Thursday, April 18
Shadow

जन्म दिनमा छात्रावासलाई खाद्यान्न सहयोग


  • -इ
  • इ+

नुवाकोट, माघ १२

विगत लामो समय देखि विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएका रामेश्वर गजरेलले आफ्नो जन्म दिन खाद्यान्न सहयोग गरेर मनाएका छन् ।

बेलकोटगढी नगरपालिका वडा नं ९ नलगाउँमा जन्मिएका गजुरेलले विदुरमा रहेको आमाको माया नामक छात्रवासलाई चामल, नुन, तेल, दाल, विस्कुट लगाएतको खाद्यान्न सहयोग गरेका छन् । जन्म दिनमा हुने फजुल खर्च कटाएर यस अघिका वर्षहरुमा पनि आफूले अन्य क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए ।

उनले खाद्यान्न सहयोग गर्दै आगामी दिनहरुमा पनि आफूले निरन्तर सहयोगका कार्यक्रमहरु गर्ने अठोट गरेका छन् । गजुरेल हाल सभ्यता समाज नेपाल नामक संस्थाको अध्यक्ष समेत रहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares