कपिलवस्तु/कृष्णानगर
कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णानगरका प्रहरी निरीक्षक सुरज खत्री, ईप्रका गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्द, र सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णानगरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेलाई अप्सरा मिडिया प्रा.लि.ले सम्मान गरेको छ।
कृष्णानगर, गणेशपुर क्षेत्रमा असामाजिक तत्वहरूलाई नियन्त्रणमा राख्दै मोहम्मद डे, दुर्गा माताको प्रतिमा विसर्जन, लक्ष्मी माताको प्रतिमा विसर्जन, र मोहर्रम मेला जस्ता चाडपर्वहरूलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेकोमा उहाहरूलाई सम्मान गरिएको हो। जनप्रतिनिधि, सामाजिक व्यक्ति र सम्बन्धित निकायसँग समन्वय गरेर यी चाडपर्वहरूलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गराइएको थियो।
अप्सरा मिडियाका सञ्चालक शहबाज खानले कृष्णानगर, गणेशपुर क्षेत्रमा केही असामाजिक तत्वहरूको कारण चाडपर्वको समयमा अप्रिय घटना घट्ने गरेको बताउँदै, प्रहरी निरीक्षकहरूको सक्रियता र प्रभावकारी कदमले यसलाई रोक्न सफल भएको बताए। साथै, सिमाक्षेत्रमा लागुऔषध ओसारपसार गर्ने समूहलाई नियन्त्रणमा लिँदै ठूलो मात्रामा लागुऔषध नियन्त्रण गरिएको, र प्रहरी तथा नागरिकहरूबीचको दूरीलाई सामाजिक चेतनामूलक कार्यक्रमहरूमार्फत घटाउन सफल प्रयास गरेकोमा उहाहरूको प्रशंसा गरे।
समाज र सुरक्षामा प्रहरीको महत्वपूर्ण भूमिका
कृष्णानगर, गणेशपुर क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन र सामाजिक सद्भाव कायम राख्न यी प्रहरी निरीक्षकहरूको योगदान सराहनीय रहेको सञ्चालक खानले बताए।
सम्मानपत्र हस्तांतरण कार्यक्रममा कैफ खान,अताउरहमान,खालिद खान, सुधीर,विकास चतुर्वेदी समेत रहेका थिए।