Friday, May 3
Shadow

समाज

एक महिनामा ल्याण्डफिल्ड साइटको काम सक्न सहरी विकास मन्त्री श्रेष्ठको निर्देशन

एक महिनामा ल्याण्डफिल्ड साइटको काम सक्न सहरी विकास मन्त्री श्रेष्ठको निर्देशन

ब्यानर समाचार, मुख्य समाचार, समाचार, समाज
  काठमाण्डौँ, कार्तिक १५ सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिना भित्रमा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न मिल्ने गरी काम गर्न निर्देशन दिएका छन्। शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि शुक्रबार मन्त्री श्रेष्ठ बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका थिए। हाल फोहोर फालिंदै आएको सिसडोल ल्याण्डफिल साइटको निरीक्षण गरेपछि उनी बञ्चरे ल्याण्डफिल साइटको निरीक्षण गर्न गएका थिए। पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिंदै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर बिसर्जन गर्न मिल्ने गरी काम सक्न निर्देशन दिएका हुन्। लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहोर बिर्सजन गर्न मिल्नेगरी अन्तिम काम भइरहेको बताएका थिए। ‘तपाइँ...
योगदान रास्ट्रको लागि नुवाकोट जिल्ला समिति गठन

योगदान रास्ट्रको लागि नुवाकोट जिल्ला समिति गठन

समाचार, समाज
नुवाकोट,कार्तिक १४ स्वास्थ समबन्धी सचेतना को माध्यमबाट रास्ट्र,समाज लाई योगदान दिने उद्देश्यले देस ब्यापीरुपमा गठन भएको योगदान रास्ट्रको लागि फाउन्डेसन नुवाकोटमा जिल्ला समिति गठन भएको छ । नुवाकोट को १२ वटै स्थानी तहबाट युबा हरु को भेलाबाट गठित सो फाउन्डेसनको जिल्ला समितिको अध्यक्षमा रमेस भट्ट ,उपाध्यक्षमा रामेश्वर गजुरेल, सचिबमा सुसिला लामिछाने चयन भएका छ्न । तेसै गरि सहसचिवमा वंशिधर न्यौपाने चयन भएका छ्न र कोषाध्यक्षमा अनिला नगरकोटि समितिका सदस्यहरुमा श्रीकृष्ण कुमाल,हरि गजुरेल ,प्रमिला तामाङ ,सरिता श्रेष्ठ ,सरिता गजुरेल ,सन्तोष ढुंगेल ,मनोहर भट्टराई ,प्रसङ्ग तिमिल्सिना ,गोबिन्द प्रसाद रैला ,सरोज थापा ,प्रलाद भट्ट रहेका छ्न । सो समिती आबस्यकता अनुसार बिस्तार समेत हुने जनाइएको छ । विशेषत:स्वास्थ क्षत्रमा सामान्य ग्यानको अभाबमा अकालमा ज्यान गुमाउने नेपालिहरुको जीवन रक्षाका लागि सो ...
नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

जिवनसैली, ब्यानर समाचार, समाज
काठमाण्डौँ, कार्तिक ११ आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ । यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षमा जस्तौ छैन । नजिकको परिवारका सदस्यबीच टीकाटाला गरी यस वर्षको दशैँ मनाइँदैछ । कोरोनाकै कारण यस वर्ष दशैँ मनाउन राजधानी बाहिर जाने पनि कम नै देखिए । सडकमा विगत वर्षका जति स...
बेलकोटगढीका यी वडाहरुमा जारी भयो ७ दिनका लागि निषेधाज्ञा

बेलकोटगढीका यी वडाहरुमा जारी भयो ७ दिनका लागि निषेधाज्ञा

मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, कार्तिक ९ नुवाकोटको बेलकोटगढी नगरपाििलकाको ३, ७, ८, ९ र १० नं. वडाहरुमा ७ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । कार्तिक २ गते लिईएको स्वावमा ८ जनाको रिपोर्ट पोजेटिभ आए संगै नगर क्षेत्रमा संक्रमण दर बढ्न सक्ने भएकाले निषेधाज्ञा गरिएको नगरपालिकाले जनाएको छ । उक्त वडाहरुमा आज(कार्तिक ९ गते) बिहान १० बजे दखि ७ दिन सम्म लागु हुने गरी निषधाज्ञा जारी गरेको छ । ...
भौतिक दूूरी कायम गरी कुुमारीकाे दर्शन गर्न सकिने

भौतिक दूूरी कायम गरी कुुमारीकाे दर्शन गर्न सकिने

जिवनसैली, टिप्स, पत्रपत्रिका, ब्यानर समाचार 2, समाचार, समाज
बडादशैँका वेला राजधानीको वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । शनिबारदेखि कोजाग्रत पूर्णिमासम्म बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म भौतिक दूूरी कायम गरेर कुमारीको दर्शन गर्ने व्यवस्था गरिएको कुमारीघरका गौतमरत्न शाक्यले जानकारी दिएका छन् । पाटनकी गणकुमारी सार्वजनिक रूपमा प्रस्तुत हुनुहुने छैन । बडादशैँमा टाढैबाट एकान्तकुमारी, गणकुमारी र वसन्तपुरकी श्रीकुमारीको अवलोकन दर्शन भने हुनेछ ।...
आज दशैँको आठौँ दिन महाअष्टमी, शक्तिपीठ सर्वसाधारणका लागि नखुल्ने

आज दशैँको आठौँ दिन महाअष्टमी, शक्तिपीठ सर्वसाधारणका लागि नखुल्ने

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ८ आज बडादसैँको आठौँ दिन दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ। आजको दिन दसैँघर लगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा भए पनि यो वर्ष कोरोनाभाइरस संक्रमणको जोखिमका कारण घरैमा मनाइँदैछ। काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरमा बलि चढाउने र पूजा गर्नेहरूको बिहानदेखि घुइँचो हुन्थ्यो। राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतमा पनि भक्तजनको भीड लाग्थ्यो। महाष्टमीका दिन राति हनुमानढोकाको दशैंँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरा...
नुवाकोटका युवा व्यावसायि रिजालले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेर मनाए जन्म दिन

नुवाकोटका युवा व्यावसायि रिजालले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेर मनाए जन्म दिन

समाचार, समाज
नुवाकोट, कार्तिक ७ नुवाकोटका युवा व्यावसायि एबम समाजसेवि शुसिल रिजालले आफ्नो जन्मदिन जेष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेका छन । विदुर ४ बट्टारमा रहेको रिजाल सप्लायर्सका प्रोपाइटर समेत रहेका उनले देबिघाटमा रहेको देविघाट जेष्ठ नागरिक संरक्षण एवम् अध्ययन प्रतिष्ठानमा चामल, तरकारी,नुन तेल, जुस लगाएतका खाद्यान्न सहयोग गरेका हुन् । पछिल्लो समय युवा वर्गहरु आफ्नो जन्म दिनमा हुने अनावश्यक खर्च जोगाएर सामाजिक कार्यमा लाग्न समेत उत्प्रेरित भएका छन् । ...
नवरात्रको सातौंदिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

नवरात्रको सातौंदिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

ब्यानर समाचार, समाज
काठमाण्डौँ, कार्तिक ७ नवरात्रको सातौंदिन शुक्रबार दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौंकालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौंदिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दसैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन आइतबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन सोमबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो। चौथो दिन मङ्गलबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बुधबार स्कन्दमाताको पूजा ...
दशैँ कहाँ दशैँ जस्तो छ र ?

दशैँ कहाँ दशैँ जस्तो छ र ?

मनोरञ्जन, विचार, समाज, साहित्य/कला
भिमसेन खनाल(अनमोल) दसैं आउनु एक महिना अगाडि नै घर पोत्ने र लिप्नेकुरा चल्थो र पो दसैं दसैं जस्तो हुन्थो । महिनौ दिन अगाडि राती माटो लिन साथी भाइ जम्मा भएर ३र४ घन्टा हिडेर उकालो उरालो गर्दै बोरामा रातोमाटो बोकेर घरमा लेराईन्थो र पो दसैं दसै जस्तो हुन्थो । बिदेश गएका साईला काकाले ठूलो टिभी लेराएर गाउँ भरीका मान्छे राखेर टिभी खोल्थे र पो दसैं दसै जस्तो हुन्थो । रेडियोमा मुग्लान फिल्मको गीत दसैं आयो भन्ने बज्थो र पो दसैं आएको जस्तो हुन्थो । स्कुल जाने कपडा दसैंमा हालिन्थो र पो दसै आएको जस्तो हुन्थो । पिङ हाल्नको लागि सबै जना बाबियो काट्न बनपाखा धाउथेउ र पो दसैं आएको जस्तो हुन्थो । दसैंको लागि हाल्दिएको स्कुलको पाईन्टमा चिउरा हालेर पिङ खेल्न साथिभाईहरु गहिन्थो र पो दसै आएको जस्तो हुन्थो । आमा बा सग नाच्दै रमाउदै बाटोमा यो किन्दिनु त्यो किन्दिनु भन्दै आफन्त इष्टमित्रकोमा गहिन्थो र पो ...
नव नियुक्त शहरी बिकास मन्त्रि श्रेष्ठलाई अखिल नेपाल भिक्षु महासंघद्धारा स्वागत, बधाई तथा शुभाशिस

नव नियुक्त शहरी बिकास मन्त्रि श्रेष्ठलाई अखिल नेपाल भिक्षु महासंघद्धारा स्वागत, बधाई तथा शुभाशिस

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ६ अखिल नेपाल भिक्षु महासंघले लुम्बिनी प्रदेशका नव नियुक्त शहरी बिकास मन्त्रि कृष्ण गोपाल श्रेष्ठलाई आज स्थानीय आनन्दकुटी विहारमा स्वागत, बधाई तथा शुभासिस कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका संघनायक बोधिसेन महास्थविर, अखिल भिक्षु महासंघका उपाध्यक्ष धर्ममुर्ती महास्थविर तथा सदस्य भिक्षु तपस्सिधम्म महास्थविरले पुष्प गुच्छाले स्वागत गरेको थियो भने महासंघका महासचिब कौदन्य महास्थविर तथा सचिब राहुल महास्थविरले खादा ओढाउनु भएको थियो। मन्त्री श्रेष्ठले मुख्य विहार तथा सिमा गृहमा बुद्ध भगवान समक्ष दिप प्रज्वलन गर्नु भै पुष्प गुच्छा चढाउनु भएको थियो भने सिमा गृहमा अखिल नेपाल भिक्षु महासंघका सहभागी भिक्षुहरुले परित्रान पाठ गर्दै नव नियुक्त मन्त्रिलाई बधाई तथा शुभासिस दिनु भएको छ । आधिकारिक रुपमा संचालित उक्त कार्यक्रम अनुसार भिक्षु महास...