Thursday, April 25
Shadow

आजको मौसम : तीन प्रदेशमा आंशिकदेखि सामान्य बदली, कुन ठाउँमा कस्तो ?


  • -इ
  • इ+

काठमाडौँ, माघ ७ । आज देशभरको मौसममा आंकदेखि सामान्य बदली रहनेछ । उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले मौसममा बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै देशका पहाडी भुभागका केही स्थानहरुमा र तराईका अधिकांश स्थानहरुमा हुस्सुरकुहिरो लागिरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ का पहाडी भू(भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज रातिस् प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू(भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशको उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा विभिन्न भू(भागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू(भागहरुमा विहानको समयमा बाक्लो हुस्सुर कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्‍न आवश्यक सतर्कता अपनाउन मौसम विभागको अनुरोध गरिएको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares