Friday, March 29
Shadow

नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्दै


  • -इ
  • इ+

काठमाडौँ, फागुन २२ । नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ ।अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा १७२ जना प्रतिनिधिसभा सदस्यमध्ये बहुसंख्यक उपस्थित हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

दाहाल(नेपाल समूहले आफ्नो बैठकमा १११ सांसद उपस्थित भएको दाबीमा सत्यता नरहेको भट्टराईले बताए ।

‘९० कुर्सी राखेको पनि नभरिएको देखियो १११ सांसदको दाबीमा सत्यता बहुसंख्यक हामीसँगै छन्, बहुसंख्यक सदस्यसहितको बैठकबाट हुने निर्णय नै आधिकारिक हो,’ भट्टराईले भने,’ हामी संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्छौ ।’

आइतबार डाकिएको प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यहरूलाई निर्देशन दिने उनले बताए ।

दाहाल(नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाए पनि त्यो प्रकियासम्मत नभएकाले मान्य नहुँने ओली पक्षीय नेताहरू बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares