प्याब्सन कपिलवस्तुका नयाँ पदाधिकारी हरूको शपथग्रहण सम्पन्न
कपिलवस्तु ,माघ ७
नीजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन, नेपाल (प्याब्सन) कपिलवस्तुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ ।
आज जिल्लाकाे ताैलिहवामा प्याब्सन कपिलवस्तुका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गाेपनियताकाे शपथ लिएका हुन ।
प्याब्सन कपिलवस्तुकाे १२ औं साधारणसभा तथा जिल्ला अधिवेशनमा नयाँ जिल्ला कार्यसमितिका लागि सहमति प्रयास विफल भएपछि निर्वाचनमा जांदा मुख्य दुई प्रतिस्पर्धी भएका थिए । साे अन्तर्गत भएको निर्वाचनमा धिरेन्द्र विक्रम सिंह ४५ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित हुनुभएको थियाे भने उहाँका प्रतिस्पर्धी बासुदेव घिमिरेले ३२ मत मात्र प्राप्त गर्नुभएकाे थियाे ।
बरिष्ठ उपाध्यक्षमा तोयानाथ गैरे , उपाध्यक्ष पदमा नन्दराम सापकोटा , सचिव पदमा राजु अधिकारी ,सह–सचिव पदमा विजय कुमार गुप्ता , कोषाध्यक्षमा दिपक प्रसाद भुसाल , सह -काेषाध्यक्षमा युवराज पौडेल , सदस्यहरुमा बिनोद खना...








