Thursday, April 25
Shadow

ओली पक्षको संसदीय दल बैठकः ११५ सांसद उपस्थित भएको दाबि


  • -इ
  • इ+

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली पक्षको संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिएका छन् ।

आजको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभाका गरि ११५ सांसदको सहभागिता रहेको ओली पक्षले दाबि गरेको छ ।

उनकाअनुसार संसदीय दलका नेता एवम प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउन निर्देशन दिएका थिए ।

आइतबार बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे ओलीले आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

शुक्रबार मात्र नेकपाको प्रचण्ड(नेपाल पक्षको संसदीय दलको बैठक बसेको थियो । उक्त पक्षले पनि हिजोको बैठकमा एक सय १५ जना संघीय सांसद उपस्थित रहेको दाबी गरेको थियो । हिजोको बैठकले दलको नेतामा अध्यक्ष प्रचण्डलाई चयन गरेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares