चितवन । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा राति पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो ।
पहिरोमा परी एउटा ट्रक पल्टिएको छ भने पहिरो हटाउन सुरु गरिएको छ । पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो भने ट्रकका चालक सामान्य घाइते भएका उनको मुग्लिनमा उपचार भईरहेको र अहिले सडक दुईतर्फी नै ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।
पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक हजारौँ भन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।