Tuesday, June 30
Shadow

समाचार

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन बन्दसत्र सुरु

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन बन्दसत्र सुरु

मुख्य समाचार, राजनिती, समाचार
१२ पुष,काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा बन्दसत्र सुरु भएको हो। बन्दसत्र संचालनका लागि माओवादीले अध्यक्ष मण्डल गठन गरेको छ। अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पुर्णाकुमारी सुवेदी र रुपा श्रेष्ठ समावेश छन्। नारायणकाजी श्रेष्ठको प्रस्तावमा ७ जना सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको हो। बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। बन्द सत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ। यस्तै, विधानलगायतका अन्य प्रतिवेदन समेत बन्दसत्रमा पेश हुनेछ। विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन्।...
फोटोपत्रकार वन्त ‘संगै वाँचौला’ भन्दै नयाँ म्यूजिक भिडियो लिएर आए

फोटोपत्रकार वन्त ‘संगै वाँचौला’ भन्दै नयाँ म्यूजिक भिडियो लिएर आए

भिडियाे, मनोरञ्जन, समाचार
काठमाडौ । मेलिना राईको स्वरमा रहेको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सान्तोष जंग थापाको शब्द रचना र नविन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको छ । नेपालकै गाउघरको यर्थाथ परक कथामा आधारित भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय देख्न सकिन्छ । रेजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नविन वावु गुरुङकको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । सिजन इन्टरटेन्मेनटद्धारा निर्माण गरिएको भिडियोलाई सिजन टिभि युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियो लिङ्क : https://www.youtube.com/watch?v=lP37GcUTlr4...
ट्राफिक प्रहरीलाई खुसिको खबर फेरि पाउने भए तलबको ४० प्रतिशतसम्म भत्ता

ट्राफिक प्रहरीलाई खुसिको खबर फेरि पाउने भए तलबको ४० प्रतिशतसम्म भत्ता

आर्थिक, टिप्स, ब्यानर समाचार 2, समाचार
लक्ष्मण श्रेष्ठ/पौष ९,काठमाडौं  काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता पाउने भएका छन् । बिहानदेखि रातिसम्म खटिने ट्राफिक प्रहरीको कोरोना महामारीका कारण भत्ता काटिएको थियो । तर, पुनः भत्ता पाउने गरी प्रक्रिया अघि बढेको छ । अब ट्राफिक प्रहरीले तलबसँगै अतिरिक्त भत्ता पनि पाउनेछन् । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट अर्थ मन्त्रालयमा पुगेको प्रस्तावमा अर्थमन्त्रीले तोक लगाएको भन्ने जानकारी प्राप्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । अर्थबाट बजेट स्वीकृत भएपछि ट्राफिक प्रहरीका परिचरदेखि हवल्दारसम्मकाले तलबको ४० प्रतिशत, असई र सईले २० प्रतिशत, प्रहरी निरीक्षक र डीएसपीले १० प्रतिशत अतिरिक्त भत्ता पाउनेछन् ।  ...
माओवादी र मसाल (सम्पर्क केन्द्र)बीच एकता

माओवादी र मसाल (सम्पर्क केन्द्र)बीच एकता

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच एकता भएको छ । त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा एकता घोषणा गरिएको हो । कार्यक्रममा मसाल केन्द्रीय सम्पर्क समितिका लोकेन्द्र लम्सालले एकता आजको आवश्यकता भएको बताए । अब वैज्ञानिक समाजवाद कार्यनीतिक नाराको रुपमा अघि बढाउनुपर्ने उनले बताए । माओवादीको नेतृत्व र लाइनहरु ठिक छ भन्दै समाहित भएको उनले बताए । ...
यस्तो छ देउवा नेतृत्वको निर्वाचित काँग्रेस केन्द्रीय कार्यसमिति

यस्तो छ देउवा नेतृत्वको निर्वाचित काँग्रेस केन्द्रीय कार्यसमिति

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको छ । सभापतिमा पुन शेरबहादुर देउवा नै निर्वाचित भएका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले नेतृत्व गरेको केन्द्रीय कार्य समिति यस्तो रहेको छ । १४ औं महाधिवेशन बाट निर्वाचित नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको नामावली: पदाधिकारी (१३ जना) सभापति – शेरबहादुर देउवा उपसभापति – पूर्णबहादुर खड्का र धनराज गुरुङ महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्रा पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी । केन्द्रीय सदस्यहरू :- खुलातर्फ (३५ जना) – शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, ग...
अब क्याम्पसमा टिकटक बनाउन प्रतिबन्ध, बनाए कारबाही गरिने (सुचनासहित)

अब क्याम्पसमा टिकटक बनाउन प्रतिबन्ध, बनाए कारबाही गरिने (सुचनासहित)

शिक्षा, समाचार, समाज
खगेन्द्र अबस्थि/कैलाली कैलालीको एक क्याम्पसले परिसरभित्र भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ बनाउन रोक लगाएको छ । विद्यार्थीहरुले क्याम्पस हाताभित्र स्मार्ट मोबाइलको प्रयोग गरि लगातार टिकटक बनाइरहेको गुनासो आएपछि जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पस सुखडले यस्तो निर्णय गरेको हो ।
परिपुर्ण बहुउद्येश्यीय सहकारीको सुभारम्भ,प्रधान कार्यलय भक्तपुरको राधेराधेमा

परिपुर्ण बहुउद्येश्यीय सहकारीको सुभारम्भ,प्रधान कार्यलय भक्तपुरको राधेराधेमा

समाचार
काठमाडौँ म हैन हामि भनौ एक हैन सबै जुटौँ भन्ने नारासहीत परिपुर्ण बहुउद्येश्यीय सहकारी संस्थाको एक कार्यक्रमको विच सुभारम्भ भएको छ । समाजमा अनुत्पादक रुपले छरिएर रहेको स–सानो पुँजिलाई संकलन गरि उत्पादनशिल क्षेत्रमा लगाउने उद्येश्यका साथ उक्त सहकारिको सुरुवात भएको हो । संस्थामा आबद्ध सदस्यहरुसँग रहेको निष्क्रिय पुँजिलाइ स्वच्छ प्रतिस्पर्धाद्धारा उत्पादनमुलक क्षेत्रमा लगानि गरि सम्पुर्ण सदस्यहरुलाइ आत्मानिभर बनाउनको लागि यो सहकारिको स्थापना भएको हो । सहकारिको मर्म र भावलाइ आत्मासाथ गर्दै सहकारिको मुल्य मान्यता सिद्धान्त नितिनियम तथा परिधिभित्र रहि समाज र समुदायमा एक स्तरिय र प्राथमिक वित्तिय सहकारि संस्थाको रुपमा स्थापित गर्ने यस सहकारिको परिकल्पना रहेको छ । उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै प्रमूख अतिथिको रुपमा रहनुभएको भक्तपुर उद्योग वाण्ज्यि संघका अध्यक्ष शिव प्रसाद मानन्धरले आफ...
ओमिक्रोनविरुद्ध प्रभावकारिता देखाएको फाइजरको भनाई (पूरा पढ्नुहोस्)

ओमिक्रोनविरुद्ध प्रभावकारिता देखाएको फाइजरको भनाई (पूरा पढ्नुहोस्)

अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
  २१ मंसिर,काठमाडौं । अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले एउटा सानो अध्ययनपछि जनाएको छ। यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको थियो। कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्नसक्छ : कोरोनाभाइरसका नयाँ(नयाँ भेरिअन्टस् के खोप अझै प्रभावकारी छन् । विश्वभरका अध्ययनकर्ताहरूले ओमिक्रोनबारेका तथ्याङ्कलाई नजिकबाट नियालीरहेका छन्। ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरिअन्ट हो। फाइजरले बुधवार एउटा विज्ञप्ति सार्वजनिक गर्दै फाइजरका प्रमुख कार्यकारीले खोपको तेस्रो मात्राले ओमिक्रोनविरुद्ध सु...
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कान्छो केन्द्रिय सदस्यमा रानाको उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कान्छो केन्द्रिय सदस्यमा रानाको उम्मेदवारी

राजनिती, समाचार
मंसिर २३, काठमाडौं नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मनोज रानाले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।उनि संघीयता महाधिवेशन प्रतिनिधि तथा तार्केश्वर नगरपालिका वडा न. ४ को निवर्तमान इकाई सभापति समेत हुन। नयाँ पुस्तालाई नेपाली कांग्रेस प्रति जिम्मेवारी र आकर्षित गर्नका लागि सबै भन्दा कान्छो केन्द्रिय सदस्यको रुपमा उम्मेदवारी दिएको उनले बताएका छन्। पार्टीलाई उच्च स्थानमा पुर्याउनका लागि आवश्यक रहेको र सबल, सुदृढ र नविन कांग्रेस रुपान्तरणका मुल प्रवाहमा युवाको सहभागिताले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने उनले बताएका छ्न्। पूरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाको उचित समन्वय गर्ने प्रतिबद्धताका साथ आगामी निर्वाचनमा स्थानीय तह, प्रदेश र केन्द्रमा समेत प्रष्ट बहुमतको सरकारका लागि अहिले देखिनै सक्रिय हुन आवश्यक रहेको उनले बताएका छन् ।...
बेल्कोटगढी १० र १२ लाई जोड्ने बेल्कोट खोलामा २ करोड २७ लाख लागतमा पुल निर्माण हुने

बेल्कोटगढी १० र १२ लाई जोड्ने बेल्कोट खोलामा २ करोड २७ लाख लागतमा पुल निर्माण हुने

आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौं, मंसिर २१ दिपक न्यौपाने बेल्कोटगढी नगरपालिका १० र १२ लाई जोड्ने बेल्कोट खोलामा २ करोड २७ लाख लागतमा पुल निर्माण हुने भएको छ। बागमती प्रदेशका पूर्व भौतिक पुर्वाधार विकास मन्त्री केसव राज पाण्डे र नगरपालिकाका मेयर राजेन्द्र रमण खनालको सिफारिसमा पुल निर्माण हुने भएको हो। नगरपालिकाको कालिघुम्ति भृकुटी सडकखण्ड अन्तर्गत बेलकोट खोलामा पक्कि पुलको शिलान्यास कार्यक्रम मंसिर २० गते समापन भएको छ । कार्यक्रमा सम्बोधन गर्दै बेल्कोटगढीका प्रमुख राजेन्द्र रमन खनालले बेल्कोटगढीको बिकासमा प्रदेश सरकार र नगर सरकार अझै अग्रसर भएर लाग्ने जानकारी दिनुभयो । साथै बेल्कोटगढीका विभिन्न तहमा बिकासका कामहरू द्रुत गतिमा भइरहेको र नयाँ बिकास निर्माणका गतिविधिलाई पहल गर्ने बताउनुभयो ।  पूर्व मन्त्री पाण्डेले सम्बोधन गर्दै आगामी दिनमा थप पुर्बधारको काम गर्दै समृद्धि बेल्कोटगढी बनाउन पहल गर्ने बत...