Thursday, July 2
Shadow

समाचार

प्रधानमन्त्री ओलीले गरे नागढुंगा-नौबीसे सुरुङमार्गको अवलोकन

प्रधानमन्त्री ओलीले गरे नागढुंगा-नौबीसे सुरुङमार्गको अवलोकन

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ९ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुंगा-नौबीसे सुरुङमार्गको निरीक्षण गरेका छन् । नागढुंगाको दहचोक टुटेपाखास्थित सुरुङमार्ग निर्माणाधीन स्थलमा पुगेर आइतबार अवलोकन गरेका हुन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी को-अर्डिनेटर रमेशप्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाबारे जानकारी गराएका थिए । उनले अबको १३ महिनाभित्रमा सुरुङ खन्ने कार्यको ब्रेक थ्रू हुने गरी काम भइराखेको समेत बताए । सुरुङमार्ग निर्माणकार्यको निरीक्षण गर्न प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ पनि पुगेका थिए । सो अवसरमा मन्त्री नेम्बाङले ४२ महिनामा निर्माण सम्पन्न गर्ने समय अवधि तोकिएको भए पनि अहिलेसम्म १५ महिना व्यतित भइसकेको र अझै २७ महिना बाँकी रहेकाले अहिलेकै गतिअनुसार निर्माणकार्य भइराखे समयमै निर्माण सम्पन्न हुने बताए । नागढुंगा सुरुङ...
समकक्षता पछि मदरसाहरुमा शिक्षक दरबन्दी ल्याउन पहल हुदै : बोर्ड उपाध्यक्ष मौलाना मशहुद

समकक्षता पछि मदरसाहरुमा शिक्षक दरबन्दी ल्याउन पहल हुदै : बोर्ड उपाध्यक्ष मौलाना मशहुद

शिक्षा, समाचार, समाज
कपिलवस्तु, फाल्गुन ९ नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय पाठ्यक्रम विकास केन्द्र मान्यता तथा समकक्षता निर्धारण समितिले उत्तर प्रदेश मदरसा बोर्ड लखनऊ लगायतको केहि डिग्री लाई समेत समकक्षता दिएको छ । त्यो डिग्री बमोजिम मदरसा हरुमा अध्यापन गराउने मौलाना (शिक्षक) हरूलाई सरकारी दरबन्दी सरह गर्नु पर्ने बताउदै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले मदरसा बोर्ड अध्यक्ष माननीय लुम्बिनी प्रदेश सामाजिक विकास मंत्री सुदर्शन बराल मार्फत लाई यस विषयमा प्रदेशिक र संघिय सरकार समक्ष जोडदार तरिकाले पहल गर्न ध्यानाकर्षण गराएका छन् । माननीय मंत्री सुदर्शन बरालले मदरसा शिक्षाका सवाल र चुनौती हरू प्रति सधै सकारात्मक रहेको बताए । उक्त छलफलमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले मदरसामा रहेका मौलाना हरूलाई छिट्टै सरकारी सरह सेवा सुविधा...
प्रतिगमनविरुद्धको आन्दोलन चर्काउने तयारीमा प्रचण्ड‍-माधव समूह

प्रतिगमनविरुद्धको आन्दोलन चर्काउने तयारीमा प्रचण्ड‍-माधव समूह

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ९ नेकपाको प्रचण्ड–नेपाल समूहले सांगठनिक संरचना टुङ्गो लगाउने र प्रतिनिधिसभा विघटनविरुद्धको संघर्ष चर्काउने विषयमा अन्तरपार्टी निर्देशन जारी गर्ने तयारी गरेको छ । निर्देशन जारी गर्नका निम्ति पार्टी सचिवालयले तयारी गरिरहेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताईन् । त्यसका मुख्य विषय एकीकरणलाई टुङ्गो लगाउने र संघर्षलाई सशक्त बनाउनेमा केन्द्रित हुने शाक्यको भनाइ छ । आवश्यक परेको खण्डमा निर्वाचन आयोगसँग कानुनी लडाइ, सर्वोच्चसँग संवैधानिक लडाइ र सरकारसँग राजनीतिक लडाइलाई चर्काउनुपर्ने भएकाले त्यसका लागि तयारी रहन कार्यकर्तालाई निर्देशन जारी गर्ने तयारी भएको पनि उनले जानकारी दिईन् ।...
उपचारका लागि दिल्ली जादैँ भट्टराई

उपचारका लागि दिल्ली जादैँ भट्टराई

ब्यानर समाचार 2, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, फागुन ९ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारका लागि भारतको दिल्ली जाँदैछन् । भट्टराई आज नेपाल वायुसेवा निगमको जाहाजबाट दिल्ली जान लागेका हुन् । पेटमा समस्या देखिएपछि उनी थप उपचारका लागि भारत जान लागेका हुन् । काठमाण्डुस्थित निदान अस्पतालमा उनको स्वास्थ्य परीक्षण र उपचार भइरहेको थियो । चिकित्सकहरुले न्यूरो इन्डोस्कोक्राइनकोे ट्युमर भएको आशंका गरेपछि थप उपचारका लागि उनलाई दिल्ली रेफर गरेको उनको सचिवालयले जनाएको छ । उनको दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड विलिअरी साइन्समा हुनेछ । उनले दिल्लीमा रहँदा नेपाली दूतावासमा बस्ने सचिवालयले जनाएको छ ।...
सुर्खेतमा पनि देखियो बर्डफ्लु

सुर्खेतमा पनि देखियो बर्डफ्लु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौँ , फागुन ८ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का कृषकले पालेको स्थानीय कुखुरामा बर्ड फ्लु रोग देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागका महानिर्देशक डा दमयन्ती श्रेष्ठले जानकारी दिए । यसअघि काठमाडौँको तारकेश्वर नगरपालिकामा पालिएका पछीमा बर्ड फ्लु देखिएको थियो । विभागले बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको जनाएको छ । रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रीयस्तरसमेतबाट पशु चिकित्सकको विज्ञ टोली खटाइएको उनले जानकारी दिए । रोग नियन्त्रणका क्रममा शुक्रबार पशु सेवा विभाग, कर्णाली प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा अन्तर्गतका निकाय र वीरेन...
बारा मालपोत कार्यालयका नासु र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ

बारा मालपोत कार्यालयका नासु र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फगुन ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारास्थित मालपोत कार्यालयका कार्यालय प्रमुख नायब सुब्बा र लेखापढी व्यवसायीलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले नासु मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई ६ लाख घुस रकमसहित जितपुर सिमरा उपमहानगर-२ स्थित जर्गा होटलबाट शुक्रबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ । उनीहरुले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का रहेको जग्गा सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने भन्दै रकम लिएको अख्तियारले जनाएको छ ।...
गम्भीर मुद्दामा कार्यकर्तालाई आममाफी, कुन मुद्दाका कति छुटे ?

गम्भीर मुद्दामा कार्यकर्तालाई आममाफी, कुन मुद्दाका कति छुटे ?

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन ८ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट १५ जनालाई आममाफी दिइएको छ । विभिन्न मुद्दामा फरार भई अदालतबाट दोषी ठहर भएकालाई पनि उनीहरूको सम्पूर्ण कैद र जरिवाना माफी गरिएको छ । राजनीतिक मुद्दामा मात्र यसरी माफी दिन मिल्नेमा सत्तारुढ नेकपाका निकट केही कार्यकर्तालाई पूरै मुद्दाबाट माफी दिइएको हो । प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले पाँच सय ८० जना कैदीलाई आधा कैद छुट दिने र १५ जनालाई पूरै अपराधबाट माफी दिने निर्णय भएको छ । गृह मन्त्रालयले यसरी पूरै माफी पाउनेको मुद्दा विवरण सार्वजनिक गरेको छैन । स्रोतका अनुसार यसमा नेकपाका कार्यकर्ता छन् । राष्ट्रपतिबाट यसरी सम्पूर्ण कैद र जरिवाना माफी पाउनेमा सिराहाका पाँच र दाङका नौ जना छन् । सिराहाका सुरेद्र यादव, दिलीपकुमार साह, अमरेन्द्र यादव, अशोककुमार यादव र रामविलास यादव छन् । त्यस्तै, दाङका शेरबहादुर चौधरी, युवराज सुवेदी, मदन परियार...
आजको मौसम : यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना

आजको मौसम : यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , फागुन ८ । देशभर मौसम सामान्य बदली भइ बाकिँ स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली भएर छिटफुट वर्षा र हल्का हिमपात हुने र बाँकी भागको मौसम सफा रहनेछ । काठमाडौंमा पनि मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २३ देखि २५ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५९ मिनेटमा हुनेछ ।...
प्रतिनिधिसभा विघटन: बहस त सकियो अब  फैसला कहिले ?

प्रतिनिधिसभा विघटन: बहस त सकियो अब फैसला कहिले ?

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं , फागनु ८ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको पक्ष–विपक्षमा शुक्रबारदेखि बहस सकिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकार र निवेदकका वकिललाई फागुन १० गतेभित्र ‘बहस नोट’ पेस गर्न आदेश दिएको छ। संवैधानिक विवादमा निर्णयमा पुग्न सहजताका लागि इजलासले बहसको सारसंक्षेप माग गर्न सक्छ। कानुन व्यवसायीले आफ्ना बहसका बुँदा समेटेर इजलासमा पेस गरेपछि अन्तिम फैसलाको टुंगो लगाइनेछ। रिट निवेदक अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले सरकार, राष्ट्रपति, निवेदक सबैको बहस सकिएर फागुन १० गतेसम्म बहस नोट माग भएकाले त्यसलगत्तै फैसला आउने सम्भावना बढेको बताए। ‘त्यसलगत्तै फैसला आउने प्रतीक्षामा छौं। छोटो तोकेर बहस नोट मागेकाले चाँडै निर्णय आउने सम्भावना छ’, पौडेलले  भने। सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले पक्ष÷विपक्षको बहस सम्पन्न भइसकेको स्थितिमा बाँकी विषय इजलासले तय गरेको प्रक्रियाब...
आज २०७७ फागुन ८ गते शनिबारको राशिफल

आज २०७७ फागुन ८ गते शनिबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बृष काममा सफलता मिल्नेछ । आर्थिक पक्ष सफल रहनेछ । पारिवारिक सद्भाव रहनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ। धार्मिक कार्यमा रूची बढ्नेछ । मिथुन लामो समयपछि पूर्ववत जिम्मेवारीमा फर्कनु हुनेछ । साथिभाइले तपाईँको कामको तारिफ गर्नेछन् । अग्रजको साथ सहयोग रहँदा मन हर्षित हुनेछ । सत्रु पक्ष पाखा लाग्ने छन् । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ व्यक्तिसँगको सम्बन्ध विस्तार हुँदै जानेछ । शैक्षिक क्षेत्र सफल रहला । कर्कट लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुन...