कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल
काठमाडौं । आज १८ असार सोमवार, ०३ जुलाई २०२३ । असार शुक्ल पूर्णिमा पञ्चाङ्ग:ब्रह्म विष्टि/ भद्रा मूल , गुरु पुर्णिमा व्रत/व्यास जयन्तीरपूर्णिमा व्रत
आज सूर्योदय बिहान ५:१२ मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०९ मिनेटमा हुनेछ ।
यस्तो छ आजको तपाईको राशिफल –
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । सरकारी निकायको भय पनि रहनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : आज नयाँ ...









