Wednesday, May 8
Shadow

अवैध संरचना हटाउने अभियानमा थुप्रै नगरपालिका


  • -इ
  • इ+

काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहले  पार्किङका लागि भनेर नक्सा पास गरेका तर अन्य प्रयोजनमा उपयोग भएका संरचना खाली गराउने अभियान थालेपछि त्यसको तरङ्ग देशका अन्य भागमा पनि फैलिएको छ।

काठमाण्डू उपत्यकाभित्रकै ठीमी नगरपालिकाले मङ्गलवार गोरखापत्रमा सूचना प्रकाशित गर्दै मापदण्डविपरीत बनाइएका संरचना तथा बाटोमा बाधा पुग्नेगरी थुपारिएका निर्माण सामग्री तथा व्यापार व्यवसाय हटाउन ३५ दिने चेतावनी जारी गरेको छ।

पोखरा महानगरपालिकाले सोमवार प्रकाशित एक सूचनामार्फत् पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गराएर पछि ती भूमिगत तल्ला अन्य प्रयोजनमा लगाएका संरचना खाली गराई पार्किङमै लगाउन ३५ दिने चेतावनी दिएको छ।

धनगढी उपमहानगरपालिकाले चाहिँ भदौ ११ गते शुक्रवार नै सूचना जारी गरेको थियो। उसले खोलानाला अतिक्रमण गरी बनाइएका घर, टहरा, गोठजस्ता संरचना असोज १५ गतेसम्म हटाइसक्ने चेतावनी दिएको छ।

जिल्लाको पश्चिमी भेगको सबैभन्दा ठूलो बजार हो मेलम्ची । मेलम्ची घुम्न दैनिक सयौँ पर्यटक पनि आउने गरेका छन् । पर्यटकलाई आकर्षित बनाउन र सफा, सुन्दर अनि सुरक्षित बजार निमार्णका लागि मेलम्ची नगरपालिकाले यस्ता संरचना हटाउन आग्रह गरिएको नगर प्रमुख तामाङले बताउनुभयो ।

पश्चिमकै बाँके जिल्लाको कोहलपुर नगरपालिकामा गत साता त्यहाँका मेयरले अवैध संरचना भत्काउन डोजर लिएरै पुगेका विवरण आएका थिए।त्यहाँ उनले कतिपयको प्रतिरोध पनि बेहोरे। अधिकांश मेयरहरू आफूहरूले बालेन शाहको नक्कल गरेको नभई आफ्नै आवश्यकता र समयसीमामा निहित रहेर कर्तव्य निर्वाह गरिरहेको बताएका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares