Saturday, June 27
Shadow

समाचार

लागु औषध तथा अबैध औषधि सहित अलग अलग ठांउ बाट दुई जना पक्राउ

लागु औषध तथा अबैध औषधि सहित अलग अलग ठांउ बाट दुई जना पक्राउ

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, पुस १५ लागु औषध ब्राउन सुगर जस्तो देखिने १ (एक) ग्राम ५० (पचास) मिलिग्राम खैरो धुलो पदार्थ सहित १ (एक) जना पुरुष व्यक्ति पक्राउ परेका छन्। साथै अवैध रुपमा भारतबाट नेपाल भित्राउन लागेको मुल्य रु. ७,०७,२३२।– बराबरको औषधी सहित एक जना पक्राउ परेकाछन्। पुस १२ गते बेलुका ६ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०३ लक्ष्मीनगर स्थितमा पैदल हिड्दै गरेको जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०३ झण्डेनगर बस्ने बर्ष २० का आशिफ शाहलाई रोकी प्रहरीले चेक जाँच गर्दा निजले लगाएको कालो रङको ज्याकेटको दाँया तर्फको बाहिरी साईड गोजीमा कालो प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा १ (एक) ग्राम ५० (पचास) मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी रितपुर्वक पक्राउ गरी लागु औषध ब्राउन स...
जनता प्रगतिशील पार्टीले  वार्ता र सम्वादलाई तिब्र पार्दै

जनता प्रगतिशील पार्टीले  वार्ता र सम्वादलाई तिब्र पार्दै

ब्यानर समाचार 2, समाचार
काठमांडु, पुष १४ तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरुबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले जनमत पार्टी लगायत अन्य पार्टी संग  वार्ता र सम्वादलाई तीव्र पारेको छ । सोही क्रममा आइतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग सम्वाद गरेको हो । संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेण्डासहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग गहन छलफल भएको जप्रपाका नेता एवं पूर्वमन्त्री मिश्रले जानकारी दिएका छन् । जनता प्रगतिशील पार्टीको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक रहेको उनले बताए । उनका अनुसार जसपा नेपाल पनि मधेशी दलहरुबीच सहकार्यका लागि तयार रहेको छ । जसपा नेपालसँगको वार्ता सकारात्मक रहेको बताउँदै नेत...
इलाका प्रहरी कार्यालय गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न

इलाका प्रहरी कार्यालय गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, पुस १३ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको राम लौटन द्रोपदी माध्यमिक विद्यालयमा आज इलाका प्रहरी कार्यालय गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दको अध्यक्षता विशिष्ट अतिथिमा विजयनगर गाउँपालिका प्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष दिनेश कुमार चौधरी तथा वडा नं ५ का वडाध्यक्ष अनवार अहमद, नेपाली कांग्रेस विजयनगर कमिटी अध्यक्ष मो. रफिक रहेका थिए। कार्यक्रममा उपस्थित माझ जानकारी गराउदै प्रहरी निरिक्षक चन्दले आर्थिक बर्ष २०८१/८२ मा २३ वटा मुद्दा दर्ता भएको ९ मुद्दा किनारा लागि सकेको १४ वटा अझै फैसला हुन बाकी रहेको, ९० वटा ठाडो निवेदन परेको जस्मा  ७५ वटा किनारा लागि सकेको तथा १५ वटा अझै बाकी रहेको, ३० जना फरार प्रतिवादी सम्बंधित निकायमा आवश्यक कार्यवाहीका लागि पठाईएको २० जनाको अझै...
व्यापार र व्यापारिका लागि म रातदिन खट्छु : रितेश शर्मा

व्यापार र व्यापारिका लागि म रातदिन खट्छु : रितेश शर्मा

ब्यानर समाचार 2, समाचार
कृष्णनगर , पुस १२ । कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको चुनावी सरगमी बढ्दै गएको छ। यही पुष १९ गते शुक्रवार हुने चुनावमा उम्मेदवारहरू व्यपारी, उद्योगी, लगायत माझ आ-आफ्नो प्रचार प्रसार गर्न व्यस्त रहेका छन्। पहिलाे पटक उद्योग वाणिज्य संघकाे निर्वाचनमा आफ्नाे भाग्य र व्यापारीहरुकाे विश्वास जित्न अध्यक्ष पदका उम्मेदवार रितेश शर्मा आज मुख्य बजारका व्यापारीसंग भेटघाट शुरु गरेका छन । उम्मेदवार शर्माले व्यापार र व्यापारीहरुकाे हितमा आफु रातदिन खटिने प्रतिवद्धतासहित भाेट माग्दै हिडेका छन । कृष्णनगर बजार , गाेलघर लगायत पसलहरुमा गएर आफ्नो चुनावी एजेंडा सहित एक पटकका लागि अवसर दिन सबैसंग आग्रह गरेका छन । उम्मेदवार शर्माले आफूलाई चुनावमा विजयी गराउन सबै व्यापारी ,व्यवसायी र उद्योगी वर्गलाई अनुरोध गर्दै आफू सधैं व्यापारीक हितमा आफ्नाे पहुँच सामर्थ्यले सदैव खडा रहने बताए। आफू चुनाव...
बज्राचार्य कार्यकालका सफल कोषाध्यक्ष जसले पुर्याए २० लाख पत्रकार कल्याणकारी कोष

बज्राचार्य कार्यकालका सफल कोषाध्यक्ष जसले पुर्याए २० लाख पत्रकार कल्याणकारी कोष

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, पुष १० नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा अन्र्तरगतको पत्रकार कल्याणकारी कोषमा २० लाख रकम पुर्‍याएर नयाँ समितिलाई हस्तान्तरण गरिएको छ । पत्रकार महासंघ कपिलवस्तु शाखामा एक५ कार्यक्रमका विच सो रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण गर्दै शाखा का नि वर्तमान समिति र कोषाध्यक्ष मोहन बेल्वासेको सुशासनका लागि परदर्शी अभियानले सो रकम बचत गर्न सफल भएको शाखा अध्यक्ष किरणमान बज्राचार्यले बताए । पद हस्तान्तरण कार्यक्रममा नयाँ समितिलाई स्वागत गर्दै उपाध्यक्ष हरि अधिकारीले महासंघमा विभेदपुर्ण शुद्धिकरण रहेसम्म पत्रकार महासंघको विवाद अन्त्य नहुने बताए । पदभार ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष डिलाराम भुषालले शुद्धिकरणमा भएका गल्ती कमजोरी आगामी दिनमा सच्याएर जाने बताए । निर्वाचन समितिका संयोजक सरोज खनाल, लुम्बिनी प्रदेश सदस्य सरिता थारु, लुम्बिनी प्रदेशका नि वर्तमान अध्यक...
”जनयुद्ध” शब्दमाथिकाे प्रतिबन्ध लोकतन्त्रको हत्या र जनताको अधिकारको अपमान हो: मशहूद खां

”जनयुद्ध” शब्दमाथिकाे प्रतिबन्ध लोकतन्त्रको हत्या र जनताको अधिकारको अपमान हो: मशहूद खां

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, कपिलवस्तु, मंसिर ९ माओवादी केन्द्रको महिला विंगको कृष्णनगरमा पहिलो सम्मेलन, क्रान्तिकारी सन्देशको घोषणा गरेको छ। कृष्णनगरमा माओवादी केन्द्र पार्टीको महिला संगठन, अखिल नेपाल महिला संघ क्रान्तिकारी समितिको पहिलो सम्मेलन आयोजना गरिएको थियो, जसमा सयौँ महिलाहरूले भाग लिएका थिए। कार्यक्रमको अध्यक्षता माओवादी केन्द्र पार्टीको केन्द्रीय सदस्य शान्ति देवी हरिजननले गर्नुभएकाे थियाे भने विशिष्ट अतिथिहरूमा माओवादी केन्द्र  जिल्ला अध्यक्ष विष्णु बेलबासे, लुम्बिनी प्रदेश सदस्य मौलाना मशूद खाँ नेपाली, राजेन्द्र आचार्य र जावेद आलम खाँ समावेश हुनुहुन्थ्याे । कार्यक्रमको संचालन गणेश प्रसाद बन्जाडेले गर्नु भएकाे थियाे । यस सम्मेलनमा शबनम खातुनको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको थियो। उल्लेखनीय कुरा के हो भने शबनम खातुन कृष्णनगर नगरपालिका की पहिलो उप-मयरको पदमा रहि काम गरिसक्नु भएकाे...
ककनी गाउँपालिकाले उद्योग व्यवसाय दर्ता, नवीकरण र खारेजीका लागि घुम्ती सेवा शिविर सञ्चालन गर्दै

ककनी गाउँपालिकाले उद्योग व्यवसाय दर्ता, नवीकरण र खारेजीका लागि घुम्ती सेवा शिविर सञ्चालन गर्दै

ब्यानर समाचार 2, समाचार
नुवाकोट । ककनी गाउँपालिकाले गाउँपालिकाबासीलाई सहजता प्रदान गर्न स्थानीय स्तरमै घुम्ती सेवा शिविर सञ्चालन गर्न लागेको छ । ककनी गाउँपालिकाका वडाहरुमा सञ्चालन गर्न लागिएको उक्त घुम्ती सेवा शिविरमा सेवाग्राहीलाई नयाँ उद्योग दर्ता, नवीकरण र खारेजी सेवा प्रदान गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले जानकारी दिए । ककनी गाउँ कार्यपालिकाको मंसिर २८ गते बसेको बैठकले गाउँपालिकाका ८ वटै वडाहरुमा घुम्ती सेवा शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । साथै, गाउँपालिकाले पुस ११ गते देखि उद्योग भएकै स्थानमा गएर उद्योग, व्यवसाय फर्म दर्ता, नवीकरण र खारेजी लगायतका काम समेत गर्न लागेको छ । स्थानीय तह भित्र सञ्चालनमा रहेका उद्योग ब्यबसाय दर्ता गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन,२०७४ ले दिएको छ। सोही अनुसार स्थानीयबासीको सहजताका लागि सम्बन्धित स्थानमै पुगेर सेवा प्रदान गर्न ला...
सहकार्य गर्न यादवको संयोजकत्वमा मिश्र तथा हुसेन सम्मिलित वार्ता टोली गठन

सहकार्य गर्न यादवको संयोजकत्वमा मिश्र तथा हुसेन सम्मिलित वार्ता टोली गठन

ब्यानर समाचार 2, समाचार
  काठमाडौं, मंसिर ८ जनता प्रगतिशील पार्टी नेपालले आज एक प्रेस विज्ञप्ति निकालि अन्य पार्टी संग सहकार्य गर्न डा. शिवजी यादव को संयोजकत्वमा ईश्वर दयाल मिश्र तथा मोहम्द साबिर हुसेन सम्मिलित वार्ता टोली गठन गरेको छ। प्रेस विज्ञप्तिमा भनिएको छ। देशको वर्तमान परिस्थिति जटिलतातर्फ उन्मुख छ। बिग्रिदो अर्थतंत्र झन गिर्दो अवस्थामा छ र यो गति निरन्तर ह्रासोन्मुख छ। ग्रामीण जनजीवन अक्रान्त छ। जनतामा रहेको आशाबाद खस्किदो अवस्थामा छ। नैराश्यता बढ्दो छ। वस्तुतः यस अवस्थामा चिन्तित हुने राजनीतिक दलहरूबिच सहकार्यको आवश्यकता रहेकाले जनता प्रगतिशील पार्टी नेपालको ठहर छ। तसर्थ जनता समाजवादी पार्टीका घटकहरू, लोकतांत्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रीय उन्मुक्ति पार्टी लगायतका दललाई सहकार्य गर्न अनुरोध गरिएको छ। जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठी हस्ताक्ष...
तीन दिवसीय योग सिविर र ट्रेकसुट वितरण कार्यक्रम कृष्णनगरमा सम्पन्न

तीन दिवसीय योग सिविर र ट्रेकसुट वितरण कार्यक्रम कृष्णनगरमा सम्पन्न

ब्यानर समाचार 2, समाचार
  कृष्णनगर, पुस ५ कृष्णनगर नगरपालिका वडा नं २ को सहयोग तथा नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरको आयोजनामा उद्योग वाणिज्य संघ कृष्णनगरको सभाहलमा तीन दिवसीय योग सिविर तथा सहभागी लाई ट्रेकसुट वितरण कार्यक्रम आज सम्पन्न भएको छ।   वार्ड नं २ को वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा, अतिथिमा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्री, पूर्व शिक्षक चन्द्रभान पाण्डेय लगायतको आतिथ्यमा कार्यक्रम समापन गरिएको छ। जन प्रतिनिधि, नागरिक अभियंता,तथा समाज सेवी बुद्धिजीवी र शिक्षक लगायतको उपस्थितिमा योगाभ्यास क्रियाकलाप सहित मनोरोग नियंत्रणका लगी जीवन शैली प्ररिवर्तन लगायतका प्रशिक्षण कपिलवस्तु आयुर्वेदका डा. आशिष चौधरीले दिए। बरिष्ठ कबीराज हरीलाल उपाध्याय नागरिक आरोग्य सेवा केंद्रका कबीराज डा....
तीन महिनामा विद्युत प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख

तीन महिनामा विद्युत प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको खर्च भएको छ । सो अवधिमा प्राधिकरणले ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको सञ्चालन सम्भार खर्च गरेको छ । यस्तै, विभिन्न वितरण केन्द्रको विद्युत् बिक्री रकम २८ अर्ब ९५ करोड आठ लाख ९८ हजार रहेकोमा २६ अर्ब ७७ करोड ६६ लाख ५७ हजार रुपैयाँ रहेको छ । प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट ८७ करोड ५२ लाख र अन्य निजी उत्पादक कम्पनीबाट तीन अर्ब २२ करोड ९५ लाख गरी जम्मा चार अर्ब १० करोड ४७ लाख युनिट खरिद गरेको छ । त्यसका लागि २१ अर्ब नौ करोड १७ लाख रुपैयाँ बराबरको भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी ...