क स्थित बिजि मल अगाडी एमसीसी विरुद्ध युवाहरू उर्लिएका छन् । उक्त कार्यक्रम हेमराज थापाको टोलिले कार्यक्रम गरेका हुन्। एमसीसी राष्ट्र घाति हो खारेज गर गो ब्याक अमेरिका जस्ता नारा लगाएको छ।यसको साथ साथै देशका प्रधानमन्त्री तथा उच्च नेताहरुलाई एमसिसि पास गरेमा स्विकार्य हुने छैन भन्दै चेतावनि दिएका छन्। नेपालको एमसीसी परियोजना बहसले अन्योलको वातावरण अमेरिकि सहयोग परियोजना एमसिसि विरुद्ध चर्को आवाजका कारण अब यसको समाधान फिर्ता मात्र हुन सक्ने अवस्था देखिदै गएको छ । ...