Monday, October 26
Shadow

समाचार

फोहर वन क्षेत्रमा नफाल्न धरान उपमहानगरपालिकालाई पत्र

फोहर वन क्षेत्रमा नफाल्न धरान उपमहानगरपालिकालाई पत्र

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
धरान उपमहानगरपालिकाले कुहिने फोहर व्यवस्थापन गरे पनि नकुहिने फोहर व्यवस्थापन गर्न सकेको छैन् । उपमहानगरपालिकाले वर्षौँदेखि १५ नं वडाको बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुनेमा फोहर फाल्दै आएको छ । फोहर फालिएको स्थानमा जलाउने गर्नाले प्रदूषण समेत  बढेको छ । यस विषयमा आवाज उठेपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न उपमहानगरसँग अनुरोध गरेको थियो । उपमहानगरले कुनै सुनुवाइ नगरेको सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष कुमार भारतीले बताउनुभयो । समूहले जिल्ला डिभिजन वन कार्यालय सुनसरीलाई समेत जानकारी गराएको थियो । समूहले वनलाई जानकारी गराएपछि वन कार्यालयले चासो देखाएर उपमहानगर र सव डिभिजन कार्यालय पाँचकन्यालाई पत्र लेखेको छ ।...

भारतीय स्थल सेनाध्यक्ष पांडे भदौ १९ गते नेपाल भ्रमणमा

अन्तर्राष्ट्रिय, राजनिती, समाचार
भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे यहीँ भदौ १९ गते नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उहाँ भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लाग्नुभएको नेपाली सेनाले जनाएको छ । भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्म हुने पाँच दिवसीय भ्रमणका अवसरमा जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्नुहुने सैनिक जनसम्र्पक तथा सूचना निर्देशालयले जनाएको छ ।...

अवैध संरचना हटाउने अभियानमा थुप्रै नगरपालिका

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहले  पार्किङका लागि भनेर नक्सा पास गरेका तर अन्य प्रयोजनमा उपयोग भएका संरचना खाली गराउने अभियान थालेपछि त्यसको तरङ्ग देशका अन्य भागमा पनि फैलिएको छ। काठमाण्डू उपत्यकाभित्रकै ठीमी नगरपालिकाले मङ्गलवार गोरखापत्रमा सूचना प्रकाशित गर्दै मापदण्डविपरीत बनाइएका संरचना तथा बाटोमा बाधा पुग्नेगरी थुपारिएका निर्माण सामग्री तथा व्यापार व्यवसाय हटाउन ३५ दिने चेतावनी जारी गरेको छ। पोखरा महानगरपालिकाले सोमवार प्रकाशित एक सूचनामार्फत् पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गराएर पछि ती भूमिगत तल्ला अन्य प्रयोजनमा लगाएका संरचना खाली गराई पार्किङमै लगाउन ३५ दिने चेतावनी दिएको छ। धनगढी उपमहानगरपालिकाले चाहिँ भदौ ११ गते शुक्रवार नै सूचना जारी गरेको थियो। उसले खोलानाला अतिक्रमण गरी बनाइएका घर, टहरा, गोठजस्ता संरचना असोज १५ गतेसम्म हटाइसक्ने चेतावनी दिएको छ। जिल्ल...
राष्ट्रिय प्रसारण लाइनमा  २७ मेगावाट बिजुली थपियो

राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपियो

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।आयोजनाले २०७२ फागुनदेखि निर्माण थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । भारतको नाकाबन्दी, अघिल्लो बर्खामा पावरहाउसमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामग्रीमा पुगेको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख मुन्न शाक्यले बताउनुभयो । आयोजनामा गैरआवासीय नेपाली सङ्घको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । रु तीन अर्ब ८६ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढे पनि निर्माण सम्पन्न हुँदा करिब रु पाँच अर्बभन्दा ब...

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु

समाचार
पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो । सडक सञ्चालनमा आएसँगै पहिराका कारण रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।...
कञ्चनपुर डेङ्गुको उच्च जोखिममा, परीक्षण गर्न किट अभाव

कञ्चनपुर डेङ्गुको उच्च जोखिममा, परीक्षण गर्न किट अभाव

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौँ- कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा चारमा डेङ्गु देखिएको थियो । दोधारा–चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराका अनुसार भारतबाट आएका चार जनामा डेङ्गु देखिएको हो । “तीन पुरुष र एक महिलामा डेङ्गु देखिएको छ”, उहाँले भन्नुभयो, “पुरुष भारतबाट आएका हुन् भने डेङ्गु देखिएका महिलाको बुवा र दाजु पनि भारतबाटै आएका हुन् ।” दोधारा–चाँदनी भारतसँग सीमा जोडिएको ठाउँ हो । यहाँ आवतजावत बढी हुने भएकाले पनि डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ । जिल्ला स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने बताउनुभयो । “कञ्चनपुर र कैलाली डेङ्गुको ...

प्रदेशसभाको बैठक भदौ १७ गते

राजनिती, समाचार
प्रदेश नं १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ । गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक यही भदौ १७ गते दिउँसो १ बजे तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । लामो समयदेखि स्थगन भएपछि प्रदेशसभामा पेस हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ । बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ । ...

नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाडौँ- मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो । प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ ।...
फेरि डा. गोविन्द केसीको अनसन सुरु

फेरि डा. गोविन्द केसीको अनसन सुरु

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाडौं- चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले २० औ सत्याग्रह २ साता पछि सारेका छन्। सरकारी पक्षद्वारा आफ्ना माग पूरा गर्न केही समय मागेकाले सत्याग्रहको कार्यक्रम दुई साता सारेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। यसबीचमा माग पुरा नभए यही भाद्र २७ गतेदेखि सत्याग्रह सुरु गर्ने डा. केसीले बताए। यसअघि केसीले भदौ १२ देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए। केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनसार बढाउन माग गरेका छन्।त्यसैगरी जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्दै सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नुप...
कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ सम्मानित

कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ सम्मानित

समाचार
काठमाडौं- नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ सम्मानित भएका छन् । छायाँछबि क्रियसनले श्रेष्ठलाई नवौं छायाँछबि तीज म्युजिक अवार्डका अवसरमा ‘सामाजिक सेवा सम्मान’ अर्पण गरेको हो । देश, समाज र राष्ट्रका लागि उल्लेखनीय भूमिका खेल्नुका साथै कपडा तथा सिलाई व्यवसायका माध्यमबाट राज्यमा पुर्याएको योगदानको कदर गर्दै संस्थाले श्रेष्ठलाई सम्मान गरेको हो । कपडा तथा सिलाई व्यवसाय श्रेष्ठको पुर्खेउली व्यवसाय हो । इटहरि, नेपालगञ्जको कोहलपुर, काठमाडौंको न्युरोड र मैतीदेवीमा उनको व्यवसाय छ । सम्मानले सामाजिक क्षेत्रमा काम गर्न थप प्रेरणा मिलेको श्रेष्ठले बताए ।...