Saturday, April 20
Shadow

घरबाटै नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ


  • -इ
  • इ+

काठमाण्डौँ, माघ २९
नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गलौज गरेको आरोपमा झाक्रीलाई उनकै निवास शंखमुलबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी अपराध महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न शंखमुल घरमै पुगेर पक्राउ गरेको हो । सोधपुछका लागि बोलाए पनि उपस्थित नभएपछि घरमै प्रहरी पुगेको हो ।

झाँक्रीले केही दिनअघि नेकपा सिरानचोक गाउँ कमिटी गोरखाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीको चरित्रमाथि नै प्रश्‍न उठाएकी थिइन् । ‘राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे !’ उनले भनेकी थिइन् ।

प्रहरीले भर्खरै पक्राउ पुर्जी लिएर झाँक्रीको घरमा पुगेको छ । पक्राउ पुर्जी पढेर अनेरास्ववियूका नेतृ आरती लामाले सुनाएकी थिइन् । महानगरीय अपराध महाशाखाले उनलाई राज्यविरुद्धका कसूर अन्तर्गत दफा ५८ अनुसार पक्राउ पुर्जी जारी गरेको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares