Thursday, May 16
Shadow

समाचार

कोरोना विरुद्धको खोप अभियान :  बचेको खोप र दोस्रो चरणको खोपसँगै लगाइने

कोरोना विरुद्धको खोप अभियान : बचेको खोप र दोस्रो चरणको खोपसँगै लगाइने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २२ । पहिलो चरणबाट बचेको कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने भएको हो । यही माघ १४ गतेबाट शुरु गरिएको खोप अहिलेसम्म एक लाख ४५ हजार ८४४ जनाले लगाएपछि खोप बच्न सक्ने भएकाले ती खोप दोस्रो चरणमा प्राथकितामा परेका व्यक्तिलाई दिइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । भारत सरकारले १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । उक्त खोप चार लाख ३० हजार प्राथमिकतामा परेका व्यक्तिलाई यही माघ २४ गतेसम्म लगाइँदैछ । खोप लगाउन अझै तीन दिन बाँकी छ । “अहिलेसम्म हामीले स्वास्थ्यकर्मीलाई मात्र लगाएका थियौँ”, उनले भने, “यो तीन दिनमा बढी जनसङ्ख्यालाई...
प्रचण्ड-नेपाल समूहका इन्चार्ज वाग्लेको मृत्यु, घटना रहस्यमय

प्रचण्ड-नेपाल समूहका इन्चार्ज वाग्लेको मृत्यु, घटना रहस्यमय

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , माघ २२ । नेकपा प्रचण्ड-नेपाल समूहका केन्द्रीय कमिटी सदस्य एवं सर्लाही जिल्ला ईन्चार्ज डाचाराम वाग्लेको मृत्यु भएको छ । जुलुसमा सहभागी भएर घर फर्कने क्रममा वाग्लेको बरहथवा नगरपालिका-९ स्थित नयाँरोड-मधुवनी सडकखण्डमा सवारी दुर्घटनामा मृत्यु भएको हो । नेकपा विभाजनपछि प्रचण्ड(नेपाल समूहमा रहेका वाग्लेको मृत्यु संकास्पद रहेको भन्दै छानबिनको माग भएको छ । एकान्त जंगलमा मोटरसाइकलमा एक्लै घर फर्कँदै गरेका वाग्लेको दुर्घटना स्थल असामान्य प्रकृतिको रहेकोले छानबिनको माग गरिएको हो । यसैबीच प्रवक्ता नारायणकाजी श्रेष्ठले वाग्लेको मृत्यु रहस्यमय रहेको बताएका छन् । उनले लेखेका छन्- ‘हाम्रो पार्टीको केन्द्रीय सदस्य डाचाराज वाग्लेको हिजो भएको रहस्यमय असामयिक निधनको खबरले स्तब्ध र मर्माहत बनाएको छ । अझै पनि अविश्वसनीय झैं लाग्ने एउटा होनाहार क्रान्तिकारी नेता एवं योद्धाको निधनबाट पार्टी र आन्द...
आज विश्व क्यान्सर दिवस मनाइँदै,  हुन्छ प्रत्येक मिनेट १७ व्यक्तिको मृत्यु

आज विश्व क्यान्सर दिवस मनाइँदै, हुन्छ प्रत्येक मिनेट १७ व्यक्तिको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौ, माघ २२ । क्यान्सरबाट हुने मृत्युलाई कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आज विश्व क्यान्सर दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिने डाक्टरहरुले बताएका छन् । अध्ययनहरुकाअनुसार क्यान्सरका कारण ज्यान गुमाएकामध्ये २२ प्रतिशत सूर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाइन्छ ।विश्वमा सबैभन्दा घातक रोग मानिएको क्यान्सर अर्थात् अर्बुद रोगबाट प्रत्येक मिनेटमा १७ व्यक्तिको मृत्यु भइरहेको छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, जाँडरक्सी पिएर र नियमित व्यायामको कमीले हुने रोग र सङ्क्रमणका कारणले क्यान्सर हुने गरेको छ । बाँकी क्यान्सरका कारणहरुमा विकीकरण र विभिन्न संक्रमणहरु पनि रहेका छन् । विकासोन्मुख देशहरुमा भने ह...
खोप समन्वय समिती र पुनर्गठन तथा खोप सुनिश्चित सम्बन्धि कार्यक्रम कृष्णनगरमा सम्पन्न

खोप समन्वय समिती र पुनर्गठन तथा खोप सुनिश्चित सम्बन्धि कार्यक्रम कृष्णनगरमा सम्पन्न

समाचार, समाज
  कृष्णनगर, माघ, २२ । खोप समन्वय समिती र पुनर्गठन तथा खोप सुनिश्चित सम्बन्धि एक दिवसीय कार्यक्रम कृष्णानगर नपा ३का वडा अध्यक्ष सगीर अहमद खां को उपस्थिति र वडा नं।२का अध्यक्ष संजय गुप्ताको अध्यक्षतामा कृष्णानगर स्वास्थ्य चौकी कृष्णानगर चैपुरवा कपिलवस्तुको सभा हालमा सम्पन्न भएको छ। कार्यक्रममा उक्त वडाका वडा सदस्य,लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, राष्ट्रीय मदरसा संघका अध्यक्ष डा।अव्दुल गनी अलकुफी, राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की, समाजका भद्रभलादमी,समाजसेवी महिला पुरुष स्वास्थ्यकर्मी,धर्म गुरु लगायतहरुको उपस्थिती रहेका थिए। उक्त कार्यक्रममा वडा नं।३ र वडा नं।२ खोप वडा समितीका अध्यक्ष सगीर अहमद खां को उपस्थितीमा पूर्ण खोप नगरपालिका घोषणा गर्नको लागि गर्नु पर्ने विषयहरु बारे छलफल गरेका थिए। वडा नं।३ का लक्ष्मीनगर भन्ने गांऊका १०(१५ घरक...
आज – २२ माघ २०७७ बिहिवार को राशिफल

आज – २२ माघ २०७७ बिहिवार को राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथीको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाईने र स्वादिष्ट भोजन पनि मिल्नेछ । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ ...
दाहाल-नेपाल समूहको आमहड्ताल, बन्द गराउँदै हिँडेका धमाधम पक्राउ, सुरक्षा व्यवस्था कडा

दाहाल-नेपाल समूहको आमहड्ताल, बन्द गराउँदै हिँडेका धमाधम पक्राउ, सुरक्षा व्यवस्था कडा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ २१ । संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल(नेपाल समूहले आज आमहड्ताल घोषणा गरेको छ । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्ति तत्कालै बदर गर्नु पर्ने मागसहित दाहाल(नेपाल समूह आमहड्तालमा उत्रिएको हो । आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्दको घोषणा गरिएको छ । आमहड्तालका कारण मुलुकभर यातायातका साधन फाट्फुट्ट मात्र चलेका छन् । लामो दूरीका सवारी साधन सञ्चालनमा नआए पनि छोटो दूरीका सवारीसाधन भने फाट्फुट्ट मात्रै चलेको ट्राफिक प्रहरीले जनाएको छ । दाहाल(नेपाल समूहका कार्यकर्ता बिहानैदेखि बन्द गराउन सडकमा निस्किएका छन् । काठमाडौँका विभिन्न स्थानमा बिहानै यातायात अवरूद्ध पार्न खोजेपछि प्रहरीले ४० जनालाई पक्राउ गरेको छ । काठमाडौँको सामाखुसीबाट मात्रै पाँच जना पक्राउ परेका छन् । नेता रामप्रसाद सापकोटा ‘द...
दाहाल नेपाल समूहको मसाल जुलुसमा झडप , २ प्रहरीसहित ३ जना घाइते

दाहाल नेपाल समूहको मसाल जुलुसमा झडप , २ प्रहरीसहित ३ जना घाइते

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २१ । नेकपा दाहाल नेपाल समूहका नेता, कार्यकर्ताहरुले सदरमुकाम धादिङबेंसीमा बुधबार साँझ निकालेको मसाल जुलुसमा प्रहरी हस्तक्षेप भएको छ । बिहीबारका लागि आह्वान गरिएको आम हड्तालको पूर्वसन्ध्यामा निकालिएको मसाल जुलुस पुछारबजारमा समापन हुन लागेको बेला प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा केहीबेर झडप हुँदा प्रहरी निरीक्षक अरुणकुमार कुशवाह तथा प्रहरी जवान हेमला गुरुङ घाइते भएका छन् । आन्दोलनकारीतर्फ नेकपा नेता लक्ष्मण रम्तेल सख्त घाइते भएका छन् । नेकपा नेता रामबहादुर भण्डारीका अनुसार धादिङबेंसीको शिरानबजारबाट सुरु गरिएको मसाल जुलुस क्याम्पस चोक, वीचबजार, शान्तबजार हुँदै पुछारबजारमा आएर कोणसभामा परिणत भएको थियो । प्रहरी सँगको झडपमा गम्भीर घाइते भएका रम्तेललाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि काठमाडौं पठाइएको नेकपा नेता विजय बुर्लाकोटीले बताए । उनको टाउकोमा गम्भीर चोट ला...
संवैधानिक निकायका प्रमुखलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्च रिट

संवैधानिक निकायका प्रमुखलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्च रिट

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २१ । विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । बुधबार पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन्। सरकारले ल्याएको अध्यादेशले संविधानको धारा २, ८३, २८४ र २९२ को बर्खिलाप भएको रिटमा उल्लेख छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश नै संविधान विपरीत रहेको, परिषदका ६ मध्ये तीन जना बसेर निर्णय गर्न नमिल्ने र संसदीय सुनुवाइबिनै ती आयोगहरूमा नियुक्तिको परिकल्पना संविधानले नगरेको त्रिपाठीको जिकिर छ । यता संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई नियुक्ति गरिएको भन्दै प्रचण्ड र नेपाल समुहले पनि विरोध गरेको छ । साथै भोली नेपाल बन्दको घोषणा पनि गरेको छ ।...
गृह मन्त्रालयले भन्यो- हड्ताल गर्नेलाई कारबाही गर्छौँ, यातायात, व्यवसाय सञ्चालन गर्नुस्

गृह मन्त्रालयले भन्यो- हड्ताल गर्नेलाई कारबाही गर्छौँ, यातायात, व्यवसाय सञ्चालन गर्नुस्

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं, माघ २१ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबार आमत हड्ताल घोषणा गरेको छ। तर, गृह मन्त्रालयले भने सो दिन निर्बाध रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गर्ने बताएको छ। मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै हड्ताल गर्नेहरुलाई कारबाहीको चेतावनी दिएको हो। ‘शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबरजस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुनेउपर कानुन बमोजिम कारबाही हुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ वक्तव्यमा भनिएको छ। ‘दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिनेगरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववत् रुपमा आआफ्नो उद्योगधन्दा, पेसा व्यवसाय सञ्चालन गर्न गृह ...
भरूवा बन्दुक र कालिजसहित दुई पकाउ

भरूवा बन्दुक र कालिजसहित दुई पकाउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बझाङ , माघ २१ । बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११स्३० बजे एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली मरेको कालिज, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा–३ का ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीचौकी छबिसपाथीभेराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त हातहातियारसहित टीका सामुदायिक वन क्षेत्रभित्र फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।...