Thursday, April 25
Shadow

आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित


  • -इ
  • इ+

काठमाडौँ, फागुन १३ । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने भनिएको बैठक स्थगित भएको सूचना आएको नेता सत्यनाराण मण्डलले जानकारी दिए ।

‘बैठक स्थगित भएको सूचना आएको छ तर के कारण भन्ने जानकारी नभएको मण्डलले बताए ।

ओली समूहको बुधबार बसेको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने र संसद फेस गरेर अघि बढ्ने निर्णय गरेको थियो।

प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेकपाको ओली समूह सरकार टिकाइरहन वा नयाँ सत्ता समीकरणका लागि के गर्ने भन्ने रणनीति बनाउन लागि परेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares