सूचना र प्रविधिको विकास पहिलो प्राथमिकतामा छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ , फागुन १० । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालले सूचना र प्रविधि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेकाले यसमा मित्रराष्ट्रहरुले आर्जन गरेको ज्ञान, सीप र अनुभव उपयोगी हुने बताएका छन् ।
मन्त्री गुरुङले नेपालका लागि इजरायलका राजदूत हानान गोडरसँग आज सिंहदरबारमा शिष्टाचार भेटवार्ताका क्रममा इजरायलले स्याटलाइट प्रविधिको क्षेत्रमा गरेको प्रगतिबारे जानकारी लिएपछि सो धारणा व्यक्त गरेका हुन् ।
“सूचना र प्रविधिको क्षेत्रको विकासका लागि नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयननलाई प्राथमिकताका साथ अघि बढाएको छ”, उनले भने, “त्यसका लागि अन्य देशहरुले सूचना र प्रविधिको क्षेत्रमा गरेका विकास नेपालका लागि अतिउपयोगी हुनेछ ।” उनले नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्ष पूरा हुने गरी सूचना र प्रविधि क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा...









