Friday, April 19
Shadow

भारतमा कोरोना संक्रमित १ करोड १ लाख नाघे


  • -इ
  • इ+

काठमाडौँ, पुस ९ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड १ लाख नाघेको छ ।

३ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २४ हजार २३६ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १ लाख २३ हजार ५४४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ९२ हजार ६१ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४६ हजार ७७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३०२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४६ हजार ७७८ पुगेको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares