Friday, April 24
Shadow

राजनिती

नेकपा संसदीय दलको प्रमुख सचेतकबाट गुरुङ बर्खास्त, भट्टराई नियुक्त

नेकपा संसदीय दलको प्रमुख सचेतकबाट गुरुङ बर्खास्त, भट्टराई नियुक्त

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन १४ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् । उनको ठाउँमा विशाल भट्टराई नियुक्त भएका छन् । भट्टराई खोटाङ जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद समेत हुन् ।
चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

मुख्य समाचार, राजनिती
म्याग्दी , फागुन १४ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन ९फिल्टर० म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताए । ‘दरवाङ क्षेत्रबाट पक्राउ गरिएको हो’, उनले भने,‘पुन यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा पनि थिए ।’ पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ । पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुन । उनी पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्...
नेकपाका दुवै समूह राजनीतिक र कानुनी सकसमा

नेकपाका दुवै समूह राजनीतिक र कानुनी सकसमा

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १४ । सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना भएसँगै नेकपाका दुवै समूह राजनीतिक र कानुनी सकसमा परेका छन्। सरकार गठन र संसद्मा प्रस्तुत हुन कानुनी रूपमा पार्टी विभाजन नभएकाले दुवै समूह सकसमा परेका हुन्। नेकपा दाहाल–नेपाल समूहले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाललाई संसदीय दलको नेतामा चयन गरिसकेको छ। राजनीतिक निर्णय भएकाले त्यसले कानुनी वैधता पाउने अवस्था छैन। कानुनी रूपमा प्रधानमन्त्री ओली नै नेकपाको संसदीय दलको नेता भएकाले दाहाल–नेपाल समूहलाई तत्काल निर्णय गर्न असजिलो भएको छ। ‘दाहाल–नेपाल समूहले दाहाललाई संसदीय दलको नेता चयन गरेको भए पनि त्यो राजनीतिक निर्णय हुनेछ तर कानुनी रूपमा वैधता नपाउने भएकाले अहिले पनि संसदीय दलका नेता ओली नै भएकाले दलको बैठक ओलीले नै बोलाउनुपर्नेछ,’ नेकपानिकट स्रोतले भन्यो। स्रोतका अनुसार अहिले ओली स...
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद् बैठक बोलाउने विषयमा छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद् बैठक बोलाउने विषयमा छलफल

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागनु १३ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधि सभा बैठक बोलाउने विषयमा छलफल भएको छ । बिहीबार साँझ भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितलनिवास पुगेका प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठक कहिले बोलाउने भन्‍ने विषयमा छलफल गरेका हुन् । स्रोतका अनुसार ओलीले अदालतले दिएको समयसीमाको अन्‍त्‍यतिर बैठक बोलाउने बारे स्थायी कमिटीमा भएको छलफलबारे जानकारी गराएका छन् । सर्वोच्चले ओलीको विघटन गर्ने निर्णय बदर गरेर १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन मंगलबार आदेश दिएको थियो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णय बदर गरेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा पुगेका हुन् । भण्डारी र ओलीबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ । सर्वोच्चको आदेशपछि बुधबार बसेको नेकपा ओली समूहको बैठकले आदेशको सम्मान गर्दै संसद बैठक बोलाउने निर...
सभापति देउवा र भारतीय राजदूतबीच भेटवार्ता

सभापति देउवा र भारतीय राजदूतबीच भेटवार्ता

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । बिहीबार साँझ बुढानिलकण्ठ पुगेर राजदूत क्वात्राले सभापति देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा उनले नेपालको पछिल्लो राजनीतिक विषयबारे चासो राखेको जनाइएको छ ।
नेकपा नाम विवादः मुद्दाको सुनुवाइ सकियो, २० गते फैसला आउने

नेकपा नाम विवादः मुद्दाको सुनुवाइ सकियो, २० गते फैसला आउने

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन १३ । ‘नेकपा’ को नाम विवादमा सर्वोच्च अदालतमा परेको मुद्दमा सुनुवाइ सकिएको छ । यस सम्बन्धमा अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्चमा मुद्दा हालेका थिए । कट्टेलले दायर गरेको मुद्दामा न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले बिहीबार सुनुवाइ सकेको हो । सुनुवाइ सकिएपछि फागुन २० गते निर्णय सुनाउने तय भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । अध्यक्ष कट्टेलले निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर मुद्दा हालेका छन् । सत्तारुढ नेकपा आन्तरिक विवादमा रहेको अवस्थामा नाम बारेको विवादमा फैसला आउन लागेको हो । २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)गठन भएको थियो । त्यसपछि ...
काँग्रेसले भन्यो – कानुनी रुपमा नेकपा विभाजित नभएसम्म सरकार बारे निर्णय गर्दैनौं

काँग्रेसले भन्यो – कानुनी रुपमा नेकपा विभाजित नभएसम्म सरकार बारे निर्णय गर्दैनौं

ब्यानर समाचार, राजनिती
काठमाडौँ । नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कानुनी रुपमा विभाजित नभएसम्म नयाँ सरकारको समिकरणका बारेमा निर्णय नगर्ने भएको छ । सर्वोच्चको फैसलापछि विहिबार काँग्रेसका वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले नेकपा कानुनी रुपमा विभाजित अहिले पनि नभएकाले नयाँ सरकारको निर्माण बारे छलफल गर्न हतार गर्न नहुने निष्कर्ष निकालेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको कुरा क्लियर भएपछि काँग्रेसले निर्णय लिने प्रतिक्रिया दिए । अहिले नेकपा बिभाजन भएको हो वा होइन भन्ने नै स्पष्ट नभएको पौडेलले टिप्पणी गरे । यसअघि काँग्रेस सभापति देउवालाई बुधबार नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपालले उनकै निवासमा भेट गरेर विकसित परिस्थितिमा सहकार्यको प्रस्ताव गरिसकेका छन् ।  ...
सर्वोच्चको फैसला : कार्यकर्ताको हर्क बढ्याई, तेह्र दिने सुध्धायी

सर्वोच्चको फैसला : कार्यकर्ताको हर्क बढ्याई, तेह्र दिने सुध्धायी

राजनिती, विचार, समाज, सम्पादकीय
पामेल उपाध्याय सदर र वदरमा मलाई केही रुचि छैन। नागरिकको हैसियतले सत्य लेख्नु गलत हो भने गलत नै सहि । सामाजिक सञ्जालमा केही झोले, कार्यकर्ता र हनुमानेहरुले संसद पुन:र्स्थापनालाई जनताको जित भएको ठानेका रहेछन्। गोबर भरिएको दिमागले यसो भन्नू त ठिकै हो। हैन भने कुन जनताले संसद विघटनको कुरा उठाए र अराजक गतिविधि लाई आश्रय दिएका थिए ? कुनै-कुनै गोबर गणेश चाहिँ सभामा त्यत्रो उपस्थिति भन्छ। रवि लामिछाने ज्ञानेन्द्र शाही र पुर्व राजाले पनि उत्तिकै मान्छे जम्मा पारिरहेका छन् नगद बिनै। गोबर भरिएको दिमाग लाई यो थाहा नहुन सक्छ। "हामी यहाँ छौँ" भन्दै एउटै पार्टी भित्रका स्वयम् माहान कहलिएकाहरु कोहि सत्तामा त कोहि सडकमा उत्रिएको नदेख्ने अनुत्पादक नेता हरुका रैती र दास हरुले मान्छे भएर जिएको देख्दा पनि अचम्म लागेर आउँछ। तत्कालिन समयमा मनमोहन अधिकारीको मध्यावधीमा जाने निर्णय आई अदालत ले बदर गर्दा देशै भर...
प्रचण्ड र गौतमबीच भेटवार्ता , एक घण्टा के भयो छलफल ?

प्रचण्ड र गौतमबीच भेटवार्ता , एक घण्टा के भयो छलफल ?

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा दाहाल र गौतमबीच करिव एक घण्टा भेटवार्ता भएको हो ।भेटमा के विषयमा कुराकानी भयो भन्ने केही खुलाइएको छैन । सर्वोच्चको फैसलासँगै नयाँ सत्ता समीकरणको चर्चा शुरू भएका छन् । तर, अहिलेसम्म कुनै पनि पक्षमा नखुलेका गौतमले पार्टी एक ढिक्का बनाउने बताउँदै आएका छन् । सर्वोच्च अदालतले प्रतिनिधसभा विघटनको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन तथा दाहाल-नेपाल समूहलाई सचिवालय बैठक डाक्न आग्रह गरेका नेता गौतम विहान ७ बजे खुमलटार पुगेका थिए ।  ...
आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन १३ । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने भनिएको बैठक स्थगित भएको सूचना आएको नेता सत्यनाराण मण्डलले जानकारी दिए । ‘बैठक स्थगित भएको सूचना आएको छ तर के कारण भन्ने जानकारी नभएको मण्डलले बताए । ओली समूहको बुधबार बसेको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने र संसद फेस गरेर अघि बढ्ने निर्णय गरेको थियो। प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेकपाको ओली समूह सरकार टिकाइरहन वा नयाँ सत्ता समीकरणका लागि के गर्ने भन्ने रणनीति बनाउन लागि परेको छ ।...