काठमाण्डौँ, फागुन ११
नेपाल प्रजातान्त्रिक महासंघ युवा समितिको केन्द्रीय सदस्य मातृका प्रसाद उपाध्याय तिमिल्सिना मनोनित भएका छन् । सोमवार आयोजित एक कार्यक्रम मार्फत उनलाई केन्द्रिय समितिमा चयन गरेको हो ।
नेपाल विद्यार्थी संघमा समेत लामो समय देखि आवद्ध रहेका तिमिल्सिना हाल नेपालटारमा रहेको ग्रामीण आर्दश बहुमुखि क्याम्पसमा नेविसंघमा आवद्ध रहदै आएका छन् । वाल्मिकि क्याम्पसबाट नेविसंघमा आवद्ध रहि विद्यार्थी राजनितिमा आवद्ध हुुदैँ आएका तिमिल्सिना निरन्तर विद्यार्थीको पक्षमा आवाज उठाउदैँ आएका छन् ।
अछाम जिल्ला कमलबजार नगरपालिका वडा नं ५ घर भएका तिमिल्सिना विश्व हिन्दू युवा संघका केन्द्रीय सदस्य तथा बिभिन्न सामाजिक संघ सस्थामा समेत आवद्ध रहेका छन् ।