Monday, May 6
Shadow

समाज

बत्ती जाने र भोल्टेज कम हुने समस्या किन ?

बत्ती जाने र भोल्टेज कम हुने समस्या किन ?

टिप्स, मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष १५ तपाईं बसेको ठाउँमा झ्याप्प बिजुली आउने–जाने भइरहेको छ ? कतै कम भोल्टेज भएर काम रोकिएको पनि होला । केही दिन यता काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा यसरी विद्युत् आपूर्तिमा समस्या देखिएको छ । चिसोका कारण बिजुलीको माग अधिक र ओभरलोडेड विद्युत् प्रसारण हुँदा पुराना उपकरणमा समस्या भएपछि विभिन्न स्थानहरूमा विद्युत् आपूर्तिमा समस्या आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । केही दिनयता काठमाडौँ उपत्यकासहित देशका केही भागमा बत्ती जाने मात्र नभई कतिपय स्थानमा भोल्टेज कम हुने समस्या पनि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले अत्यधिक माग भएर वितरण प्रणालीमा समस्या भएका कारण विद्युत् आपूर्तिमा समस्या आएको बताए ।...
चिसो बढे संगै एक हप्ताका लागि विद्यालय बन्द

चिसो बढे संगै एक हप्ताका लागि विद्यालय बन्द

जिवनसैली, टिप्स, मुख्य समाचार, मौसम, शिक्षा, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, पुष १५ बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो । जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो ।...
काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप : स्वयम्भू फोटोफिचर सहित (पुरा पढ्नुहोस्)

काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप : स्वयम्भू फोटोफिचर सहित (पुरा पढ्नुहोस्)

टिप्स, ब्यानर समाचार, ब्लोअप, शिक्षा, समाज
  लक्ष्मण श्रेष्ठ पौष ९,काठमाडौं । काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। यसलाई महाचैत्य पनि भनिन्छ । उपत्यकामा पानी भरिएको बेलामा यहाँ बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए ‘त्यसपछि बैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कि ‘मन्त्र गरी दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जसमा पञ्चरश्मि सहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ। स्वयम्भूको स्तूप काठमाडौँमा अवस्थित छ। संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ। काठमाडौँ उपत्यकाको स्थापना र नेपालको ईतिहासमा पनि यसको ठूलो भूमिका रहेको छ। भगवान मन्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गर्नु भएको उल्लेखित पुरानो ग्रन्थहरूमा पाईन्छ। नेवारीबाट स्येँको अर्थ स्वय...
अब क्याम्पसमा टिकटक बनाउन प्रतिबन्ध, बनाए कारबाही गरिने (सुचनासहित)

अब क्याम्पसमा टिकटक बनाउन प्रतिबन्ध, बनाए कारबाही गरिने (सुचनासहित)

शिक्षा, समाचार, समाज
खगेन्द्र अबस्थि/कैलाली कैलालीको एक क्याम्पसले परिसरभित्र भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ बनाउन रोक लगाएको छ । विद्यार्थीहरुले क्याम्पस हाताभित्र स्मार्ट मोबाइलको प्रयोग गरि लगातार टिकटक बनाइरहेको गुनासो आएपछि जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पस सुखडले यस्तो निर्णय गरेको हो ।
फेरिदै ,चिनिदै चिम्टेश्वर : ट्रेकिङ र क्याम्पिङ्ग  गर्न सकिने ,साथै मनोरम हिमालय दृश्य (फोटो फिचर)

फेरिदै ,चिनिदै चिम्टेश्वर : ट्रेकिङ र क्याम्पिङ्ग गर्न सकिने ,साथै मनोरम हिमालय दृश्य (फोटो फिचर)

समाचार, समाज, स्थानिय तह
दिपक न्यौपाने, नुवाकोट ‌ पछिल्लो समय मानिसहरु विशेषगरी घुम्नको लागि बढी रुचाउने गरेका छन् । नुवाकोट जिल्लामा येस्तो ठाउँ छ जहाँ पृथ्वीनारायण साहले राज्य एकीकरण गर्दा नुवाकोट हमला गर्नको लागि त्यस् ठाउँबाट सुरु गरेर नुवाकोट बिजय गरेका थिए । नुवाकोट बिजय गर्न पृथ्वीनारायण शाहले भाकल गरेका स्थान र भगवान श्रीमहादेवले सत्तिदेबिको प्राण त्याग भएपछि पृथ्वी भ्रमण गर्नी क्रममा सान्त वातावरणमा ध्यान गर्न गोसाइँकुण्ड जाने बेलामा यस ठाउँमा केहि बेरको विश्राम गरिसकेपछि आफुले साथमा लिगेको चिम्टा बिर्सेका कारण यस ठाउँको नाम चिम्टेश्वर रहन गएको हो भन्ने जनबिश्वास रहि आएको छ। यहाँ मनले आटेका कुरा भाकल गरेमा पूरा हुने बिश्वाग गर्नी गरेका छन् ।यस क्षेत्रबाट लाङटाङ ,गणेश,जुगल ,मानापाथी हिमाल तथा तिब्बतको केरुङ्ग लगायत नेपालका १५ जिल्ला अबलोकन गर्न सकिन्छ। जिल्लाकै चर्चित ऐतिहासिक स्थान बेल्कोटगढी पर्...
जन्म दिनमा दीर्घरोगीलाई औषधि वितरण

जन्म दिनमा दीर्घरोगीलाई औषधि वितरण

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, मंसिर ९ पत्रकार राजेन्द्र गजुरेलले आफ्नो जन्म दिनको अवसरमा विदुर नगरपालिका वडा नं ५ मा नियमित औषधि सेवन गर्ने दीर्घरोगीलाई एक महिनाको लागि आवश्यक औषधि वितरण गरेका छन् । लकडाउनको समयमा आर्थिक स्थीति कमजोर भएका अशक्त वर्गलाई लक्षित गर्दै वडा कार्यालयले शहरी स्वास्थ्य केन्द्र माझिटार मार्फत वडा भित्र रहेका १५ जना मध्ये हाल ९ जनाले निःशुल्क औषधि सेवा लिदै आएका छन् । पत्रकार गजुरेलले आज वडा कार्यालयमा ४ जनालाई एक महिना सम्म पुग्ने औषधि हस्तान्तरण गरेका हुन् । बाकिँ ५ जनालाई आईतबार स्वर्गिय बासु बस्नेतको सम्झनामा अन्य साथिहरुको उपस्थीतिमा हस्तान्तरण गरिने उनले बताए । आफ्नो भनाई राख्दै गजुरेलले आफ्नो वडामा मात्र नभई अन्य ठाउँमा पनि सामाजिक कार्य गर्दै आएको र आवश्यकता अनुसार आफूले सकेको सहयोग आगामी दिनहरुमा पनि गर्दै जाने उनले बताए । साथै वडाध्यक्ष शिवकुमार चित्रकारले जन्...
एशियन लाइफ इन्स्योरेन्समा जागिरको अवसर

एशियन लाइफ इन्स्योरेन्समा जागिरको अवसर

आर्थिक, जिवनसैली, टिप्स, ब्यानर समाचार 2, शिक्षा, समाचार, समाज, सुचना प्रविधि
काठमाण्डौँ, कार्तिक २८ एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरको लागि ५ जना कर्मचारीको माग गरेको छ । उपत्यका भित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । कम्पनीमा आवेदन दिनको लागि स्नातकोत्तर गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्ने जनाएको छ । मंसिर ४ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । ...
आजदेखि कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु, हेर्नुहोस् खोप केन्द्र

आजदेखि कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु, हेर्नुहोस् खोप केन्द्र

टिप्स, ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २८ कोरोना भाइरसविरुद्धको फाइजर खोप आजदेखि लगाउन सुरु गरिएको छ । आजदेखि मंसिर ४ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाउन लागिएको हो । यसको दोस्रो मात्रा मंसिर २७ गतेदेखि दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विश्वका १३२ देशका नागरिकहरुले लगाइसकेको फाइजर खोप नेपालमा पहिलोपटक लगाउन थालिएको हो । यो खोप १२ वर्षमाथिका बालबालिकालाई लगाउन मिल्छ । खोप पाउने १२ वर्षमाथिका दीर्घ रोगीको समूह निर्धारण गरेर देशभर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पूर्जा अनिवार्य लिएर तोकिएको अस्पतालमा जान मन्त्रालयले अनुरोध गरेको छ ।अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको १ लाख ६२० डोज फाइजर खोप गत कात्तिक ८ गते नेपाल आइपुगेको थियो । कहाँ–कहाँ छन् खोप केन्द्र ? स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ...
नेपाली पहिचान र संस्कृति जर्गेना गर्नकालागि राप्रपामा संगठित हुदैँ चन्द्रागिरि तीनथानाका युवाहरु

नेपाली पहिचान र संस्कृति जर्गेना गर्नकालागि राप्रपामा संगठित हुदैँ चन्द्रागिरि तीनथानाका युवाहरु

मुख्य समाचार, राजनिती, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २७ नेपाली पहिचान र संस्कृति जर्गेना गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगरपालिका वडा नं १५ को युवा संघमा युवाहरु संगठित हुने क्रम बढ्दो रहेको छ । हिन्दु राष्ट्र सहितको राजसंस्था, राष्ट्रियता, पहिचान, रीतिरिवाज र संस्कृति जोगाउनु पर्छ भन्ने उद्देश्यका साथ चन्द्रागिरि तीनथानाका युवाहरु एक जुट भईरहेका छन् । आज (शनिवार) राप्रपा चन्द्रागिरि नगरपालिका वडा नं १५ को युवा संघको चियापान कार्यक्रममा लोकतन्त्रको नाममा नेपालको पहिचान नै गुम्ने अवस्थामा पुगेकाले अब युवाहरु नै एक जुट भएर आफ्नो देश बचाउनु पर्ने समय आएको उपस्थीत युवाहरुको धारणा रहेको छ । विभिन्न राजनितिक दलको खोक्रो राष्ट्रियताबाट निरास भएका युवाहरु अब देशको निकास राप्रपाबाट नै सम्भव भएको भन्दै पार्टी प्रति युवाहरुको आर्कषण बढ्दै गएको छ । विविध कारणबाट समाजमा पिडित भएकाहरुको सारथी बन्दै समाज र र...
राप्रपाले गर्‍यो ७६ जिल्लाको नेतृत्व चयन, कुन जिल्लामा को ? (नामावलीसहित)

राप्रपाले गर्‍यो ७६ जिल्लाको नेतृत्व चयन, कुन जिल्लामा को ? (नामावलीसहित)

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २६ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७६ जिल्लामा नेतृत्व चयन गरेको छ । पार्टीले भक्तपुरबाहेक ७६ जिल्लाको नेतृत्व चयन सम्पन्न गरेको हो । महाधिवेशन प्रचारप्रसार विभागका अनुसार भक्तपुर भने भागबण्डा मिल्न नसक्दा उत्पन्न विवादका कारण नेतृत्व चयन हुन सकेको छैन । भक्तपुरमा वडा तहको अधिवेशन सम्पन्न भएपनि क्षेत्र र जिल्लामा भने अधिवेशन हुन सकेको छैन । राप्रपाले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि कात्तिक २३ गतेसम्मको समय प्रदान गरेकोको थियो । प्रदेश १ १) ताप्लेजुङ: अमृत साउदेन २) पाँचथरः जगतबहादुर थापा ३) झापाः केशव ओझा ४) इलामः याम प्रसाद चापागाई ५) संखुवासभा: महेश प्रेमी उदास ६) तेहथुमः टंक अधिकारी (७) धनकुटाः कुमारबहादुर थापा ८) मोरङ: माधव आचार्य ९) भोजपुरः केशर श्रेष्ठ ११) सुनसरीः दुर्गाबहादुर बस्नेत १२) उदयपुरः ध्रुव रायमाझी ...