Thursday, March 28
Shadow

द डबल दोर्जे टिमद्वारा खाना वितरण अभियानमा लागेको जय महांकाल युवा समुहलाई सहयोग


  • -इ
  • इ+


काठमाण्डौँ, फागुन ११
भोकालाई भोजन प्यासीलाई पानी भन्ने नाराका साथ २०७६ चैत्र २२ गतेबाट संचालन भएको जय महांकाल युवा समुहको खाना वितरण अभियान लोकप्रिय बन्दै गएको छ। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई लक्षित गर्दै मानिसहरू रोगले भन्दा नमरून् भन्ने उद्देश्यका साथ सडकमा अलपत्र परेका, सडक बालबालिका, ज्याला मजदुरी गर्ने, अशक्त, अपाङ्ग आदि वर्गलाई लक्षित गर्दै उक्त अभियान संचालन गरेको आयोजकको भनाइ छ ।

आजसम्म यस अभियानले २९० दिन काटेको छ। यो अभियान ११२ औ दिन सम्म काठमाडौंको विभिन्न स्थान जस्तै रत्नपार्क, पशुपतिनाथ,थापाथली, सिनामंगल, कलंकी, आदि स्थानमा संचालन गरेको र त्यस पश्चात् आर्थिक अभावको कारण हाल नयाँ बसपार्कको बिजी मलमा मात्र वितरण गरिरहेको जय महांकाल युवा समुह संस्थाकामहासचिव मनिस बि.क.ले जानकारि दिनुभयो । यस समुहले खाना वितरण अभियान मात्र नभएर सडकमा अलपत्र परेकाहरूको कतै न कतै घरपरिवार होलान्, यहाँ कोही पनि बेवारिसे छैन् भन्ने धारणाले घरपरिवार सम्म पुर्याउने उद्दार अभियान पनि संचालन गरिसकेको र १९ जनालाई घरपरिवार सम्म पुर्याइसकेको उहाँको भनाइ छ ।

विगत ११ महिनादेखि सडकमै रहेर खाना खुवाई रहँदा खाना त तपाईंहरूले खुवाउनु भयो तर जाडोले गरेर रात बिताउन सकेका छैनौ भनेर पिडितहरुले गुनासो गरेपछि जय महांकाल युवा समुहले ब्ल्याङकेट वितरण अभियान पनि सम्पन्न गरिसकेको छ । बिभिन्न दाताहरुले गरेको सहयोगबाट केहि राहत पुगेको उक्त अभियानलाई विगत ४ महिनादेखि सहयोग जुट्न छोडेको थियो । अहिले आएर मलेसियाबाट द डबल दोर्जे टिमले नगद रू १ लाख ७३ हजार सहयोग गरेको छ । यस अभियानमा सहभागी भई सहयोग गर्न इच्छुकहरुको लागि बैंकको खाता नम्बर सञ्चालनमा ल्याइएको छ । सहयोग गर्नका लागि जय महांकाल युवा समुहको लाजिम्पमटका रहेको नेपाल बैंक लिमिटेडको खाता नं 05000106878660000001 मा सहयोग पठाउन तथा मोबाइल नं 9841683737, 9818088891मा सम्पर्ग गरि सहयोग गर्न जय महांकाल युवा समुहले अपिल गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares