Saturday, April 20
Shadow

आशैआशमा बित्यो सिसडोलवासीको १६ वर्ष, गाउँमै उच्च शिक्षाको आश देखेका विद्यार्थीलाई फोहोरको र्दुगन्ध उपहार


  • -इ
  • इ+


दिपेश न्यौपाने/काठमाण्डौँ, कार्तिक २८
नेपाल सरकारले २०६२ जेष्ठ २२ गतेका दिन देखि त्यहाँका जनतालाई विकास निमार्णको आशा देखाएर फोहोर विसर्जन गरिरहेको छ । काठमाडौं उपत्यकाबाट १५ किलोमिटर भित्र रहेको सिसडोल फोहोर व्यवस्थापन सँगै विकासको आशामा लड्डु सँग साटीएको थियोे ।

नेपाल सरकारले यसै मंसिर अन्तिमसम्म नयाँ साइड बन्चरे डाँडामा फोहोर विसर्जन गर्ने गरि तयारी गर्न आग्रह गरेको छ।
विगत १६ बर्ष देखि ककनी गा पा वडा नं १,२ र ३ साथै धुनिबेसी नगरपालिका वडा नं २ र ३ मा पनि फोहोर प्रत्येक्ष असर परिरहेको त्यहाँका स्थानीयवासीले बताएका छन्। विकास बाट ओझेलमा परेको दक्षिणि ककनी गाउँपालिकामा फोहोर विसर्जन सगै विकासको गति लिने आशावादी बनेका जनता हाल सम्म पनि निराशाजनक अवस्थामा छन् ।

१६ बर्ष पहिले त्यहाँका बुद्धिजीवी, समाजसेवी, शिक्षक ,बिद्यार्थी लगायतको ताली सहितको उपस्थितिमा फोहोर विसर्जन गरिएको थियो । नेपाल सरकारले पनि फोहोरमैला प्रवाहित क्षेत्रमा स्वास्थ्य ,शिक्षा र यातायातमा पहुँच पुग्ने गरि विकास निर्माणमा जोड्ने प्रतिबद्धता जनाएको थियो । फोहोर कारण हाल स्थानीयवासी क्यान्सर लगाएत अन्य दीर्घ रोगबाट पिडित बनिरहेका छन् ।

स्थानीय सरकार आए पछि फोहोर समस्या अत्य हुने आशावादी बनेका स्थानिय भन्छन् स्थानीय सरकारले पनि फोहोर व्यवस्थापनका लागि केन्द्रीय सरकार सँग कुनै पहल नै गर्न सकेन । फोहोरमैला व्यवस्थापनका लागि विभिन्न सरोकार समिति निमार्ण भएता पनि सरोकार समिति पनि राजनीति परिवेशका भएकाले फोहोरको समस्या समाधान गर्न नसक्ने स्थानीय बताउछन् ।

स्थानीय युवाहरूले समाजमा हुने विभिन्न किसिम समस्या अन्त्य गर्दै समाज रूपान्तरण गर्ने उदेश्य सहित युवा क्लब खलेका छन्। हाल सरकारले सिसडोल बाट फोहोर नयाँ ल्याण्फिड साइड बन्चरे डाँडामा विसर्जन गर्ने काम अन्तिम चरणमा पुगेको छ।
तर प्रगतिशील युवा क्लब अध्यक्ष दिपेश ढुंङ्गाना भन्छन् , २ बर्षका लागि भन्दै सरकारले त्यहाँका जनतालाई १६ बर्ष घुमाएको हामीले बिर्सेका छैनौं । अब फोहोर बन्चरे डाँडामा पुग्दासाथ सरकारले त्यहाका जनतालाई सयौं बर्ष विकासका नाममा फेरी फोहोर विसर्जन गर्ने पक्का छ।

त्यहाँ बिद्यार्थीले गाउँमै उच्च शिक्षाको आशाले एक दिनको पढाइ नै छाडेर फोहोर नै पापा भए झै ताली बजाएका थिए । तर, एक दिनको लड्डु र तालीले बिद्यार्थीलाई १६ बर्ष सम्म फोहोर र्दुगन्ध उपहार भएको छ। फोहोरमैला व्यवस्थापनका लागि विभिन्न नामका सरोकार समिति खडा भएता पनि त्यहाँका जनताको हितमा हुने काम गर्न सकेका छैनन् ।

नेपाल सरकारले साविक ओखरपौवासंग गरेको सम्झौता पनि कहाँ छ अत्तोपत्तो छैन्। हाल नेपाल सरकारले विना सम्झौता फोहोर व्यवस्थापन गरे जस्तो देखिन्छ । रातोमाटेबाट सिडिनी पहिरे हुदै कुमरी जोड्ने सडक कालोपत्रे गर्ने आशा देखाएर फोहोर विसर्जन गरिएको स्थानीयको दाबी छ। सडक अबस्था हाल पनि नाजुक देखिन्छ ।

ककनी प्रगतिशील युवा क्लव, करुण युवा क्लव र रोयल युथ क्लबले विगतका सम्झौता कार्यन्यवन नभएसम्म नयाँ ल्याण्डफिल साइड बन्चरे डाडाँमा फोहोर व्यवस्थापन गर्न नदिने बताएका छन्। तीन युवा क्लब एक आपसमा सहभागी भइ मंसिर ४ गते फोहोरमैला प्रवाहित स्थानीयवासी भेला गराइ वृहत छलफल गर्ने बताए। ककनी प्रगतिशील युवा क्लबका अध्यक्ष ढुङ्गाना भन्छन् अब कुनै राजनीति पार्टीको कार्यकर्ता नभइ स्थानीयवासी बनेर एकजुट हुनु अति आवश्यक छ।

उता फोहोरमैला व्यवस्थापन सरोकार समितिका अध्यक्ष विश्वास डि सी भन्छन् : अब नयाँ साइडमा फोहोर व्यवस्थापन गर्दा कि प्रवाहित क्षेत्रका जनता रहदैनन् कि फोहोर रहदैन । सरकार यी यस्ता विषयमा सम्झौता गरे मात्र फोहोर विसर्जन गर्न दिने बताउँछन् ।

सरकारले जनतालाई देखाएको आश र गरेको सम्झौँता पुरा नगरी त्यहाँबाट हट्न खोज्नु आफैँमा सरकारको गैरजिम्मेवारीता हो । जनता संग जोडिएका समस्या समाधान तर्फ सरकारको ध्यान जानु आवश्यक छ । ताकि सोहि कारणले उक्त ठाउँमा अर्को र्दुघतना नघटोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares