काठमाडौँ । नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कानुनी रुपमा विभाजित नभएसम्म नयाँ सरकारको समिकरणका बारेमा निर्णय नगर्ने भएको छ ।
सर्वोच्चको फैसलापछि विहिबार काँग्रेसका वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले नेकपा कानुनी रुपमा विभाजित अहिले पनि नभएकाले नयाँ सरकारको निर्माण बारे छलफल गर्न हतार गर्न नहुने निष्कर्ष निकालेको छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको कुरा क्लियर भएपछि काँग्रेसले निर्णय लिने प्रतिक्रिया दिए । अहिले नेकपा बिभाजन भएको हो वा होइन भन्ने नै स्पष्ट नभएको पौडेलले टिप्पणी गरे ।
यसअघि काँग्रेस सभापति देउवालाई बुधबार नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपालले उनकै निवासमा भेट गरेर विकसित परिस्थितिमा सहकार्यको प्रस्ताव गरिसकेका छन् ।