काठमाडौं, १८ असार । गायक तथा अभिनेता आमेश भण्डारीले आफू गायिका समीक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । आमेश अष्ट्रेलियाबाट फर्किए लगत्तै शनिबार एपिवान टेलिभिजनको कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा पुगेका थिए । आमेश केही दिन अगाडि मात्र अष्ट्रेलिया भ्रमणबाट घर फर्किएका हुन् । त्यहि क्रममा कार्यक्रमका सञ्जालका प्रकाश सुवेदीले आमेशलाई ‘समीक्षाको परिवार तपाईँको परिवारमा केटा माग्न आउनुभयो भने के भन्नुहुन्छ रु’ आमेशले जवाफ दिएका छन् ‘हुन्छ भन्छु । मेरो उमेर पनि भयो ।’ उनले समीक्षा आफूलाई ‘स्ट्रोङ’ लाग्ने गरेको बताए । समीक्षाको लाइफमा जो व्यक्ति आएपनि त्यो व्यक्ति लक्की हुने भण्डारीले बताएका छन् ।
‘उहाँ धेरै राम्रो मान्छे हो, मेरो जीवनमा आउनुभयो भने म भाग्यमानी ठान्थेँ होला’ उनले भनेका छन् । अहिले आफू नेपालमा रहँदा पनि समिक्षासँग भेट भैरहेको उनले सुनाए । आमेशलाई समिक्षासँग तपाईको साच्चै प्रेम सम्बन्ध छ त रु भनेर सोधिएको प्रश्नमा आमेशले अहिले प्रेम सम्बन्ध नभएको बताएका छन् ।
आमेशलाई समिक्षको लागि के भन्ननुहुन्छ भनेर कार्यक्रमका सञ्जालका सुवेदीले भन्दा आमेशले ‘तिमी रोएको पल तिमीलाई हँसाउन नसकुला तर तिमीसँगै म रोइिदनसक्छु’ बोलको गीत गाएका छन् ।