Thursday, July 2
Shadow

समाचार

संसद बैठक सुरु हुँदै, यस्ता छन् कार्यसूची

संसद बैठक सुरु हुँदै, यस्ता छन् कार्यसूची

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाण्डौँ, फागुन २३ प्रतिनिधिसभाको सातौँ अधिवेशन केहीबेरमा सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो । बैठक केही ढिला सुरु हुन लागेको हो । बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आहवानसम्बन्धी पत्र, मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र सुनाउने, विभिन्न अध्यादेश पेस गर्ने तथा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । ...
प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा

प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन २३ सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् । सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ । यसबारे निर्णय लिन यो समूहका नेताहरु आकस्मिक छलफलमा जुटेका हुन् ।...
दार्चुलामा जीप दुर्घटना, ३ जनाको मृत्यु, अन्य ४ जना घाइते

दार्चुलामा जीप दुर्घटना, ३ जनाको मृत्यु, अन्य ४ जना घाइते

दुर्घटना, ब्यानर समाचार, समाचार, समाज
दार्चुला, फागुन २२ ।दार्चुलामा जीप दुर्घटना भएको छ । शनिबार साँझ शैल्यशिखर नगरपालिका ८ अमोलीबाट लेकम गाउँपालिका ४ रिठाचौपातातर्फ जाँदै गरेको जीप सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो । सो दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जीप चालक ३८ वर्षीय करन नाथ, ७० वर्षीया सुनादेवी पन्त र ४० वर्षीय पदमराज पन्त रहेका छन् । १२ वर्षीय मुकेश पन्त, ७ वर्षीय वसन्त पन्त , ७२ वर्षीय बुद्धिबल्लभ पन्त र ७० वर्षीया गंगादेवी पन्त घाइते भएका छन् । घाइतेहरुको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।  ...
मध्य तमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

मध्य तमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
ताप्लेजुङ, फागुन २२ । ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको माथिबाट झरेको ढुङ्गाले किचेर ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुर घर भएका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुर घर भएका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् । सुरुङभित्र काम गर्दै गरेको अवस्थामा आज दिउँसो करिब २ बजे माथिबाट झरेको ढुङ्गाले लागेर उनीहरुको घटनास्थलमा नै ज्यान गएको आयोजनाका करण गौतमले जानकरी दिए । थुम्बाबाट मित्लुङ निस्कने आउटलेट सुरुङभित्र उनीहरू काम गर्दै थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
सप्तरीबाट कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

सप्तरीबाट कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सप्तरी, फागुन २२ । प्रहरीले सप्तरीमा कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । राजबिराज नगरपालिका-६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोली सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका(७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका(५ बस्ने १९ वर्षीय प्रभु साह रहेका छन् । उनीहरुलाई विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । उनीहरु चढेको स।७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
भोली बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्बजनिक

भोली बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्बजनिक

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २२ । संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्बजनिक गरेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरुआत हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् । सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच छ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो । राष्ट्रियसभाको सातौँ अधिवेशन भने पुस १७ गते नै आह्वान भई केही दिन चलेपछि अन्त्य भएको थियो । = ...
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी , विद्युतीय बटम थिचेर उद्घाटन गरे प्रधानमन्त्रीले

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी , विद्युतीय बटम थिचेर उद्घाटन गरे प्रधानमन्त्रीले

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागनु २२ । १२ दिनअघि मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छाडिएको पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आइपुगेको छ । परीक्षणका क्रममा सुन्दरीजलमा आइपुगेको पानीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह विद्युतीय बटम थिचेर प्रशीधन केन्द्रमा हाल्ने कार्यको उद्घाटन गरेका छन् । फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट छाडिएको पानी साढे २६ किलोमिटर सुरुङ पार गर्दै प्रशोधन केन्द्रमा आइपुगेको हो । १२ दिनको बीचमा मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी सजगता अपनाइएको थियो । परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ । परीक्षण सफल भएसँगै तीन महिनाभित्रै काठमाडौँमा मेलम्चीको पानी उपलब्ध गराउने तयारी भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको...
आगलागीबाट ४५ लाखबराबरको क्षति

आगलागीबाट ४५ लाखबराबरको क्षति

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन २२ । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । विद्युत् चुहावट भएर आगलागी भएको उनले बताए । राति ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा आएको थियो । भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।...
मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने, अवलोकन गर्न प्रधानमन्त्री जाँदै

मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने, अवलोकन गर्न प्रधानमन्त्री जाँदै

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २२ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामार्फत सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी काठमाडौं आइपुग्दैछ । मेलम्ची परियोजनाको सुन्दरीजल प्रशोधन केन्द्रमा आज पानी आइपुग्ने भएको हो । आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार दिउँसो २ देखि ४ बजेभित्र सुन्दरीजलमा पानी झर्नेछ । फागुन १० गते परियोजनाले परीक्षणका लागि २६ किलोमिटर लामो सुरुङमा पानी हालेको थियो । सुरुङ हुँदै आएको मेलम्चीको पानी सुन्दरीजल केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ । सुन्दरीजलमा पानी आइपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशोधन केन्द्रको निरीक्षण गर्ने तय भएको छ । आज काठमाडौंमा मेलम्चीको पानी आउने भएसँगै काठमाडौंवासीको तीन दशकभन्दा बढीको प्रतीक्षाले मूर्तरूप पाउने भएको छ । मेलम्ची आयोजनाले सुरुङमार्फत पानी काठमाडौं आउने भएपछि बागमती नदीमा पानीको सतह बढ्नसक्ने भन्दै स...
पहाडी भेगमा सोमबारसम्म वर्षाको सम्भावना

पहाडी भेगमा सोमबारसम्म वर्षाको सम्भावना

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, फागनु २२ । मुलुकका पहाडी तथा हिमाली भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका केही पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ , वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोलि र पर्सी पहाडी तथा हिमाली भेगमा हल्का वर्षा हुन सक्ने उल्लेख छ ।...