Saturday, June 27
Shadow

समाचार

पिपलटारमा प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव हुँदै

समाचार
बिदुर । पिपलटार फुटबल क्लवको आयोजना तथा जालपा मिडिया सर्भिस र एभरेष्ट ईभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा आगामी माघ २७ गते देखि फागुन ७ गतेसम्म बिदुर नगरपालिका वडा नम्वर ५ को पिपलटारमा प्रथम बिदुर खेलकुद तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । यसै सन्दर्भमा बुधबार बिहान भएको स्थानीयहरुको भेलाले वडा नम्वर ५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेको संयोजकत्वमा एकसय ५० सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । महोत्सवमा प्रतियोगितात्मक खेल गतिबिधिहरु, प्रतियोगितात्मक लोक नृत्य , स्थानीय उत्पादनहरुको प्रदर्शनी, लोपोन्मुख रीतिरिवाज र संस्कृति झल्कने झाँकीहरुको प्रदर्शनी, चर्चित कलाकारहरुको सांगितिक प्रस्तुतिका साथै मनोरञ्जनात्मक खेल मेलाहरु समेटिएको आयोजक क्लवका अध्यक्ष उद्धब पनेरुले जानकारी दिए । ११ दिनसम्म चल्ने महोत्सव करिब ७० हजारले अवलोकन गर्ने र महोत्सव अवधिभर दुईकरोड भन्दा बढीको कारोबार हुन...
लक्ष्मीपुर एकीकृत कृषक समुहकाे रजत जयन्ती समाराेह सम्पन्न

लक्ष्मीपुर एकीकृत कृषक समुहकाे रजत जयन्ती समाराेह सम्पन्न

समाचार
काठमाडौ , तारकेश्वर १ मा रहेकाे लक्ष्मीपुर एकीकृत कृषक समुहले आफ्नाे २५ औं वार्षिक साधारणसभा तथा रजत जयन्ती समाराेह भव्यताका साथ पुस २७ मा सम्पन्न गरेकाे छ। उक्त कार्यक्रममा आर्थिक , प्रगति प्रतिवेदनका साथै आगामी वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गरिएका थिए । प्रमुख अतिथिका आसनबाट बाेल्दै बागमती प्रदेशका भाैतिक पुर्वाधार मन्त्री अमन मास्केले कृषिक्षेत्रलाई मजबुत बनाउने र सडकलाई स्तराेन्नति गर्ने बताए ।...
पाँच महिनामा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रियो

पाँच महिनामा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रियो

ब्यानर समाचार 2, समाचार
  काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा ४.४ प्रतिशतमात्र बढी हो । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह वृद्धि २.५ प्रतिशतमात्र रहेको देखिन्छ । अमेरिकी डलरमा यस वर्ष ४ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशत थियो । मंसिरमा १ खर्ब १९ अर्ब रुपैयाँ हाराहारी रेमिट्यास आएको छ । यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने बढेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृतितर्फ १ लाख ९० हजार ३ सय ८४ र पुनः श्रम स्वीकृतितर्फ १ लाख ३५ हजार ४ सय २५ छ ।...
वृहत सरसफाई अभियान सबैको दायित्व रहेको सरोकारवालाको जोड

वृहत सरसफाई अभियान सबैको दायित्व रहेको सरोकारवालाको जोड

ब्यानर समाचार 2, समाचार
विजयनगर, कपिलवस्तु, पुस २६ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको आयोजना तथा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा खडैचाको शभाहलमा सरसफाई सम्बन्धी वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।   कार्यक्रममा स्वागत मनतव्य राख्दै विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी चौधरीले सरसफाई आफैबाट सुरु गरि वातावरणीय सरसफाईमा ध्यान दिनुपर्ने र पालिकाबाट सरसफाई सम्बन्धी कार्यक्रम वृहत रूपमा निरन्तरता दिने बताउनुभयो।   कार्यक्रममा बोल्दै  कालिका स्वालंबनकी कमला शुक्लाले पोषण र पोसिलो कार्यक्रम संचालन गर्दै गर्दा हामीले सरसफाई सम्बन्धी कार्यक्रममा हातेमालो गर्दै आएको बताउनुभयो।   कार्यक्रममा बोल्दै सरसफाई तथा खानेपानी शाखाकाअर्जुन बेल्वासेले विजयनगर गाँउपालिकाको कुल  घरधुरीको संख्या ६८१०, शौचालय भएको ५०७४, शौचालय न भएको १७३६ घरधुरी रहेको अवस...
६१ वर्ष कैद सजाय भएका फरार कहार कपिलवस्तु प्रहरी द्वारा पक्राउ

६१ वर्ष कैद सजाय भएका फरार कहार कपिलवस्तु प्रहरी द्वारा पक्राउ

समाचार
  कृष्णनगर, २५ पाैष  कपिलवस्तुमा ३ खुन डाँकासहित पाँच वटा मुद्दाको एउटै फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाकाे कृष्णनगर नगरपालिका- १ गुर्चिहवा (साविक गाविस वडा नम्बर ५)  बस्ने ५७ वर्षीय साेमई भन्ने प्रकाश कहारलाई उक्त आराेपमा प्रहरीले पक्राउ गरि कारागार चलान गरेकाे हाे । प्रहरीका अनुसार ३ खुन डाँका, १ डाँका तथा चोरी मुद्दा गरी ५ वटा मुद्दा कहारलाई लागेका छन् । ६१ वर्ष कैद सजाय भएका फरार कहारलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले खाेजतलास गर्ने क्रममा  गुर्चिहवाबाटैे पक्राउ गरिएकाे हाे । विभिन्न मितिमा फैसला भई कैद सजाय र बाँकी ३ लाख ५२ हजार ७  सय ७८ रुपैयाँ जरिवाना असुल उपरको लागि फरार प्रतिवादी कहारलाई जिल्ला अदालतमा पेश गरि बिहिवार कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए।...
प्रहरी निरीक्षक खत्री र चन्दलाई सम्मान 

प्रहरी निरीक्षक खत्री र चन्दलाई सम्मान 

समाचार
कपिलवस्तु/कृष्णानगर  कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णानगरका प्रहरी निरीक्षक सुरज खत्री, ईप्रका गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्द, र सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णानगरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेलाई अप्सरा मिडिया प्रा.लि.ले सम्मान गरेको छ। कृष्णानगर, गणेशपुर क्षेत्रमा असामाजिक तत्वहरूलाई नियन्त्रणमा राख्दै मोहम्मद डे, दुर्गा माताको प्रतिमा विसर्जन, लक्ष्मी माताको प्रतिमा विसर्जन, र मोहर्रम मेला जस्ता चाडपर्वहरूलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेकोमा उहाहरूलाई सम्मान गरिएको हो। जनप्रतिनिधि, सामाजिक व्यक्ति र सम्बन्धित निकायसँग समन्वय गरेर यी चाडपर्वहरूलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गराइएको थियो। अप्सरा मिडियाका सञ्चालक शहबाज खानले कृष्णानगर, गणेशपुर क्षेत्रमा केही असामाजिक तत्वहरूको कारण चाडपर्वको...
माओवादी केन्द्र ककनी गाउँपालिकाको ४५ सदस्यीय नयाँ समिति, अध्यक्षमा श्रेष्ठ

माओवादी केन्द्र ककनी गाउँपालिकाको ४५ सदस्यीय नयाँ समिति, अध्यक्षमा श्रेष्ठ

समाचार
काठमाडौं । नेकपा(माओवादी केन्द्र)ककनी गाउापालिकाको अध्यक्षमा रामहरि श्रेष्ठ निर्विरोध निर्वाचत भएका छन् । शनिबार सम्पन्न ककनी गाउँपालिकाको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा ४५ सदस्यीय नयाँ गाउँपालिका समिति चयन गरेको हो।
उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्षमा रितेश शर्मा विजयी

उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्षमा रितेश शर्मा विजयी

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
- अजय मिश्र  कपिलवस्तु, पुस २० कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आज सम्पन्न भएको निर्वाचन सबैको चासोको विषयका साथ हेरिएको थियो। उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्ष पदमा रितेश शर्मा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रामकुमार गुप्ता लाई ५० मतले पराजित गर्दै शर्मा विजयी भएका हुन् । त्यसै गरि वरिष्ठ उपाध्यक्षमा नसरूल्ला खां, उपाध्यक्षमा रबिन्द्र कुमार गुप्ता, महासचिवमा हरिओम तुल्स्यान , सचिवमा ऋसब अग्रवाल विजयी भएका छन्। कोषाध्यक्षमा प्रतिक अग्रवाल तथा महिला सदस्यमा उर्मिला कुमारी कुर्मी निर्विरोध विजयी भएका छन्। कार्यसमिति सदस्यमा बैजनाथ अग्रहरी, विरेन्द्र कुमार मौर्य, पवन कुमार अग्रवाल, निर्मल पराजुलि, विकास अग्रवाल, सन्दीप कुमार जयसवाल, आसिष कुमार गोयल, गज्जु चौहान, विपिन कुमार गुप्ता, मनिराम कहार, राम औतार कलवार, महेश कुमार अग्रहरी विजयी भएकाे मुख्य ...
नवराज पौडेलको अध्यक्षतामा  २९ सदस्यि रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको कार्यसमिति चयन

नवराज पौडेलको अध्यक्षतामा  २९ सदस्यि रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको कार्यसमिति चयन

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, पुस २० नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष वसन्त गिरीले व्यवसायिक पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको छ । रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको चौथो अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष गिरीले व्यवसायिक पत्रकारिता र विधागत पत्रकारिता तर्फ सबै पत्रकार लाग्नुपर्ने बताउनु भयो । रिपोर्टर्स क्लब कपिलवस्तुको अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईले पत्रकारहरूले सत्यतथ्य समाचार तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उपाध्यक्ष चापागाईंले नेपाल पत्रकार महासंघका कपिलवस्तुले सबै पत्रकारलाई समेट्ने गरी साझा महासंघ बनाउने उद्देश्यका साथ लागेको धारणा राख्नुभयो । चापागाईंले नवनिर्वाचित समितिले पत्रकारिताको मर्यादाभित्र रही पत्रकारिता गर्नुपर्ने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्स कपिलवस्तुका...
व्यापारीका लागि बिमा योजना लागु गर्नेछु:- अध्यक्षका उमेदवार रितेश शर्मा

व्यापारीका लागि बिमा योजना लागु गर्नेछु:- अध्यक्षका उमेदवार रितेश शर्मा

समाचार
कपिलवस्तु, पुस १७ कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको चुनावी सरगमी बढ्दै गएको छ। यही पुष १९ गते शुक्रवार हुने चुनावमा उमेदवार हरू व्यपारी, उद्योगी, लगायत माझ आ आफ्नो प्रचार प्रसार गर्न व्यस्त रहेका छन्। अध्यक्ष पदका पांच उमेदवार मध्ये प्रबल उमेदवार रहेका रितेश शर्मा पनि आज आफ्नो व्यापारी टोली सहित कृष्णनगर बजारमा प्रत्येक पसल हरूमा गएर आफ्नो चुनावी ऐजेंडा सहित आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्। उहांले आफूलाई चुनावमा विजयी गराउन सबै व्यापारी व्यवसायी लाई अनुरोध गर्दै आफू सधैं व्यापारी हरूका लागि चौबिसै घण्टा साथमा खडा रहने बाचा गरेका एक जना व्यवसायीले बताए। उहांले आफू चुनावमा आउनुका मुख्य कारण नै कृष्णनगर बजारलाई पुनः राम्रो संग चलायमान गराई व्यापारी हरूमा खुसीयाली ल्याउनुनै रहेको बताउदै व्यापारी हरूको हकहितमा योजना बनाई व्यापार निर्वाध रूपमा संचालन गर्न पाउने उ...