Friday, April 19
Shadow

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद् बैठक बोलाउने विषयमा छलफल


  • -इ
  • इ+

काठमाडौँ , फागनु १३ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधि सभा बैठक बोलाउने विषयमा छलफल भएको छ । बिहीबार साँझ भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितलनिवास पुगेका प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठक कहिले बोलाउने भन्‍ने विषयमा छलफल गरेका हुन् ।

स्रोतका अनुसार ओलीले अदालतले दिएको समयसीमाको अन्‍त्‍यतिर बैठक बोलाउने बारे स्थायी कमिटीमा भएको छलफलबारे जानकारी गराएका छन् । सर्वोच्चले ओलीको विघटन गर्ने निर्णय बदर गरेर १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन मंगलबार आदेश दिएको थियो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णय बदर गरेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा पुगेका हुन् । भण्डारी र ओलीबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ । सर्वोच्चको आदेशपछि बुधबार बसेको नेकपा ओली समूहको बैठकले आदेशको सम्मान गर्दै संसद बैठक बोलाउने निर्णय गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares