Thursday, April 18
Shadow

ओली समुहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै , प्रधानमन्त्रीले सम्बोधन गर्ने


  • -इ
  • इ+

काठमाडौं, फागुन १ । लुम्बिनी प्रदेशको बुटवलमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शक्ति प्रदर्शन गर्दैछ ।

सत्तारुढ नेकपाले आज बुटवलमा आयोजना गरेको जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्दैछन् । सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ । सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुनेछ । रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज एवम् मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले नारायणहिटी अगाडि आयोजित सभालाई अहिलेसम्मकै ठूलो आमसभा भनेर दाबी गरेका थिए । पूर्व लुम्बिनी अञ्चल केन्द्रित आमसभामा सहभागी हुन आउनेक्रम बिहानैदेखि सुरु भएको छ । आमसभापूर्व पूर्वपश्चिम राजमार्गको अस्पताल लाइनबाट र्‍याली निकालिने छ ।

त्यसअघि प्रधानमन्त्री ओलीले बुटवलमा केवलकार शिलान्यास गर्ने कार्यक्रम छ ।  ओली समूहले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी र चितवनसहित काठमाडौंमा शक्ति प्रदर्शनसहित जनसभा गरिसकेको छ । त्यसकै निरन्तरता स्वरुप आज बुटवलमा हुन लागेको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares