Wednesday, April 17
Shadow

युवती पानी पुरी खानतिर भुलेपछि


  • -इ
  • इ+

काठमाडौं, १२ पुस ।
पानी पुरी भन्नेबित्तिकै मुखबाटै पानी नआउने सायदै कोही होला । अझ युवतीहरुको सबैभन्दा मन पर्ने खानेकुरा नै पानी पुरी हो ।

उनीहरु बरु खाना खाँदैनन्, तर पानी पुरी चटपटेजस्ता वस्तु खान छुटाउँदैनन् । तर, कहिलेकाँही यस्तै बानी आफैंलाई महँगो सावित हुन्छन् ।

भारतको रामगञ्ज बजारमा पानी पुरीमा भुलेपछि एक युवतीले लाखौंको गहना चोराएकी छन् ।

माणचोक प्रहरी चौकीमा उनले आफ्नो झोलाबाट लाखौं मूल्य बराबरको गरगहना चोरी भएको उजुरी दर्ता गराएकी छन् ।

प्रहरीले यस घटनामा छानबिन शुरु गरिसकेको छ । घटना गत बुधबारको हो ।

निलगिरी मार्ग शिप्रापथकी सोनम आसवानी सामान खरिदका लागि बजार भएकी थिइन् ।

तर, चोकमा पानी पुरीको ठेला देखेपछि उनको मनले नखाइ मानेन । जब उनी पानी पुरीमा मस्त भुलेकी थिइन् ।

पछाडिबाट चोरले उनको झोला ब्लेडले काटेर सबै गरगहना उडाएको छ ।

साथै झोलामा रहेका ५० हजारजति नगद रकम र एटीएम कार्ड पनि चोरी भएको बताएकी छन् ।

जब उनले पानी पुरीको पैसा तिर्न आफ्नो पर्स निकाल्न झोलातिर हेरिन्, त्यसबेलासम्म चोरले सबै सामान उडाइसकेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares