Saturday, April 27
Shadow

दाहाल-नेपाल समूहद्वारा ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर


  • -इ
  • इ+

काठमाडौं, माघ ३० । नेकपा दाहाल–नेपाल पक्षले फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने भएको छ ।दाहाल–नेपाल पक्षले केन्द्रदेखि हरेक जिल्लालाई आफ्नो अनुकुलमा ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर गरेको छ ।

काठमाडौंको हकमा पार्टी कार्यालय पेरिसडाँडामा २६ औं ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गरिएको छ ।पार्टी कार्यालयमा हुने कार्यक्रमलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्ने छन् ।

तत्कालीन माओवादी पार्टीले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध शुरु गरेको सम्झनामा उनीहरुले हरेक वर्ष दिवस मनाउने गरेका छन् ।

तत्कालीन एमाले र माओवादी पार्टीबीच एकता भएपछि भने जनआन्दोलन र ‘जनयुद्ध’का शहीदको सम्मानमा भन्दै फागुन १ गते मनाइएको थियो ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares