Friday, April 19
Shadow

ककनीवासीको तुईयो फोहोरसंग साटिएको सपना


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक २७
विगत १६ बर्षदेखि नुवाकोट ककनीको सिसडोलमा काठमाडौंको फोहोर व्यवस्थापन हुदैँ आएको छ । तर त्यहि फोहोर संग साटिएको स्थानियको सपना भने तुहिएको छ ।

सरकारले उक्त फोहोर नुवाकोट र धादिङको सिमाना बन्चेरे डाँडामा व्यवस्थापनको तयारी गरिरहेको छ । सरकारको उक्त निर्णय संगै सिसडोलवासिसंग भएका सम्झौँता कार्यान्वयन समेत गर्न सकेको छैन् । सोहि कारण स्थानिय युवाहरु सरकारले देखाएको आशवासन सहितको सम्झौँता कार्यान्वयन गर्नु पर्ने माग राखि रहेका छन् ।

नेपाल सरकारले ककनी वडा नं १,२,३ र धुनेबेसी नगरपालिका वडा नं २,३ मा स्वास्थ्य ,शिक्षा र यातायातको बिकासको आशा देखाएर सिसडोलमा फोहोर विसर्जन गरेको छ।

तर त्यहाँका जनता भने विगत १५ बर्ष देखि जनतालाई देखाइएको सपना पूरा नभए सम्म नयाँ ल्याण्डफिड साइट बन्चरे डाडाँमा फोहोर विसर्जन गर्न नदिने भनिरहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares