Wednesday, April 24
Shadow

समाज

चन्द्रागिरिको मेयरमा राप्रपाबाट अजय श्रेष्ठ चयन

चन्द्रागिरिको मेयरमा राप्रपाबाट अजय श्रेष्ठ चयन

राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, वैशाख ३ आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा चन्द्रागिरि नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अजय श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । आज भएको पार्टी बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन समय नजिकिए सगै पार्टीगत रुपमा आ आफ्नो उम्मेदवार घोषणा गर्ने थालेका छन् । वडा नं ९ का श्रेष्ठ हाल काठमाण्डौँ क्षेत्र नं १० को प्रदेश (ख) का अध्यक्ष हुन् । पार्टीको हरेक गतिविधिमा सक्रिय रहदै आएका छन् । पार्टीगत संगै सामाजिक र व्यवसायिक क्षेत्रमा पनि उनी सक्रिय रहदै आएका छन् । युवा जोस जागर र समुन्नत चन्द्रागिरिको योजना बोकेका श्रेष्ठ युवा माझ लोकप्रिय रहेका छन् । पार्टीमा निरन्तर सक्रिय रहदैँ सामाजिक गतिविधिहरुमा पनि उत्तिकै सक्रिय रहदै आएका छन् । ...
सिसडोल पिडित आन्दोलित , काठमाडौंमा थन्किए फोहोरका गाडी

सिसडोल पिडित आन्दोलित , काठमाडौंमा थन्किए फोहोरका गाडी

ब्यानर समाचार, मुख्य समाचार, समाज
विगत १६ बर्ष देखिको समस्या समधान नगरेको भन्दै सिसडोल बासिन्दाले फोहोरमैला बोकेर गाडीमा प्रवेशमा रोक लगाएका छन्। आज बिहान ४ बजे देखि काठमाडौं महानगरबाट फोहोर बोकेका गाडी सिसडोल जान सकेका छैनन् । हाल फोहोरमैला बोकेका गाडी काठमाडौंमा नै थन्किएका छन्। १६ बर्ष पहिला नेपाल सरकारले गरेका सम्झौता कान्वयान नगरे सम्म फोहोरमैला बोकेका गाडी सिसडोल छिर्न नदिने स्थानीयको चेतावनी छ। आज बाट स्थानीय फोहोरमा राजनीति गर्ने दलालहरू होसियार , मानव रहित फोहोर ,फोहोर रहित मानव भन्दै आन्दोलित भएका छन् ।...
सिसडोल बासिन्दाको सरकारलाई ठुलो धक्का, बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निमार्ण अबरोध

सिसडोल बासिन्दाको सरकारलाई ठुलो धक्का, बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निमार्ण अबरोध

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं । आज देखि बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निर्माण कार्यमा सिसडोल बासिन्दाले अबरोध गरेका छन् । आम सिसडोल बासीको स्वास्थ्यलाई खेलवाड गर्दै सरकारी पक्षले गरेका प्रतिवद्धता कान्वायन नगरी बञ्चरेडाँडामा सिसडोलको जस्तै अवस्थामा नै विसर्जन गर्न खोजेको स्थानीय भनाइ छ। धुनेबेशी नगरपालिका वडा नं १,२,३ र ककनी गाउपालिका वडा नं १,२,३ का स्थानीयहरुले आजबाट ल्यण्डफिलसाइटको निर्माण कार्यमा अबरुद्ध गरेका हुन्। स्थानीयहरुले आज बिहान ७ बजे देखी निर्माणकार्य रोकेका छन् । आक्रोशित स्थानीयहरुले यो पहिलो चरणको विरोध भएको र माग सम्बोधन नभए अर्को चरणको विरोधमा जान आफूहरु बाध्य हुने चेतावनी दिएका छन् । ‘कि फोहोर रहित, कि मानव रहित बनाउँनुपर्ने र साथै स्थानियहरु को जीवन बीमा, शिक्षा स्वास्थ्य, पक्कि बाटो हुनु पर्ने’ संघर्ष समितिका अध्यक्ष सिराम ढुंगानाले बताए । सिसडोल जनता पनि छन् भने कुरा नदेखेको जस्तो...
बाल बालिकामा सकारात्मक अनुसासन कायम गर्न कृष्णनगरमा निर्देशिका निर्माण

बाल बालिकामा सकारात्मक अनुसासन कायम गर्न कृष्णनगरमा निर्देशिका निर्माण

समाचार, समाज, स्थानिय तह
काठमाडौं फागुन ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभाहालमा विद्यालय तथा घर परिवार भित्र बाल बालिकाहरूमा अनुसासन कायम गर्न सकारात्मक उपाय अवलंबन गर्ने सम्बंधि निर्देशिका तथा सामग्री निर्माण गर्न शिक्षक अभिभावक तथा जन प्रतिनिधिहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, अतिथिमा वडाध्यक्ष संजय कुमार गुप्ता, छेदी प्रसाद यादव, घनश्याम बनियां लगायत रहेका थिए । कार्यक्रममा युनिसेफ नेपालका प्रकाश कैनिले कार्यक्रमको उद्देश्य तथा बाल अधिकार लगायत विद्यालय तथा घर परिवार भित्र बाल बालिका हरूमा कसरी अनुसासन कायम गर्न सकिन्छ भन्ने कुराको जानकारी गराए । कार्यक्रममा प्रशिक्षकका रुपमा रहेका अधिवक्ता राजु कुमार श्रीवास्तवले बाल अधिकार, अनुसासन, हिंसाको परिचय, कानुनी ...
आधारभूत डलकुसन बुनाई सिप विकास तालिम बहादुरगंजमा सम्पन्न

आधारभूत डलकुसन बुनाई सिप विकास तालिम बहादुरगंजमा सम्पन्न

आर्थिक, समाचार, समाज, स्थानिय तह
कृष्णनगर, कपिलवस्तु माघ १४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजमा सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने आधारभूत डलकुसन बुनाई सिप विकास तालिम कृष्णनगर नगरपालिकाको आयोजनामा सम्पन्न भएको छ । उक्त समापन कार्यक्रम वडा अध्यक्ष राम मिलन चौधरीको अध्यक्षता अतिथिमा विवेक पौडेल, चतुर्भुज कहार, विकास थारु रहनुभयो । सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने आधारभूत डलकुसन बुनाई सिप विकास तालिमले स्वरोजगार बन्न महत्वपूर्ण भूमिका खेलने वक्ता हरूको भनाई थियो । १७ जना सहभागी रहेको उक्त तालिममा लक्ष्मी देवी कुवर प्रशिक्षकको भूमिका निर्वाह गर्नुभयो । कार्यक्रममा व्यवस्थापनको भूमिका उद्यम विकास सहजकर्ता चेतना बुढाथोकीको रहेको थियो । कार्यक्रम संचालन...
जन्म दिनमा छात्रावासलाई खाद्यान्न सहयोग

जन्म दिनमा छात्रावासलाई खाद्यान्न सहयोग

समाचार, समाज
नुवाकोट, माघ १२ विगत लामो समय देखि विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएका रामेश्वर गजरेलले आफ्नो जन्म दिन खाद्यान्न सहयोग गरेर मनाएका छन् । बेलकोटगढी नगरपालिका वडा नं ९ नलगाउँमा जन्मिएका गजुरेलले विदुरमा रहेको आमाको माया नामक छात्रवासलाई चामल, नुन, तेल, दाल, विस्कुट लगाएतको खाद्यान्न सहयोग गरेका छन् । जन्म दिनमा हुने फजुल खर्च कटाएर यस अघिका वर्षहरुमा पनि आफूले अन्य क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए । उनले खाद्यान्न सहयोग गर्दै आगामी दिनहरुमा पनि आफूले निरन्तर सहयोगका कार्यक्रमहरु गर्ने अठोट गरेका छन् । गजुरेल हाल सभ्यता समाज नेपाल नामक संस्थाको अध्यक्ष समेत रहेका छन् । ...
उद्योग विकास शाखाको आयोजनामा ५ दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न

उद्योग विकास शाखाको आयोजनामा ५ दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न

आर्थिक, समाचार, समाज, स्थानिय तह
पौष १६,काठमाडौं नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मैरीटारमा ५ दिने व्यवसायिक बाख्रापालन सम्बन्धी तालिम सम्पन्न भएको छ । विदुर नगरपालिकाको उद्योग विकास शाखाको आयोजना तथा गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मैरीटारको आयोजनामा भएको तालिममा १५ जना कृषकहरुको सहभागीता रहेको थियो ।तालिममा सहभागीहरुलाई खोर व्यवस्थापन कसरी गर्ने, बाख्रा कति प्रजातिका हुन्छन्, विभिन्न रोगहरुबाट बाख्रालाई कसरी बचाउन सक्किन्छ, खसीको हेरचाह गर्ने तरिका, बिरामी बाख्राको हेरचाह कसरी गर्ने बाख्रालाई आवश्यक पर्ने आहारा के के हुन, खसी बनाउने तरिका, लगायतका विषयमा सिकाईएको संस्थामा प्रतिनिधि प्रदिपकुमार भट्टले जानकारी दिए । तालिममा सहभागिहरुलाई नगरपालिकाका पशु तथा भेटेनरी शाखाका प्रमुख डा। सनम मर्हजन, प्राविधिक रामेश्वर प्याकुरेल, बिष्णुप्रसाद रिजालले प्रशिक्षण दिएका थि...
बत्ती जाने र भोल्टेज कम हुने समस्या किन ?

बत्ती जाने र भोल्टेज कम हुने समस्या किन ?

टिप्स, मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष १५ तपाईं बसेको ठाउँमा झ्याप्प बिजुली आउने–जाने भइरहेको छ ? कतै कम भोल्टेज भएर काम रोकिएको पनि होला । केही दिन यता काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा यसरी विद्युत् आपूर्तिमा समस्या देखिएको छ । चिसोका कारण बिजुलीको माग अधिक र ओभरलोडेड विद्युत् प्रसारण हुँदा पुराना उपकरणमा समस्या भएपछि विभिन्न स्थानहरूमा विद्युत् आपूर्तिमा समस्या आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । केही दिनयता काठमाडौँ उपत्यकासहित देशका केही भागमा बत्ती जाने मात्र नभई कतिपय स्थानमा भोल्टेज कम हुने समस्या पनि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले अत्यधिक माग भएर वितरण प्रणालीमा समस्या भएका कारण विद्युत् आपूर्तिमा समस्या आएको बताए ।...
चिसो बढे संगै एक हप्ताका लागि विद्यालय बन्द

चिसो बढे संगै एक हप्ताका लागि विद्यालय बन्द

जिवनसैली, टिप्स, मुख्य समाचार, मौसम, शिक्षा, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, पुष १५ बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो । जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो ।...
काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप : स्वयम्भू फोटोफिचर सहित (पुरा पढ्नुहोस्)

काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप : स्वयम्भू फोटोफिचर सहित (पुरा पढ्नुहोस्)

टिप्स, ब्यानर समाचार, ब्लोअप, शिक्षा, समाज
  लक्ष्मण श्रेष्ठ पौष ९,काठमाडौं । काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। यसलाई महाचैत्य पनि भनिन्छ । उपत्यकामा पानी भरिएको बेलामा यहाँ बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए ‘त्यसपछि बैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कि ‘मन्त्र गरी दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जसमा पञ्चरश्मि सहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ। स्वयम्भूको स्तूप काठमाडौँमा अवस्थित छ। संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ। काठमाडौँ उपत्यकाको स्थापना र नेपालको ईतिहासमा पनि यसको ठूलो भूमिका रहेको छ। भगवान मन्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गर्नु भएको उल्लेखित पुरानो ग्रन्थहरूमा पाईन्छ। नेवारीबाट स्येँको अर्थ स्वय...