Monday, April 29
Shadow

समाज

कोरोना कहरमा तिहार, व्यापारीक क्षेत्रमा देखियो यस्तो रौनक (फोटो फिचर)

कोरोना कहरमा तिहार, व्यापारीक क्षेत्रमा देखियो यस्तो रौनक (फोटो फिचर)

जिवनसैली, ब्यानर समाचार, ब्लोअप, समाज
काठमाण्डौँ, कार्तिक् २९ दीपावली अर्थात तिहारको रौनक छाय संगै व्यापारीक चहलपहल पनि बढ्न थालेको छ । शुक्रवार काठमाण्डौँको व्यस्त व्यापारीक क्षेत्र असनमा तिहारको लागि आवश्यक पर्ने सामाग्री खरिदको लाई ग्राहकको बाक्लो उपस्थीति देख्न सकिन्छ । हेर्नुहोस् यो तस्वीरमा  : तस्वीर : किरण केसि ...
आशैआशमा बित्यो सिसडोलवासीको १६ वर्ष, गाउँमै उच्च शिक्षाको आश देखेका विद्यार्थीलाई फोहोरको र्दुगन्ध उपहार

आशैआशमा बित्यो सिसडोलवासीको १६ वर्ष, गाउँमै उच्च शिक्षाको आश देखेका विद्यार्थीलाई फोहोरको र्दुगन्ध उपहार

जिवनसैली, ब्यानर समाचार, राजनिती, समाज, स्थानिय तह, स्वास्थ्य
दिपेश न्यौपाने/काठमाण्डौँ, कार्तिक २८ नेपाल सरकारले २०६२ जेष्ठ २२ गतेका दिन देखि त्यहाँका जनतालाई विकास निमार्णको आशा देखाएर फोहोर विसर्जन गरिरहेको छ । काठमाडौं उपत्यकाबाट १५ किलोमिटर भित्र रहेको सिसडोल फोहोर व्यवस्थापन सँगै विकासको आशामा लड्डु सँग साटीएको थियोे । नेपाल सरकारले यसै मंसिर अन्तिमसम्म नयाँ साइड बन्चरे डाँडामा फोहोर विसर्जन गर्ने गरि तयारी गर्न आग्रह गरेको छ। विगत १६ बर्ष देखि ककनी गा पा वडा नं १,२ र ३ साथै धुनिबेसी नगरपालिका वडा नं २ र ३ मा पनि फोहोर प्रत्येक्ष असर परिरहेको त्यहाँका स्थानीयवासीले बताएका छन्। विकास बाट ओझेलमा परेको दक्षिणि ककनी गाउँपालिकामा फोहोर विसर्जन सगै विकासको गति लिने आशावादी बनेका जनता हाल सम्म पनि निराशाजनक अवस्थामा छन् । १६ बर्ष पहिले त्यहाँका बुद्धिजीवी, समाजसेवी, शिक्षक ,बिद्यार्थी लगायतको ताली सहितको उपस्थितिमा फोहोर विसर्जन गरिएको थियो ...
ककनीवासीको तुईयो फोहोरसंग साटिएको सपना

ककनीवासीको तुईयो फोहोरसंग साटिएको सपना

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २७ विगत १६ बर्षदेखि नुवाकोट ककनीको सिसडोलमा काठमाडौंको फोहोर व्यवस्थापन हुदैँ आएको छ । तर त्यहि फोहोर संग साटिएको स्थानियको सपना भने तुहिएको छ । सरकारले उक्त फोहोर नुवाकोट र धादिङको सिमाना बन्चेरे डाँडामा व्यवस्थापनको तयारी गरिरहेको छ । सरकारको उक्त निर्णय संगै सिसडोलवासिसंग भएका सम्झौँता कार्यान्वयन समेत गर्न सकेको छैन् । सोहि कारण स्थानिय युवाहरु सरकारले देखाएको आशवासन सहितको सम्झौँता कार्यान्वयन गर्नु पर्ने माग राखि रहेका छन् । नेपाल सरकारले ककनी वडा नं १,२,३ र धुनेबेसी नगरपालिका वडा नं २,३ मा स्वास्थ्य ,शिक्षा र यातायातको बिकासको आशा देखाएर सिसडोलमा फोहोर विसर्जन गरेको छ। तर त्यहाँका जनता भने विगत १५ बर्ष देखि जनतालाई देखाइएको सपना पूरा नभए सम्म नयाँ ल्याण्डफिड साइट बन्चरे डाडाँमा फोहोर विसर्जन गर्न नदिने भनिरहेका छन् ।...
श्वेता खड्काले गरिन अल्टिमोडलमा लगानी

श्वेता खड्काले गरिन अल्टिमोडलमा लगानी

आर्थिक, मनोरञ्जन, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २६ अभिनेत्री, सामाजिक कार्यकर्ता र उद्यमी श्वेता खड्काले अल्टिमोडलमा महत्वपूर्ण लगानी गरेका छन र बोर्डमा अध्यक्षको रूपमा प्रवेश गर्दछन्। अल्टिमोडलले यसको सञ्चालन 2017 देखि सुरू गरेको हो र नेपालमा एक विश्वस्त अनलाइन साइटहरूको रूपमा देखा पर्दैछ। श्वेता खड्काले बिभिन्न क्षेत्रहरूमा बिभिन्न व्यवसायहरू सञ्चालन गर्छिन् र केही बर्षदेखि भएको विकास देखी इकमर्स बजारमा रुचि राखे। उनले कम्पनीमा करिब 300% बृद्धि देखी र नेपालको खुद्रा उद्योगलाई डिजिटलकरण गर्ने लक्ष्य पूरा गर्न महत्वपूर्ण लगानी गरे। अल्टिमोडल युवा उद्यमीले कलेज पछि राम्रो ईकमर्स सेवा प्रदान गर्न र अवस्थित अनलाइन खुद्रा विक्रेताहरूले छोडेको अन्तर पूरा गर्न लक्ष्यको साथ शुरू गरेका थिए। उनीहरूले एउटा सानो कोठा, केही हजार रूपैयाँबाट सुरू गरे र आफैंले वेबसाइट सिर्जना गरे किनकि उनीहरू आफैं सफ्टवेयर डेभलपर थिए। Ethnic ...
धनगढीमा छोरी बचाउन आत्मरक्षा तालिम

धनगढीमा छोरी बचाउन आत्मरक्षा तालिम

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २५ छोरी–चेलीमाथि बलात्कार र हैरानीका घटनामा वृद्धि हुन थालेपछि धनगढीमा आत्मरक्षा तालिम दिन थालिएको छ । यसका लागि ‘प्रहार’ महिला विरुद्धको अभियान सुरु गरिएको छ । राष्ट्रिय गोजुरियो कराते–दो संघको प्राविधिक सहयोग तथा समन्वयमा ६ दिनदेखि ३० जना युवतीहरूलाई आत्मरक्षाका लागि प्रशिक्षक प्रशिक्षण तालिम दिन थालिएको छ । तालिम सात दिनसम्म चल्नेछ । तालिम पाएकाहरूलाई आत्मरक्षा तालिमको प्रशिक्षक बन्ने छन् । आत्मरक्षा तालिमको प्रशिक्षण राष्ट्रिय गोजुरियो कराँते संघ सुदूरपश्चिम अध्यक्ष प्रकाश चन्दले गरेका छन् । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले महिलामाथि हुने बलात्कार र जबरजस्तीका घटना न्यून गर्न तालिमको आवश्यकता भएको बताइन् । तालिमबाट सिकेका सीपलाई गुणात्मक रूपमा छोरीचेलीसम्म पुर्‍याउनु होला उप–प्रमुख भट्टले भनिन्, ‘यसको उद्देश्य भनेको आत्मरक्षाका लागि मात...
गणेशमानको जन्मजयन्तीमा बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्णपदक

गणेशमानको जन्मजयन्तीमा बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्णपदक

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २४ गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा सभामुख अग्नीप्रसाद सापकोटाले सिमाबिद बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट विभूषित गरेका छन् । कार्यक्रममा सामजिक दुरि कायम गर्दै पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरिएको थियो । गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ती प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा लौह पुरुष गणेशमान सिंहको योगदानको चर्चा गरिएको थियो ।  ...
आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय

आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २१ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ । आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यससम्बन्धी निर्णय गरेको हो । नयाँ समयसीमा अनुसार हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्नेछ । त्यसैगरी, पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीहरुले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले प्राधिक...
पत्रकार शिवाकोटीलाई जिपीके फाउन्डेसन अमेरिकाको सम्मान

पत्रकार शिवाकोटीलाई जिपीके फाउन्डेसन अमेरिकाको सम्मान

समाचार, समाज
काठमाण्डौँ, कार्तिक १९ नेपाल प्रेस युनियनका महासचिव तथा हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीलाई जिपीके फाउन्डेसन अमेरिकाले सम्मान गरेको छ । कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाएवापत फाउन्डेसनले शिवाकोटीसहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरुलाई सम्मान गरेको फाउन्डेसनका अमेरिकाका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए । सुशासनका क्षेत्रमा सक्रियतापूर्वक कलम चलाएवापत केहि महिना अगाडी शिवाकोटीलाई रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट पुरस्कृत गरेको थियो । सम्मानित हुनुहुने पत्रकार शिवाकोटी २०५४ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भई ईमेज टिभी, नेपाल वान टिभी, रेडियो नेपाललगायतका संचार माध्याममा रहेर काम गरिसकेका छन् ।...
त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक १९ त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन । त्रिविको रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए । यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । सोही परीक्षा केन्द्र...
बाँच्नुपर्छ कसैको साथमा सन्तान राखेर

बाँच्नुपर्छ कसैको साथमा सन्तान राखेर

जिवनसैली, समाज, साहित्य/कला
यी अधरमा बाध्यताको मुस्कान राखेर बाँच्नुपर्छ कसैको साथमा सन्तान राखेर ।। हिडेका छौं कर्मपथमा जीउ ज्यान नभनी छातीभरी चोटैचोटको ठूलो मैदान राखेर ।। खोइ कस्ले बुझ्छ पिडा स्वास्थ्यकर्मीको केही हुनेवाला छैन महोदय विधान राखेर ।। चाहिदैनन् तिम्रा आश्वासनका भकारीहरू हिडेकै छौं अप्ठ्यारोमा स्वाभिमान राखेर ।। सेवामा तत्पर छन् गल्ने छैनन् यी हातहरू अँध्यारो रातमापनि सुनौलो बिहान राखेर ।। के थाहा पजेरोमा गुड्नेहरुलाइ वास्तविकता हिडेका छौ सधैं दायाँ बायाँ जवान राखेर ।। अन्जु सापकोटा “अनु” बर्दिया...