Thursday, March 28
Shadow

जापान प्रबेश गर्ने नयाँ प्रबेशीहरुलाई प्रतिबन्ध,कस्ले जान पाउने?


  • -इ
  • इ+

काठमाडौं , पुस १२।

सरकारले बिदेश बाट जापान प्रबेश गर्ने नयाँ प्रबेशीहरुलाई २८ तारिख बाट लागु हुने गरी प्रतिबन्ध लगाएको छ । कोरोना सक्रमितहरुको संख्या बढ्दो क्रममा रहेको र छिटो फैलनसक्ने नयाँ कोरोना भाईरसका सक्रमित समेत भेटिन थालेपछी जापानले नयाँ प्रबेशमा रोक लगाएको हो ।

बेलायत र साउथ अफ्रिकाबाट भने पूर्ण रुपमा यस अघिनै आवतजावतमा प्रतिबन्ध लगाइसकिएको छ । बेलायत र साउथ अफ्रिका बाहेक अरु मुलुक बाट बिजनेस भिषामा जापान आउन पाउने छन् तर घुम्ने उद्देश्यले जापान आउन चाहानेहरुलाई भने अप्रिल महिना बाटै अनुमति दिईएको छैन ।

सम्बन्धित देशमा रहेको दुतावास बाट भिषा लिएर बसेकाहरुको प्रबेशमा भने प्रतिबन्ध नलगाइएको बिदेश मन्त्रालयले सूचना जारी गरी जानकारी गराएकोछ । पछिल्लो १४ दिन भित्र बेलायत र साउथ अफ्रिकाको भ्रमण गरेकाहरु भने पहिलेनै भिषा लिएका भए पनि प्रबेश अनुमति पाउने छैनन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares