महेन्द्र अधिकारी काठमाडौं,१८ असार । गायिका प्रतिमा अर्याल र गायक बद्री प्रसाद सिटौलाको सुमधुर स्वरमा “रानी फूल” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बद्री लोक माला युट्युब च्यानलमार्फत् उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
गीतको लय र शब्द गायक सिटौलाको हो भने सुफिक्स मदनले संगीत संयोजन गरेका छन् । सार्वजनिक भएको गीतको रेकर्ड आर बि जी रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई गोबिन्द सोनीले मिक्सिङ्ग गरेका हुन् ।
उमेश कर्कीको निर्देशन रहेको “रानी फूल” म्यूजिक भिडियोमा निरुता खनाल,आर एन बिरहि,सपना अधिकारी,सुस्मिता के सि र सुनिता पराजुली लगायत अन्यको अभिनय देख्न सकीन्छ । मरुभुमी नारायणको छायांकन रहेको म्यूजिक भिडियोलाई रोशन धितालले सम्पादन गरेका हो भने म्यूजिक भिडियोको पोष्ट प्रोडक्सन आर.बि इन्टरटेनमेन्टमा गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला: