कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको समापन:- उपाधि मोतिनगरको नाममा
अजय मिश्र, कपिलवस्तु, माघ २८
कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ । माघ १२ गतेदेखि सुरु भएको केपीएल प्रिमियर कप आज विधिवत रूपमा समापन भएको छ ।
युवा अमन सामाजिक विकास केन्द्र, अर्स चेरीटेबल फाउन्डेसन र नेपाल समाजिक मञ्चको आयोजना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका विभिन्न वडा र शिवराज नगरपालिकाका विभिन्न वडाहरूको सहआयोजना रहेको थियो ।
समापन समारोहमा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानुन मन्त्री आदेश अग्रवालले केपीएल प्रिमियर कप आयोजकलाई धन्यवाद दिँदै प्रदेश सरकारबाट विशेष सहयोग गर्ने आश्वासन दिनुभयो ।
मन्त्री अग्रवालले कपिलवस्तुका खेलाडीहरूलाई प्रदेश सरकारबाट विशेष सहयोग गर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा खेलकुद मैदान निर्माण, खेलाडीहरूको प्रोत्साहन गर्नका लागि विशेष बजेट छुट्याउने बताउनुभयो ।
कार्यक्...









