काठमाडौं- कैलालीको धनगढीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आइतबार मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलमुनि पौडी खेल्नेक्रममा डुबेर उनीहरूको मृत्यु भएको हो ।
धनगढी उपहानगरपालिका–३ का साढे नौ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
काठमाण्डौँ, वैशाख ३
आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा चन्द्रागिरि नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अजय श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । आज भएको पार्टी बैठकले उक्त निर्णय गरेको हो ।
निर्वाचन समय नजिकिए सगै पार्टीगत रुपमा आ आफ्नो उम्मेदवार घोषणा गर्ने थालेका छन् । वडा नं ९ का श्रेष्ठ हाल काठमाण्डौँ क्षेत्र नं १० को प्रदेश (ख) का अध्यक्ष हुन् । पार्टीको हरेक गतिविधिमा सक्रिय रहदै आएका छन् । पार्टीगत संगै सामाजिक र व्यवसायिक क्षेत्रमा पनि उनी सक्रिय रहदै आएका छन् ।
युवा जोस जागर र समुन्नत चन्द्रागिरिको योजना बोकेका श्रेष्ठ युवा माझ लोकप्रिय रहेका छन् । पार्टीमा निरन्तर सक्रिय रहदैँ सामाजिक गतिविधिहरुमा पनि उत्तिकै सक्रिय रहदै आएका छन् ।
...
काठमाडौं । आज देखि बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निर्माण कार्यमा सिसडोल बासिन्दाले अबरोध गरेका छन् । आम सिसडोल बासीको स्वास्थ्यलाई खेलवाड गर्दै सरकारी पक्षले गरेका प्रतिवद्धता कान्वायन नगरी बञ्चरेडाँडामा सिसडोलको जस्तै अवस्थामा नै विसर्जन गर्न खोजेको स्थानीय भनाइ छ। धुनेबेशी नगरपालिका वडा नं १,२,३ र ककनी गाउपालिका वडा नं १,२,३ का स्थानीयहरुले आजबाट ल्यण्डफिलसाइटको निर्माण कार्यमा अबरुद्ध गरेका हुन्।
स्थानीयहरुले आज बिहान ७ बजे देखी निर्माणकार्य रोकेका छन् । आक्रोशित स्थानीयहरुले यो पहिलो चरणको विरोध भएको र माग सम्बोधन नभए अर्को चरणको विरोधमा जान आफूहरु बाध्य हुने चेतावनी दिएका छन् ।
‘कि फोहोर रहित, कि मानव रहित बनाउँनुपर्ने र साथै स्थानियहरु को जीवन बीमा, शिक्षा स्वास्थ्य, पक्कि बाटो हुनु पर्ने’ संघर्ष समितिका अध्यक्ष सिराम ढुंगानाले बताए ।
सिसडोल जनता पनि छन् भने कुरा नदेखेको जस्तो...
काठमाण्डौँ, फागुन ५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा अब एक मात्र विकल्प राजालाई अभिभावक बनाएर देश चलाउने बताएका छन् । काठमाण्डौँ महानगरपालिका वडा नं १४ मा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
देशले दुई वटा राष्ट्रपति पाईसक्यो तर मुलुकको हितमा कुनै पनि काम नगरी आर्थिक भार बढाउने काम मात्र गरेको अध्यक्ष लिङ्देनले बताए । विदेशी संग धेरै झुके राष्ट्रपतिहरु तर राजा थिए भने त्यो अवस्था आउदैन थियो । त्यसैले देशको स्वाधिनताको रक्षाको लागि भए पनि अब राष्ट्रपतिको ठाउँमा राजालाई अभिभावकको भूमिकामा ल्याउने काम राप्रपाले गर्ने उनले बताए । पार्टी प्रवेश गरेकाहरुलाई धन्यवाद व्यक्त गर्दै उनले पार्टी प्रतिको उत्साह बढ्दै गएको र त्यसलाई आफूले कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । आयोजित कार्यक्रममा ४३ जनाले पार्टी प्रवेश ग...
काठमाडौं फागुन ४
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभाहालमा विद्यालय तथा घर परिवार भित्र बाल बालिकाहरूमा अनुसासन कायम गर्न सकारात्मक उपाय अवलंबन गर्ने सम्बंधि निर्देशिका तथा सामग्री निर्माण गर्न शिक्षक अभिभावक तथा जन प्रतिनिधिहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, अतिथिमा वडाध्यक्ष संजय कुमार गुप्ता, छेदी प्रसाद यादव, घनश्याम बनियां लगायत रहेका थिए ।
कार्यक्रममा युनिसेफ नेपालका प्रकाश कैनिले कार्यक्रमको उद्देश्य तथा बाल अधिकार लगायत विद्यालय तथा घर परिवार भित्र बाल बालिका हरूमा कसरी अनुसासन कायम गर्न सकिन्छ भन्ने कुराको जानकारी गराए ।
कार्यक्रममा प्रशिक्षकका रुपमा रहेका अधिवक्ता राजु कुमार श्रीवास्तवले बाल अधिकार, अनुसासन, हिंसाको परिचय, कानुनी ...
काठमाडौं । एमसीसीको विरोधमा वुधबार बिहान ११ बजेदेखि सुरु भएको प्रदर्शनका कारण तनावग्रस्त बनेको थियो । हाल नयाँबानेश्वर क्षेत्र सामान्य बनेको छ ।
साढे ४ घण्टापछि स्थिति सामान्य बनेको हो । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी भएपछि विप्लवसहितका ६ राजनीतिक दललगायतले विरोध प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै, १३७ जना प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा रहेका छन् ।
...
काठमाण्डौँ, माघ १८
नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङको लागि दोस्रो ब्राञ्च सुट्माला सूरु गरेको छ । यहि माघ १७ गते बाट सुट्मालाको शुभारम्भ भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई सुट्मालाका सञ्चालक राज कार्कीले पुष्पगुच्छा प्रदान गरेर, खुसी साँटासाँट् गर्दै कार्यक्रम शुभारम्भ गरिएको थियो । सञ्चालक कार्कीका अनुसार माघ महिनाभरी सुट् सिलाउनेलाई २५ प्रतिशत छुट् दिईने छ ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य मिलन नेपाली, बाग्मति प्रदेश सदस्य महेश कायस्थ, बिनोद छिनाल, काठमाडौँ जिल्ला संघका अध्यक्ष चन्द्र रणपहेली, सचिव सागर कार्की, कोषाध्यक्ष लालु बैजु, सह सचिव बासुदेब पौडेल, सदस्य मृदुला शर्मा, बिनु मित्राकोटी, दीपक परियारको उपस्थिीति रहेको थियो । यस्तै कलाकार सुरज चापागाँई ‘बान्द्रे’, सुबोध गौतम ‘एक्दुमे’,...
काठमाण्डौँ, माघ १६
सुट पनि पाइने, खुशी पनि मिल्ने भन्ने मुल नाराका साथ नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङका लागि अर्को ब्राञ्च खोल्दै छ । यसै माघ १७ बाट सुट्माला नामक नयाँ ब्राञ्च सूरु हुaन लागेको सञ्चालक राज कार्कीले बताएका छन् । सुट्माला बागबजारको केएमसी कलेज अगाडी रहेको छ ।
बागबजार सुट् हबका लागि परिचित स्थान हो । युवाहरुको आवश्यकतालाई मध्येनजर गर्दै बिभिन्न डिजाइनका आधुनिक सुट्सँग सम्बन्धित सबै सुविधाहरु उपलब्ध गराउने सञ्चालक कार्कीले बताएका छन् । यस ब्राञ्चमार्फत नेपाली उत्पादनहरुलाई पनि विशेष प्राथमिकता दिईने उनले बताए ।
नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङका लागि अर्को ब्राञ्च खोल्दै छ । यसै माघ १७ बाट सुट्माला नामक नयाँ ब्राञ्च सूरु हुन लागेको सञ्चालक राज कार्कीले बताएका छन् । सुट्मााला बागबजारको केएमसी कलेज अगाडी रहेको छ ।
बागबजार सुट् ह...
कृष्णनगर, कपिलवस्तु माघ १४
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजमा सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने आधारभूत डलकुसन बुनाई सिप विकास तालिम कृष्णनगर नगरपालिकाको आयोजनामा सम्पन्न भएको छ ।
उक्त समापन कार्यक्रम वडा अध्यक्ष राम मिलन चौधरीको अध्यक्षता अतिथिमा विवेक पौडेल, चतुर्भुज कहार, विकास थारु रहनुभयो । सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने आधारभूत डलकुसन बुनाई सिप विकास तालिमले स्वरोजगार बन्न महत्वपूर्ण भूमिका खेलने वक्ता हरूको भनाई थियो ।
१७ जना सहभागी रहेको उक्त तालिममा लक्ष्मी देवी कुवर प्रशिक्षकको भूमिका निर्वाह गर्नुभयो । कार्यक्रममा व्यवस्थापनको भूमिका उद्यम विकास सहजकर्ता चेतना बुढाथोकीको रहेको थियो । कार्यक्रम संचालन...
काठमाण्डौँ, माघ १४
पछिल्लो २४ घण्टामा नेपपालमा ५ हजार बढी कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४ सय ३२ जना संक्रमित निको भएका छन्।
हाल देशभर ८९ हजार ९ सय ४१ सक्रिय संक्रमित रहेका छन्। शुक्रबार देशभर ६ हजार ८२७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ। शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ। यस्तै एकै दिन १० जनाको मृत्यु भएको छ। नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।...