Saturday, June 27
Shadow

समाचार

राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. को कृष्णनगरमा उद्धघाटन

राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. को कृष्णनगरमा उद्धघाटन

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, कपिलवस्तु, मंसिर ३० कृष्णनगर नगरपालिका वडा नं २ पुरानो बसपार्क नजिक आज एक कार्यक्रमका बिच राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. को विधिवत उद्धघाटन भएको छ। भन्सार रोडमा अवस्थित परदेशी होटलको छेउमा आज राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. का संचालक रमेश कुमार यादवले आफ्नी छोरी परिनिती यादव द्वारा रिबन काटेर उद्धघाटन गराइएको छ। उद्घाटन कार्यक्रममा बोल्दै समाजसेवी अकरम पठानले राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स अगाडि बढ्ने शुभकामना दिदै यसले नेपाल भारतका यात्रीलाई सहज हुने बताए। कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी कृष्णनगर अध्यक्ष शिवा घिमिरेले शुभकामना दिदै होटल व्यवसायी हरूले टूर्स एण्ड ट्राभल्स लाई अगाडि बढाउन सहयोग गर्ने बताए। कार्यक्रममा बोल्दै सोनी टूर्स एण्ड ट्राभल्सका पुरूषोत्तम घिमिरेले शुभकामना दिदै टूर्स एण्ड ट्राभल्स एक आपसमा एकता...
डॉ. फरीद अहमद सलफीको निधनमा शोक व्यक्त  

डॉ. फरीद अहमद सलफीको निधनमा शोक व्यक्त  

समाचार
कृष्णनगर, कपिलवस्तु, मंसिर २५ जामिया सिराजुल उलूम अस-सलफिया, झण्डा नगर, नेपालको सम्मेलन हलमा केही प्रशासनिक विषयमा छलफल गर्न बैठक आयोजना गरियो। एजेन्डाहरू पूरा भएपछि बैठकमा डॉ. फरीद अहमद सलफी भटपाराको निधनप्रति दुःख व्यक्त गरियो। *डॉ. अब्दुल गनी अल-कूफी*ले भन्नुभयो कि भाई डॉ. फरीद एक सक्रिय समाजसेवी र परोपकारी व्यक्ति हुनुहुन्थ्यो। अरूको सहयोग गर्नु उहाँको विशेषता थियो। सामाजिक गतिविधिहरूमा उहाँको विशेष चासो थियो र उहाँको छुट्टै पहिचान थियो। उहाँ सलफिया जुनियर स्कुल सञ्चालन गर्नुहुन्थ्यो र राजनीतिक तथा सामाजिक व्यक्तिहरूसँग उहाँको राम्रो सम्बन्ध थियो। उहाँ जामिया सलफियाका पुराना विद्यार्थी हुनुहुन्थ्यो र जामियाको प्रगति र त्यससँग सम्बन्धित सेवाका लागि सधैं तयार रहनुहुन्थ्यो। जामियाका शिक्षक मौलाना नईमुद्दीन मदनी (रह.)को निधनको समयमा जसरी उहाँले अन्त्येष्टिमा सक्रियता देखाउनुभयो, त...
नेकपा माओवादी केन्द्र कृष्णनगरको वडा नं ३ र ४ को‌ वडा समिति गठन

नेकपा माओवादी केन्द्र कृष्णनगरको वडा नं ३ र ४ को‌ वडा समिति गठन

ब्यानर समाचार, समाचार
कृष्णनगर, कपिलवस्तु मंसिर २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा माओवादी केन्द्रले आज कृष्णनगर नगरपालिका वडा नं ३ र ४ को वडा कमिटी विस्तार भएको छ। खुर्सेद आलम खा र गीता देवी सुनारको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खा, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र आचार्य, काशीराम यादव, नेकपा माओवादी केन्द्र कपिलवस्तु संयोजक बिष्णु बेल्बासे लगायतको आतिथ्यमा वडा कमिटी विस्तार गरिएको छ। नयाँ समिति विस्तार हुदाँ वडा नं ३ वडा कमिटी अध्यक्षमा मन्जूर अहमद, उपाध्यक्षमा प्रमेश्वर गुप्ता, सचिवमा मुजीबुल रहमान सहसचिवमा ओम प्रकाश मौर्या, कोषाध्यक्षमा सोम नाथ बरई लगायत एघार सदस्यि समिति गठन भएको छ। वडा नं ४ मा नयाँ कमिटी गठनमा अध्यक्षमा गीता देवी सुनार, उपाध्यक्षमा चांद बाबु पठान, सचिवमा मोहम्द इरफान, सचिवमा यकरार अहमद खान, कोषाध...
मानव बेचविखन तथा ओसारपसार कसूरमा कृष्णनगरबाट एक जना पक्राउ

मानव बेचविखन तथा ओसारपसार कसूरमा कृष्णनगरबाट एक जना पक्राउ

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, मंसिर २२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंकगेट बाट मानव बेचविखन तथा ओसारपसार कसूरमा एकजना व्यक्ति पक्राउ परेकाछन्। मंसिर १७ गते जिल्ला नुवाकोट दुप्तेश्वर गाउँपालिका वडा नं ७ का २५ बर्षिय शिसिर तमाङले परिवर्तित नाम ५१ (छ) कृष्णनगरलाई काठमाडौं बाट विभिन्न प्रलोभन देखाई बेचविखन तथा ओसारपसार गर्ने उद्देश्यले नेपालको कृष्णनगर हुदै भारत तर्फ लैजादै गरेको अवस्थामा पक्राउमा परेकाछन्। पक्राउ परेका तमाङ लाई कपिलवस्तु जिल्ला आदालत बाट म्याद थप गरि अनुसंधान भैरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएकाछन्।...
कपिलवस्तु प्राविधिक प्रतिष्ठानले फार्मेसीमा भर्ना लिने

कपिलवस्तु प्राविधिक प्रतिष्ठानले फार्मेसीमा भर्ना लिने

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, मंसिर २२ कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरामा अवस्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानले २०८१ सालको नतिजामा लुम्बिनी प्रदेशमा प्रथम र नेपाल अधिराज्यमा द्वितीय स्थान हासिल गरेको प्रतिष्ठित शैक्षिक संस्था हो । वि.सं. २०५४ सालमा स्थापित यस प्रतिष्ठानले स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल प्रतिष्ठानमा एचए, ल्याब टेक्निसियन, फिजियो थेरापी र अमिन जस्ता कोर्सहरू सञ्चालन गर्दै आएको यस प्रतिष्ठानले अब फार्मेसीमा पनि ४० सिट शैक्षिक सत्र २०८१।०८२  लागि सि.टि.ई.भी.टी. बाट अनुमति प्राप्त गरेको छ। फार्मेसी, स्वास्थ्य विज्ञानको एक महत्वपूर्ण शाखा हो जसले औषधि निर्माण, वितरण र व्यवस्थापनसँग सम्बन्धित विज्ञान र कलाको अध्ययन गर्दछ। फार्मेसिस्टहरू बिरामीहरूलाई औषधि सम्बन्धी सल्लाह दिने, औषधि बनाउने र वितरण गर्ने काम गर्दछन्। कपिलवस्तु लगायत अन्य जिल्लाका फार्म...
नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति?

नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति?

समाचार
काठमाडौँ- नेपाल प्रहरीले जवान पदमा नयाँ भर्ना खुल्ला गरेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक हजार १६५ जनाका लागि आवेदन माग गरिएको छ । यस्तैगरी भान्छेका लागि ४७ जना माग गरिएको छ भने कुचीकारका लागि ११ जना माग गरेको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म आवेदन दिन सक्नेछन्।...
स्नातक चौथो वर्षमा दुई विषय अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने

स्नातक चौथो वर्षमा दुई विषय अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने

शिक्षा, समाचार
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षमा दुई विषय अनुत्तीर्ण विद्यार्थीहरूलाई मौका परीक्षा दिन आवेदन माग गरेको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालय,बल्खुले आज एक सूचना जारी गर्दै स्नातक तहमा पहिलो दोस्रो तेस्रो वर्ष सबै विषय पास भएको तर नियमित चौथो वर्षमा २ विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीहरूको लागि मौका परीक्षा दिन आवेदन माग गरेको हो । स्नातक तह चौथो वर्षको नतिजामा दुई वटा विषयमा अनुत्तीर्ण विद्यार्थीहरूले पूरक परीक्षाको लागि मंसिर २६ गतेसम्म परीक्षा फारम भर्न सक्ने छन्। हेर्नुहोस् सूचना : ...
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

राजनिती, समाचार
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौँ आइपुग्ने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल-चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।...
शिक्षा विधेयकमा मदरसा शिक्षालाई प्राथमिकता राख्नुपर्ने राष्ट्रीय मदरसा संघ नेपालको माग

शिक्षा विधेयकमा मदरसा शिक्षालाई प्राथमिकता राख्नुपर्ने राष्ट्रीय मदरसा संघ नेपालको माग

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, मंसिर १९ नेपालको नयाँ शिक्षा विधेयकमा मदरसा शिक्षालाई प्राथमिकता राख्नुपर्ने राष्ट्रीय मदरसा संघ नेपालले जोडदार माग गरेको छ। संघका महासचिव मौलाना मशहूद खां नेपालीले सम्माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अध्यक्षलाई ज्ञापनपत्र हस्तान्तरण गरेका छन्। हालैका दिनहरूमा नेपाल सरकारले एक व्यापक शिक्षा विधेयकको मस्यौदा तयार गर्दैछ जसलाई देशको अहिलेसम्मकै सबैभन्दा समग्र र बहुआयामिक योजना मानिएको छ। तर यो दुर्भाग्यपूर्ण छ कि यसमा देशको दोस्रो ठूलो अल्पसंख्यक समुदायको शैक्षिक अधिकारलाई पूर्ण रूपमा बेवास्ता गरिएको छ। जबकि देशको उज्ज्वल भविष्यको योजना यस्तो ठूलो अल्पसंख्यक समुदायलाई नजर अन्दाज गरेर पूरा हुन सक्दैन। कुनै पनि विधेयकलाई धार्मिक शिक्षा र धार्मिक स्वतन्त्रताको सिद्धान्तलाई ध्यानमा राख्दै यो समु...
इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा फरार प्रतिवादी पक्राउ

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा फरार प्रतिवादी पक्राउ

समाचार
  कृष्णनगर, कपिलवस्तु, मंसिर १२ सम्मानित कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुको लगत नम्बरहरु २४१८, २४२०, २४२२ नकवजनी चोरी कसुर मुद्दामा ०१ (एक) वर्ष ०१ (एक) महिना १५ (पन्ध्र) दिन कैद सजाय र रु.१,९५,११८।- (एक लाख पन्चानब्बे हजार एकसय अठार मात्र) जरिवाना असुल गर्न बाँकी भई फरार रहेका प्रतिवादी लाई सोमवार इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको छ। कपिलवस्तु जिल्लाको कृष्‍णनगर नगरपालिका वडा नं. ०२ पुरानो बसपार्क बस्ने बर्ष ३२ को मोहम्मद आजम मुसलमानलाई उक्त लागेको कैद तथा जरिवाना असुल उपर गर्नु पर्ने भएकाले कृष्णनगर नगरपालिका वडा नं. ०२ पुरानो बसपार्क स्थितबाट पक्राउ गरी सम्मानित कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुमा मंगलवार उपस्थित गराईएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए। कैद भुक्तानको लागी कारागार कार्यालय त...