Sunday, September 24
Shadow

बाँच्नुपर्छ कसैको साथमा सन्तान राखेर


  • -इ
  • इ+


यी अधरमा बाध्यताको मुस्कान राखेर
बाँच्नुपर्छ कसैको साथमा सन्तान राखेर ।।

हिडेका छौं कर्मपथमा जीउ ज्यान नभनी
छातीभरी चोटैचोटको ठूलो मैदान राखेर ।।

खोइ कस्ले बुझ्छ पिडा स्वास्थ्यकर्मीको
केही हुनेवाला छैन महोदय विधान राखेर ।।

चाहिदैनन् तिम्रा आश्वासनका भकारीहरू
हिडेकै छौं अप्ठ्यारोमा स्वाभिमान राखेर ।।

सेवामा तत्पर छन् गल्ने छैनन् यी हातहरू
अँध्यारो रातमापनि सुनौलो बिहान राखेर ।।

के थाहा पजेरोमा गुड्नेहरुलाइ वास्तविकता
हिडेका छौ सधैं दायाँ बायाँ जवान राखेर ।।

अन्जु सापकोटा “अनु” बर्दिया

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares