Wednesday, May 8
Shadow

भारतीय स्थल सेनाध्यक्ष पांडे भदौ १९ गते नेपाल भ्रमणमा


  • -इ
  • इ+
भारतीय स्थल सेनाध्यक्ष पांडे भदौ १९ गते नेपाल भ्रमणमा

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे यहीँ भदौ १९ गते नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उहाँ भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लाग्नुभएको नेपाली सेनाले जनाएको छ । भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्म हुने पाँच दिवसीय भ्रमणका अवसरमा जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्नुहुने सैनिक जनसम्र्पक तथा सूचना निर्देशालयले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares