Sunday, August 23
Shadow

अन्तर्राष्ट्रिय

गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्धको खाेप

गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्धको खाेप

अन्तर्राष्ट्रिय, समाज, स्वास्थ्य
काठमाडौं, १२ पुस । काठमाडौं । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ एनआरएनएले जनाएको छ ।बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका सङ्घले जनाएको छ । विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आपत्कालीन अवस्थामा खोप दिन थालिसकेका छन् । यता, विदेशमा कोरोना सङ्क्रमणमा परेका नेपालीमध्ये ९४।५ प्रतिशत कोरोनामुक्त भएका छन् । सङ्घका अनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८७२ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४९ हजार ८९२ जना कोरोनामुक्त भएको सङ्घअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । समितिका अनुसार गत साता नाइजेरिया, इजिप्ट, साउदी अबर, कुवेतमा रहेका...
युवती पानी पुरी खानतिर भुलेपछि

युवती पानी पुरी खानतिर भुलेपछि

अन्तर्राष्ट्रिय, समाज
काठमाडौं, १२ पुस । पानी पुरी भन्नेबित्तिकै मुखबाटै पानी नआउने सायदै कोही होला । अझ युवतीहरुको सबैभन्दा मन पर्ने खानेकुरा नै पानी पुरी हो । उनीहरु बरु खाना खाँदैनन्, तर पानी पुरी चटपटेजस्ता वस्तु खान छुटाउँदैनन् । तर, कहिलेकाँही यस्तै बानी आफैंलाई महँगो सावित हुन्छन् । भारतको रामगञ्ज बजारमा पानी पुरीमा भुलेपछि एक युवतीले लाखौंको गहना चोराएकी छन् । माणचोक प्रहरी चौकीमा उनले आफ्नो झोलाबाट लाखौं मूल्य बराबरको गरगहना चोरी भएको उजुरी दर्ता गराएकी छन् । प्रहरीले यस घटनामा छानबिन शुरु गरिसकेको छ । घटना गत बुधबारको हो । निलगिरी मार्ग शिप्रापथकी सोनम आसवानी सामान खरिदका लागि बजार भएकी थिइन् । तर, चोकमा पानी पुरीको ठेला देखेपछि उनको मनले नखाइ मानेन । जब उनी पानी पुरीमा मस्त भुलेकी थिइन् । पछाडिबाट चोरले उनको झोला ब्लेडले काटेर सबै गरगहना उडाएको छ । साथै झोलामा रहेक...
नेकपा विवादित भएकाे समयमा चिनियाँ टाेलीकाे नेपाल पवेश

नेकपा विवादित भएकाे समयमा चिनियाँ टाेलीकाे नेपाल पवेश

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, राजनिती
  काठमाडौं, १२ पुस । नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्षका कारण छिमेकमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमलाई नजिकबाट बुझ्न चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचैको नेतृत्वमा यौटा टोली अहिले भर्खर एअर चाइनाको उडान (Ca\ 437)बाट छङ्तु हुँदै काठमाडौं आइपुगेको छ । चार सदस्यीय चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भोलि बिहान ९ र ११ बजे भेटघाट गर्ने कार्यक्रम रहेको छ । स्रोतका अनुसार आज दिउँसो तीन बजे चिनियाँ दूतावास,बालुवाटारमा दुबै पक्षका विदेश मामिला प्रतिनिधिहरूसँगलाई संयुक्त भेटघाट गरी बृफिङ्ग लिने योजना थियो । तर,त्यसमा बालुवाटारबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई जाने निश्चित भएको छ । नेकपा बहुमतले प्रतिनिधिहरूले दूतावासमा भेटवार्ता गर्दा राम्रो सन्देश नजाने भएकाले त्यसो न...
जापान प्रबेश गर्ने नयाँ प्रबेशीहरुलाई  प्रतिबन्ध,कस्ले जान पाउने?

जापान प्रबेश गर्ने नयाँ प्रबेशीहरुलाई प्रतिबन्ध,कस्ले जान पाउने?

अन्तर्राष्ट्रिय
काठमाडौं , पुस १२। सरकारले बिदेश बाट जापान प्रबेश गर्ने नयाँ प्रबेशीहरुलाई २८ तारिख बाट लागु हुने गरी प्रतिबन्ध लगाएको छ । कोरोना सक्रमितहरुको संख्या बढ्दो क्रममा रहेको र छिटो फैलनसक्ने नयाँ कोरोना भाईरसका सक्रमित समेत भेटिन थालेपछी जापानले नयाँ प्रबेशमा रोक लगाएको हो । बेलायत र साउथ अफ्रिकाबाट भने पूर्ण रुपमा यस अघिनै आवतजावतमा प्रतिबन्ध लगाइसकिएको छ । बेलायत र साउथ अफ्रिका बाहेक अरु मुलुक बाट बिजनेस भिषामा जापान आउन पाउने छन् तर घुम्ने उद्देश्यले जापान आउन चाहानेहरुलाई भने अप्रिल महिना बाटै अनुमति दिईएको छैन । सम्बन्धित देशमा रहेको दुतावास बाट भिषा लिएर बसेकाहरुको प्रबेशमा भने प्रतिबन्ध नलगाइएको बिदेश मन्त्रालयले सूचना जारी गरी जानकारी गराएकोछ । पछिल्लो १४ दिन भित्र बेलायत र साउथ अफ्रिकाको भ्रमण गरेकाहरु भने पहिलेनै भिषा लिएका भए पनि प्रबेश अनुमति पाउने छैनन् ।...
कोरोना प्रकोपः विश्वभर ८ करोड जनामा संक्रमण, ५ करोड ६४ लाख निको भए

कोरोना प्रकोपः विश्वभर ८ करोड जनामा संक्रमण, ५ करोड ६४ लाख निको भए

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, पुस ११ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ८ करोड १ लाख ९४ हजार नाघेको छ । चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षमा २१८ मुलुकमा पुगेको छ । यस अवधिमा विश्वभर १७ लाख ५६ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । बितेको २४ घण्टामा ८ हजार ३७४ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ५६ हजार ९४७ पुगेको छ । यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३९ हजार २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाख ६० हजार २३० पुगेको हो । हाल विश्वमा २ करोड १९ लाख ७६ हजार ८५६ ...
कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लैजाने

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लैजाने

अन्तर्राष्ट्रिय
काठमाडौं , पुस १०  दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ। यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो। यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो। कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार ९०९ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन्। सन् २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७००, कृषि क्षेत्रमा छ हजार ४००, मत्स्यपालन क्षेत्रमा तीन हजार, निर्माण क्षेत्रमा एक हजार ८००, सेवा क्षेत्रमा (पुरानो सामान बटुल्ने छान्नेमा) १०० जना तोकिएको छ। यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड (प्रतिबद्ध पुनः प्रवेश) श्रमिक आउनेछन्। अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ।...
राजाकी गर्लफ्रेण्डका १ हजार ४ सय फोटो देशैभरी छ्याप्छ्याप्ती

राजाकी गर्लफ्रेण्डका १ हजार ४ सय फोटो देशैभरी छ्याप्छ्याप्ती

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, मनोरञ्जन
  काठमाडौं , पुस ९ राजाकी गर्लफ्रेण्डका १ हजार ४ सय फोटो देशैभरी छ्याप्छ्याप्ती भएपछि अहिले थाइल्याण्डमा हंगामा भएको छ । आफ्नी गर्लफ्रेण्डका फोटो लिक भएपछि राजा महा बाजीरालंकर्ण तनावमा परेका छन् । राजाकी गर्लफ्रेण्ड सिनिनित वोंगवाजीरापकडीका दुश्मनहरुले उनका यति धेरै नग्न फोटोहरु त्यहाँका राजतन्त्रविरोधी अभियन्ताहरुलाई पठाएको द टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ । रिपोर्टका अनुसार पठाइएका फोटोहरुमध्ये ठूलो संख्यामा फोटोहरु नग्न छन् । रिपोर्टअनुसार सिनिनितका नग्न फोटोहरु थाइल्याण्डमा राजशाहीविरुद्ध विरोध प्रदर्शन गरिरहेका अभियन्ताहरुलाई पठाइएको छ । यी फोटोहरु २०१२ देखि २०१४ को बीचमा खिचिएको बताइएको छ । स्वयं सिनिनितले नै ती तस्वीर खिचेको अनुमान गरिएको छ । थाइल्याण्डको राजशाहीको आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि यी तस्वीरहरु पठाइएको छ । ...
फ्रान्सले आप्रबासी कामदारलाई पुरस्कार स्वरुप नागरिकता प्रदान गर्ने

फ्रान्सले आप्रबासी कामदारलाई पुरस्कार स्वरुप नागरिकता प्रदान गर्ने

अन्तर्राष्ट्रिय
काठमाण्डौ , पुस ९ । फ्रान्सले कोभिड–१९ को बेला अग्रपंक्तिमा रहेर काम गर्ने आप्रबासी कामदारलाई पुरस्कार स्वरुप नागरिकता प्रदान गर्ने भएको छ । ‘फास्ट ट्रयाक’ विधि अपनाएर नागरिकता प्रदान गरिनेछ। फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले उक्त मापदण्ड पुरा गर्ने आप्रबासीलाई आवेदन दिन आव्हान गरेको हो। करिब सात सय आप्रबासी कामदारलाई नागरिकता दिने प्रकृया अन्तिम चरणमा पुगेको बीबीसीले जनाएको छ। कोरोनाबाट ग्रस्त देशमध्य फ्रान्स पनी प्रमुख हो। जहाँ, ६५ हजारले कोरोनाको कारणा ज्यान गुमाएका छन भने लाख ब्यक्ति सङ्क्रमित भएका छन्। कोभिडका कारणा धेरै श्रमिकको पििडत रहेको भन्दै नागरिकता प्रदान गनर् लागेको हो। हालसम्म ७४ जनाले फ्रान्सको राहदानी पाइसकेका छन्। ६९३ जना राहदानी पाउने अन्तिम चरणमा छन्। करिब दुई हजार ८९० अप्रबासीले आवेदन दिएका छन्। साधारणतया फ्रान्सको नागरिकता लिन अप्रबासीले कम्तिमा पाँच वर्...
भारतमा कोरोना संक्रमित १ करोड १ लाख नाघे

भारतमा कोरोना संक्रमित १ करोड १ लाख नाघे

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, पुस ९ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड १ लाख नाघेको छ । ३ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २४ हजार २३६ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १ लाख २३ हजार ५४४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ९२ हजार ६१ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४६ हजार ७७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३०२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४६ हजार ७७८ पुगेको हो ।...
दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो महामारी,एकै पटक चार जनाभन्दा बढी भेला हुन नपाउने

दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो महामारी,एकै पटक चार जनाभन्दा बढी भेला हुन नपाउने

अन्तर्राष्ट्रिय
काठमाण्डौँ, पुष ८-सोल। दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ। यहाँको सरकारले अबदेखि सार्वजनिकस्थलमा एकै पटक चार जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरेको छ। आउँदै गरेको क्रिसमस पर्व तथा नयाँ वर्षका समयमा हुन सक्ने भीडभाडलाई ध्यानमा राखी सरकारले बिहीबारदेखि देशैभर उक्त नियम लागू हुने बताएको छ। यससँगै कम्पनीभित्रै सहकर्मीबाट पनि कोरोना फैलिन सक्ने भएकाले कामका समयमा समेत अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भएको छ। छड्के जाँचका अवस्थामा कुनै कामदार वा कर्मचारीले मास्क नलगाएको भेटिएमा कम्पनीका तर्फबाट र मास्क नलगाउने कर्मचारीबाट जरिवाना हुने बताइएको छ। यसअघि नै सार्वजनिकस्थलमा ‘नो मास्क नो राइड’ नियम लागू छ। पछिल्लो पटक कोभिडको अत्यधिक प्रभाव रहेका सउल, ख्याङ्दी तथा इन्छन क्षेत्रमा थप कडाइका साथ उक्त निय...