Tuesday, May 5
Shadow

आर्थिक

बुद्धभुमि नेपालको शेयर सूचीकरण ढिलाई किन ?

बुद्धभुमि नेपालको शेयर सूचीकरण ढिलाई किन ?

आर्थिक, मुख्य समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २६ बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ अझै सूचीकरण हुन सकेको छैन् । बाँडफाँड भइसको लामो समयसम्म भइसक्दा पनि कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुन् नसकेको हो । कम्पनीको शेयर रजिष्ट्रार परिवर्तन हुदाँ शेयर सूचीकरणमा ढिलाई भइरहेको कम्पनीले जनाएको छ । यस अघि कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट रहेको थियो । अहिले कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल रहेको छ । सिभिल क्यापिटलले सिद्धार्थ क्यापिटललाई कम्पनीको शेयर हस्तातरण गर्न केही समय लाग्ने भएकाले शेयर सूचीकरणमा समय लम्बिएको हो । सिद्धार्थ क्यापिटलले अबको केही दिनमा सूचीकरण प्रकृया अघि बढाउने जनाएको छ ।...
दुई साता नबित्दै पेट्रोलियम पदार्थमा पुनः वृद्धि

दुई साता नबित्दै पेट्रोलियम पदार्थमा पुनः वृद्धि

आर्थिक, समाचार
कार्तिक २५, काठमाण्डौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ । मूल्य वढाएको दुई हप्ता पनि नबित्दै निगमले पुनः पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ । यस्तै, खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेर १५७५ पुगेको छ । यसअघि कात्तिकमा ग्यासको मूल्य ५० रुपैयाँले बढाइएको थियो। हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढाएको छ । अब आन्तरिक हवाई इन्धनको नयाँ मूल्य १०१ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । वढेको मूल्य आजराति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।...
नेपाली कांग्रेस बेल्कोटगढी ३ कार्य समितिले गर्यो आगलागी भएकोलाई आर्थिक सहयोग

नेपाली कांग्रेस बेल्कोटगढी ३ कार्य समितिले गर्यो आगलागी भएकोलाई आर्थिक सहयोग

आर्थिक, समाचार, समाज
कार्तिक २५,काठमाडौं लक्ष्मण श्रेष्ठ २०७८ असोज २२ गते नुवाकोट बेलकोटगढी नगर पालिका वडा नम्बर ३ स्थित एक्ले भन्ज्याङ का स्थानिय अर्जुन सापकोटाको सापकोटा किराना स्टोर मा विद्युत सर्टका कारण आगलागी भएको थियो । आगलागी हुँदा लगभग दश लाख को क्षति भएको अनुमानित गरिएको छ ।। एक महिना को अन्तरालमा पनि कसैले सहयोग नगरेको अवस्थामा नेपाली कांग्रेस बेल्कोटगढी वडा नम्बर ३ को कार्य समिति को पहलमा पिडित परिवारलार्इ नगद रु ९८ हजार हस्तानतरण गरिएको छ । उमेश अधिकारी रु.१५,००० ,पूर्ण प्रसाद गजुरेल रु.१०,००० ,माधव अधिकारी रु.१०,०००,वैकुण्ठ अधिकारी रु.१०,०००, भूविन्द्र बहादुर बानियाँ रु.१०,०००, उपेन्द्र तिमल्सिना रु.१०,००० , रपेश पुडासैनी रु.१०,००० ,माधव वजगाई रु.२,०००, रामेश्वर पुडासैनी रु.१०,००० , रामचन्द्र तिमल्सिना रु.५,००० , राजेन्द्र जमकटेल रु.२,०००,दिपक न्यौपाने रु.१,००० ,शोभित सुवेदि रु.१,००...
सामलिङ्ग पावरको आईपीओ बाँडफाँट

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट

आर्थिक, टिप्स, ब्यानर समाचार, समाज
काठमाण्डौँ, कार्तिक १६ सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर आईपीओ बाडँफाड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यलयमा आज बिहान ८ः३० बजे शेयर बाडँफाडँ भएको हो । सर्वसाधारणका लागि छुट्याइएको ६ लाख ७८ हजार ९ सय कित्ता शेयर ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन् । आवेदन दिएका २१ लाख बढीको हात खाली भएको छ । कम्पनीले कात्तिक ४ गते बिहिबारदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन तथा विक्री खुल्ला गरेको थियो । कम्पनीको आईपीओ बाँढफाँढ सम्पन्न भएकाले रिजल्ट हेर्न विभिन्न ४ तरिकाबाट सकिन्छ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको वेबसाइट http://samling-power-company-ipo-result-published-today-iporesult-cdsc-com-np-ipo-result/बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ...
न्यादी हाइड्रोपावरको आईपीओ हेर्नुहोस्

न्यादी हाइड्रोपावरको आईपीओ हेर्नुहोस्

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार
काठमाण्डौँ कार्तिक ५ न्यादी हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । आज बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको हो । कम्पनीले असोज १५ गते शुक्रबारदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा कुल २२ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनिको आईपीओमा २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । जसमा१३ हजार ९४६ जनाको आवेदकबाट प्राप्त १ लाख ८४ हजार ७० कित्ताको आवेदन रद्द भएको छ । २२ लाख ४१ हजार १३८ वटा योग्य आवेदकको गोलाप्रथाबाट २ लाख ९ हजार २५० जनाले १० कित्ताका दरले पाएका छन् । भने आईपीओमा आवेदन दि...
पिडितहरु जनप्रतिनिधिको आस्वसनमै सिमित

पिडितहरु जनप्रतिनिधिको आस्वसनमै सिमित

आर्थिक, दुर्घटना, मुख्य समाचार, मौसम
५ कार्तिक,काठमाडौं बर्षाका कारण बारम्बार बाढी पहिरोका कारण धनजनको क्षति हुनेगरेको छ । यस्ता प्राकृति प्रकोप ले मानिसको दैनिक जीवनमा प्रतिकूल असर पररिहेको अवस्थामा सरकारको आस्वसनमै सिमित भएको अवस्था रहेको छ । प्रधानमन्त्री देउवाले प्राकृति प्रकोपबाट प्रभावित जनताले भोगेको दुःख मनन् गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले पनि कोरोनाका जोखिम रहेकाले रोकथाममा सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने, ुनेपालले कोरोनाविरुद्धको खोप लगाउने काममा पाएको सफलताप्रति विश्व स्वास्थ्य सङ्गठनले सरकारको प्रशंसा गरेको छ ।    ...
सामलिङ्ग पावर कम्पनीको आइपिओ खुल्यो

सामलिङ्ग पावर कम्पनीको आइपिओ खुल्यो

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ४ सामलिङ्ग पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) बिहीबारदेखि बिक्री खुल्ला भएको छ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये कर्मचारीलाई २ प्रतिशत र सामुहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । बााकी ६ लाख ७८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता आवेदन दिन पाइनेछ । मेरो सेयर अनलाइन प्रणाली तथा खाता रहेको बैंकको शाखाबाट आवेदन दिन सकिनेछ । कात्तिक ८ गतेसम्म यसमा आवेदन दिने मिति तोकिएको छ । कम्पनीले ९.५ मेगावाटको माइ बेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको लागत प्रतिमेगावाट २१ करोड ३ लाख अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा रहने अनुमान छ ।...
मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज २५ मध्य भोटेकोसी जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । असोज २० गते मङ्गलवार देखी सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइन्छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुटाइएको छ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकहरूमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा ...
एक करोड लागतमा गल्छी चोकमा खुल्यो बर्गर हाउस

एक करोड लागतमा गल्छी चोकमा खुल्यो बर्गर हाउस

आर्थिक, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज २३ करिब एक करोड लागतमा धादिङको गल्छी चोकमा बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन सञ्चालनमा आएको छ । बिहिवार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले उद्घाटन गरेका छन् । नेपाली बजारमा पछिल्लो समय बर्गर हाउस प्रति आकर्षण बढ्दै गईरहेको छ । सोहि अनुरुप बर्गर हाउस को शाखाहरु तिव्र रुपमा विस्तार भईरहेको छ । सोहि क्रममा नुवाकोट, रसुवा जाने तर्फ गल्छी चोकमा उक्त बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन संचालनमा आएको छ । ग्रहकको रुचि अनुसारका ताजा ताजा खानेकुराहरु ग्राहकले अडर गरे पछि मात्र बनाईने भएकोले पनि स्वास्थ्यबद्र्धक खानका परिकारहरु पाईने संचालक मध्येका एक पुर्षोतम प्याकुरेलले बताए । पारिवारीक एवम् शान्त वातावरणमा विभिन्न खानाका स्वादिष्ट परिकारको मज्जा लिनुको साथै जन्म दिन मनाउनको लागि छुट्टै बस्ने व्यवस्था समेत रहेको छ । ...
प्रभु लाइफ इन्स्योरेन्सद्वारा मृत्यु बीमा दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्सद्वारा मृत्यु बीमा दाबी भुक्तानी

आर्थिक, मुख्य समाचार, समाज
काठमाण्डौँ, असोज २० प्रभु लाइफ इन्स्योरेन्स लि ले मृतक केदार बहादुर अधिकारीको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी दिएको छ । शाखा कार्यालय गोंगबुमा एक कार्यक्रमका बीच उक्त दाबी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेल ले मृतककी श्रीमति शुशिला घिमिरेलाई प्रदान गर्नु भएको हो । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका घर भएका बीमित अधिकारीले डेढ वर्ष अघि प्रभु लाइफ इन्स्योरेन्स लि शाखा कार्यालय गोंगबुबाट १५ लाख रुपैयाको २० वर्षे अवधि राखेर आफ्नो जीवन बीमा गराएका थिए । निज बीमितको कोरोनाको कारणले अस्पतालमा मृत्यु भएको थियो । कूल बीमाङ्क रकम १५ लाख र आर्जित बोनस सहित जम्मा १६ लाख १२ हजार ५ सय रुपैयाँको चेक कम्पनीले बीमितको परिवारलाईहस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जीबन बीमा कम्पनीको दायित्व भनेकै आर्थिक जोखिमको रक्षा ...