Wednesday, May 8
Shadow

फोहर वन क्षेत्रमा नफाल्न धरान उपमहानगरपालिकालाई पत्र


  • -इ
  • इ+

धरान उपमहानगरपालिकाले कुहिने फोहर व्यवस्थापन गरे पनि नकुहिने फोहर व्यवस्थापन गर्न सकेको छैन् । उपमहानगरपालिकाले वर्षौँदेखि १५ नं वडाको बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुनेमा फोहर फाल्दै आएको छ । फोहर फालिएको स्थानमा जलाउने गर्नाले प्रदूषण समेत  बढेको छ । यस विषयमा आवाज उठेपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न उपमहानगरसँग अनुरोध गरेको थियो ।

उपमहानगरले कुनै सुनुवाइ नगरेको सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष कुमार भारतीले बताउनुभयो । समूहले जिल्ला डिभिजन वन कार्यालय सुनसरीलाई समेत जानकारी गराएको थियो । समूहले वनलाई जानकारी गराएपछि वन कार्यालयले चासो देखाएर उपमहानगर र सव डिभिजन कार्यालय पाँचकन्यालाई पत्र लेखेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares